स्वास्थ्य

बर्दघाट सुस्ता पूर्वमा ५ जनामा काेराेना संक्रमण

बर्दघाट सुस्ता पूर्वमा ५ जनामा काेराेना संक्रमण

स्वास्थ्य
काठमाडाैं । गण्डकी प्रदेश अन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा सोमबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गैंडाकोट नगरपालिकामा २ जना र कावासोती नगरपालिकामा ३ जना गरी कुल ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। गैंडाकोट नगरपालिका स्थायी घर भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ३३ र ३९ का २ पुरुष, कावासोती नगरपालिकामा क्वारेन्टिनमा रहेका वर्ष २१ र २ ४० का २ जना पुरुषसहित ६३ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।...
संक्रमितको सम्पर्कमा आएपछि मन्त्री, सांसददेखि सुरक्षाकर्मीकाे स्वाब संकलन

संक्रमितको सम्पर्कमा आएपछि मन्त्री, सांसददेखि सुरक्षाकर्मीकाे स्वाब संकलन

स्वास्थ्य
काठमाडाैँ । कास्कीका कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आएका ५० जनाको स्वाब संकलन गरिएको छ। ट्रेसिङका क्रममा प्रदेश मन्त्री, नेता, प्रदेश सांसद, समाजका अगुवा, सुरक्षाकर्मी देखि प्रोफेसरसम्म उनको सम्पर्कमा आएको भेटिएको छ।उनी काठमाडौंमा उपचाररत छन्। पोखराका ६५ वर्षीय ती पुरुष वरिष्ठ अधिवक्ता हुन्। उनी पीएन क्याम्पसमा प्राध्यापकका रुपमा कार्यरत छन्। उनलाई जेठ २० गते संक्रमण पुष्टि भएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार कास्कीमा अन्य ४ जना संक्रमित छन्। ४ जनाको अवस्था सामान्य छ। उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। अब कास्कीमा संक्रमितको कुल संख्या ५ पुगेको छ। कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले संक्रमितको सम्पर्कमा आएका ५० जनाको स्वाब संकलन गरेको जानकारी दिए। ५० जनामध्ये को को छन् भन्ने चाहीँ खुलाएनन्।...
प्युठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

प्युठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश-५, स्वास्थ्य
प्युठान । प्युठानमा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको जिल्लाका ३८ जनाको स्वाब परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । कार्यालयका प्रमुख विशाल सुवेदीका अनुसार संक्रमित सबै प्युठान नगरपालिका भित्रका हुन् । प्युठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये एक जना २ वर्षीया बालिका र अन्य १५ वर्षदेखि ३६ वर्षका पुरुष छन् । उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । यसअघि जिल्लाको सरुमारानी गाउँपालिकामा एकजना, माण्डवी गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका एक जना गरी ४ जना संक्रमित रहेका थिए । नयाँ थपिएका सँगै प्युठानमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।...
नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १४ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १४ पुग्यो

section, स्वास्थ्य
काठमाडौं । नेपालमा थप १ जनाको कोरोनाको कारण मृत्यु भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोनाको कारण १४ जनाको मृत्यु भएको बताएका हुन् । मृत्यु हुनेमा स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं ३ का ५८ वर्षीय पुरुष रहेका छन् । त्यस्तै सोमवार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...
थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि

थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि

Featured, स्वास्थ्य
काठमाडौं । सोमबार नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
क्वारेन्टिनबाट फर्केको दुई दिनपछि मृत्यु

क्वारेन्टिनबाट फर्केको दुई दिनपछि मृत्यु

प्रदेश-२, स्वास्थ्य
महोत्तरी । महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ । यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उहाँको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको र आज मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना सङ्क्रमणले नभई कालगतिले भएको बताए। रासस...
सुत्केरीको मृत्यु भएपछि भक्तपुर अस्पतालको सबै सेवा बन्द

सुत्केरीको मृत्यु भएपछि भक्तपुर अस्पतालको सबै सेवा बन्द

स्वास्थ्य
भक्तपुर । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो । सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् । महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो । मृत्युपछि कोरोनाको आशङ्कामा आइतबार राति करिब ९ बजे स्वाब लिइ पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पिसिआर रिपोर्ट नआएसम्म के...
गोरखा अस्पतालमा भेन्टिलेटरसहित आइसियु सेवा सञ्चालन

गोरखा अस्पतालमा भेन्टिलेटरसहित आइसियु सेवा सञ्चालन

स्वास्थ्य
गोरखा । गोरखा अस्पतालमा भेन्टिलेटरसहितको आइसियु सेवा शुरु भएको छ । अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सो सेवाका लागि उपकरण जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश सरकारमार्फत उपलब्ध गराएको रु एक करोडको लागतमा उपकरण खरिद गरी जडान गरिएको उनले जानकारी दिए । पचास श्यया क्षमतामा विस्तार भई अस्पताल सञ्चालन भएको लामो समयसम्म अत्याधुनिक उपकरण जडान हुन नसक्दा समस्या हुँदै आएको थियो । भेन्टिलेटर र आइसियु सेवा सञ्चालनमा ल्याएसँगै अब कोरोना भाइरस (कोभिड– १९) का कारण गम्भीर बिरामी परेकाहरुलाई समेत अस्पतालमै राखेर उपचार गर्न सकिने उनले बताए । अस्पतालले कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लक्षित गरी उपकरण जडान गरेको उनको भनाइ छ । प्रदेश सरकारअन्तर्गत रहेको यस अस्पतालमा अहिले निर्माण गरिएको भेन्टिलेटरसहितक...
कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेश, स्वास्थ्य
काठमाडौं । कर्णाली प्रदेशका थप १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कणाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको स्वास्थय सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ।...
अनलाइनबाट सङ्क्रमित भर्ना

अनलाइनबाट सङ्क्रमित भर्ना

प्रदेश-१, स्वास्थ्य
विराटनगर । मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट सङ्क्रमितको भर्ना गरिने भएको छ । प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा सङ्क्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। सङ्क्रमित अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए। उनका अनुसार सङ्क्रमितले बेड बुक गरेपछि बेड नं र सङ्क्रमितको ‘लोकेसन’का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने सङ्क्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ । अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व...