पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका युवकको मृत्यु

विराटनगर । विराटनगरमा रहेको पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ताप्लेजुङको मौवाखोला गाउँपालिका ४ घर भएका १८ वर्षका विनम साँवाको मृत्यु भएको हो ।

उनी मृगौला रोगी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । शनिबार स्वास्थ्य समस्या देखिएपछि युवकलाई विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । आइतबार बिहान उनको मृत्यु भएको हो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.