नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (काेभिड-१९) को संक्रमणबाट डोल्पामा एक जनाको मृत्यु भएको पुष्टि भएकाे छ ।

जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्यु भएको पुष्टि भएको र मृत्युपश्चाद् स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ देखिएकाे हाे ।

जेठ १८ गते नेपालगञ्ज, सुर्खेत, जुम्ला हुँदै डोल्पा पुगेका उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाइएको थियो । तर मृत्यु पछि गरिएको आरडीटी परीक्षणमा भने उनको रिपोर्ट पोजेटिभ देखिएकाे कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.