कपिलवस्तुमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु । कपिलवस्तुमा सोमबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ३१० पुगेको छ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार नयाँ संक्रमितहरु बुद्धभुमी नगरपालिका, शिवराज नगरपालिका, महाराजगंन्ज नगरपालिका र बाणगंगा नगरपालिकाका छन।

वाणगंगा नगरपालिकामा भेटिएका २ नयाँ संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका आधारमा भेटिएका हुन। उनीहरु यसअघि संक्रमण पुष्टि भएका पत्रकारका आफन्त भएको थापाले बताए।

त्यसबाहेक बाँकी सबै क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालयका अनुसार बुद्धभुमी नगरपालिकाका थप १० जनामा संक्रमण भेटिएको हो। उनीहरु १९ देखि ४६ वर्षका हुन।

यस्तै शिवराज नगरपालिकाका २६ जना, महाराजगन्ज नगरपालिकाका २ जना र बाणगंगा नगरपालिकाका २ जनामा सोमबार कोरोना पुष्टि भएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.