स्वास्थ्य

थप एक कोरोना संक्रमितको मृत्यु

थप एक कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेश, स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्याङ्जाका कोरोना संक्रमित एक वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको हो । संक्रमित पुरुषमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । स्याङ्जाको वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।...
चार पालिकाको एउटा आइसोलेसन केन्द्र

चार पालिकाको एउटा आइसोलेसन केन्द्र

समाज, स्वास्थ्य
नारायणपुर । दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिककाले संयुक्त रुपमा एक सय शैयाको कोरोना विशेष आइसोलेसन केन्द्र सञ्चालनका लागि निर्माण शुरु गरेका छन् । राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएका हुन् । आइसोलेसनका लागि पालिकाहरुले कर्मचारी परिचालनसँगै आर्थिक कोष पनि संयुक्त रुपमा स्थापना गरेका छन् । प्रत्येक पालिकाले कोषमा रु १५ लाख जम्मा गर्ने भएका छन् । केन्द्र सञ्चालनका लागि राप्तीका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा समितिसमेत गठन गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए । “दाङमा कोरोना संक्रमण बढ्दै जानु र बिरामी राख्ने स्थानको अभाव हुन थालेपछि जिल्लाकै पायक पर्ने र तत्काल ठूला अस्पतालमा बिरामी लैजान सहज होस् भनेर राप्ती प्राविधिक शिक्षालयमा सय बेडको आइसोलेशन कक्ष स्थापना कार्य शुरु गरिएको...
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

समाज, स्वास्थ्य
बागलुङ । बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए । गण्डकी प्रदेश सामाजिक मन्त्रालयको संयोजनमा गर्भवतीलाई प्रभु एयरको हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । हिस्ताङको पाठेघरमा समस्या आएका कारण गलकोटस्थित आरोग्य अस्पतालमा उपचार हुन सकेको थिएन । रासस...
कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

स्वास्थ्य
काठमाडौं। कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो। वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाए। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ भने ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।...
बालिकासहित ९ जनाले कोरोना जितेर घर फर्किए

बालिकासहित ९ जनाले कोरोना जितेर घर फर्किए

प्रदेश-५, स्वास्थ्य
रुपन्देही । बुटवल उपमहानगरपालिकाले निर्माण गरेको आइसोलेशन सेन्टरमा कोरोना सङ्क्रमण भई आएका नौजना आज एकै दिन कोरोनालाई जितेर फर्किएका छन् । बुटवल उपमहानगरपालिका–११ स्थित एन्फा एकेडेमीमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा विभिन्न चरणमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण नेगेटिभ आएपछि आज बिदाइ गरिएको हो । कपिवलस्तुको बाणगङ्गा नगरपालिका–४ का अध्यक्ष भीष्मराज भुसाल र आठ वर्षीया बालिकाले कोरोना परास्त गर्दै डिस्चार्ज भएका छन् । सात्विक भोजन, सन्तुलित आहारविहार र उच्च मनोबल पाएपछि कोरोनालाई परास्त गरेको बताउँदै भुसालले समुदायलाई त्रासमुक्त बनाउने कामलाई निरन्तरता दिइने बताए । उनलाई सङ्क्रमण पुष्टि भएपछि वडा, नगरमा रहेका एम्बुलेन्सले बुटवल ल्याउन नमानेपछि आफैँ स्कुटी चलाएर बुटवल आएका थिए । ‘बुटवलमा आउनुअघि केही डर र सामान्य तनाव थियो तर यहाँको वातावरणले सबै तनावमुक्त बनायो’, वडाअध्यक्ष भुसालले भने...
६ दिनमा रिपोर्ट, २ दिनमा अस्पताल

६ दिनमा रिपोर्ट, २ दिनमा अस्पताल

समाज, स्वास्थ्य
काठमाडौं । गत बिहीबार कोरोना पुष्टि भएका निसीखोला गाउँपालिकाका तीन सङ्क्रमितले अस्पताल आउन दुई दिन कुर्नुपर्याे । गाउँपालिकामा एम्बुलेन्स थिएन । अरू सवारी साधनले सङ्क्रमित बोक्न मानेनन् । शुक्रबार बडिगाड गाउँपालिकाबाट गएको एम्बुलेन्सले सङ्क्रमितलाई धवलागिरि अस्पताल ल्याइपु-यायो । यसबीचमा जिल्ला कमान्ड पोष्टसमेत सङ्क्रमितको शीघ्र उद्धारमा असफल रह्यो । कोरोना देखिएको ३० घण्टापछि बल्ल संक्रमितले अस्पतालको आइसोलेशनमा भर्ना पाए । सँगै पत्ता लागेका बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाका तीन सङ्क्रमितलाई भने शुक्रबार नै अस्पताल ल्याइएको थियो । निसीखोला सदरमुकामदेखि झण्डै एक सय १७ किमी टाढा छ । अन्यत्र आइसोलेशन कक्ष नहुँदा सङ्क्रमितलाई सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ । दुई दिनमा अस्पताल ल्याइएका ती सङ्क्रमितले कोरोना परीक्षणको रिपोर्ट पनि छ दिनपछि पाएका थिए । गत १७ गते शनिबार स्वाब लिइएकाम...
काेराेना कहर : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

काेराेना कहर : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

अन्तराष्ट्रिय, स्वास्थ्य
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या ४ लाख नाघेको छ । अमेरिकास्थित जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमणबाट मर्नेको संख्या आइतबार अपरान्ह ४ लाख नाघेको हो । विश्वविद्यालयकाअनुसार विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २ सय ४३ पुगेको छ भने संक्रमितहरुको संख्या कूल ६९ लाख २३ हजार नाघेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका अघि छ । अमेरिकामा १ लाख ९ हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या १९ लाख २० हजार पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्यामा बेलायत दोश्रो स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ४० हजार ५ सय ४८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या २ लाख ८६ हजार पुगेको छ । त्यस्तै तेश्रोमा ब्राजिल छ, जहाँ ३५ हजार ९ सय ३० जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने ७२ हजारभन्दा बढी संक्रमित रहेका छन्...
एकै दिन एक सयभन्दा बढीले जिते काेराेना भाइरस

एकै दिन एक सयभन्दा बढीले जिते काेराेना भाइरस

समाज, स्वास्थ्य
कााठमाडाैं । नेपालमा आज एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिए । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले आज डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताए । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुगेको छ । तीमध्ये पुरुष ३९९ र महिला ६८ जना रहेका छन् । उनीहरुमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् । ती सबै झापाका हुन् । त्यस्तै बाराका ३४ र महोत...
रोल्पामा पनि काेराेना संक्रमित भेटिए, ७१ जिल्लामा फैलियो कोरोना

रोल्पामा पनि काेराेना संक्रमित भेटिए, ७१ जिल्लामा फैलियो कोरोना

समाज, स्वास्थ्य
काठमाडौं । आइतबार थप २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये २०९ जना पुरुष र ४ जना महिला छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३४४८ पुगेको छ। कुल संक्रमितमध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला छन् । नेपालमा शनिवार एकैपटक ३२३ जना संक्रमित थपिएका थिए । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रोल्पामा पहिलोपल्ट कोरोना भाइरस संक्रमण ‘कोभिड- १९’ को नयाँ केस फेला परेको छ । रोल्पामा संक्रमण देखिएसँगै प्रदेश ५ का सबै १२ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश ५ मा १ हजार ८१ जना जना संक्रमित छन् । यो संक्रमण रुकुम पश्चिम, मुस्ताङ, मनाङ, रसुवा, ओखलढुंगा, ईलाममा संक्रमण देखिएको छैन । प्रदेश १ का १२ जिल्लामा २५९ जना संक्रमित छन् भने प्रदेश २ का सबै ८ जिल्लामा ११६१ जना संक्रमित छन् । वाग्मती प्रदेशमा १२ जिल्लामा ९२ जना र...
स्थानीय तह आफै खरिद गर्दै स्वाब सङ्कलन गर्ने भिटिएम

स्थानीय तह आफै खरिद गर्दै स्वाब सङ्कलन गर्ने भिटिएम

प्रदेश-५, स्वास्थ्य
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका विभिन्न स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टिनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न भिटिएम खरिद गरेका छन् । सङ्घीय सरकार र प्रदेश सरकारबाट पठाएको भिटिएम पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न अपुग भएपछि स्थानीय तहले आवश्यकतानुसार भिटिएम खरिद गरेका हुन् । सुनवल नगरपालिकाले ५०० र सुस्ता गाउँपालिकाले ४५० भिटिएम खरिद गरेका हुन् । खरिद गरिएको भिटिएमलाई क्यारेन्टिनमा बसेकाको स्वाबको नमूना सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइने छ । जिल्लाका अन्य स्थानीय तहले समेत भिटिएम खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएका छन् । यस जिल्लामा तीन नगरपालिका र ४ गाउँपालिका गरी सात स्थानीय तह छन् । यस जिल्लामा १५ वर्षीय किशोरीसहित १९ कोरोना सङ्क्रमित रहेका छन् । चार आइसोलेशन सेन्टर नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा हाल...