राजनीति

भारतकै शैलीमा सैन्य अभ्यास गर्न चीन सक्रिय, राजदूत र प्रधानसेनापतिबीच भेटवार्ता

भारतकै शैलीमा सैन्य अभ्यास गर्न चीन सक्रिय, राजदूत र प्रधानसेनापतिबीच भेटवार्ता

राजनीति
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। बुधबार जंगी अड्डामा भएको भेटवार्तामा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास, सैनिक सहायतालगायत विषयमा छलफल भएको सैनिक स्रोतले बताएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको रोकिएको छ । संयुक्त सैन्य अभ्यासको मिति तय हुन नसकेको अवस्थामा चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । यता, भारत उत्तराखण्डको पिथौरागढमा भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास जारी छ । ४ गतेबाट सुरु भएको नेपाल र भारतबीच सैन्य अभ्यास १३ गतेसम्म सञ्चालन हुनेछ । नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास सूर्य किरण’ को नाम दिइएको छ।...
तीनकुनेमा पुल अलपत्र पार्ने पप्पुलाई ५ करोड जरिवाना, सात दिनभित्र उपस्थित हुन निर्देशन

तीनकुनेमा पुल अलपत्र पार्ने पप्पुलाई ५ करोड जरिवाना, सात दिनभित्र उपस्थित हुन निर्देशन

राजनीति
काठमाडौं । विगत सात वर्षदेखि काठमाडौंको तीनकुनेमा पुल बनाउनका लागि भन्दै काम थालेर अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनलाई ५ करोड रुपैयाँ जरिवाना हुने भएको छ । आज काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पु कन्स्ट्रक्सनलाई सात दिनभित्र उपस्थित हुने निर्देशनसहितको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको छ । बुधवार निकालिएको सूचनामा आयोजनाले हिसाब फरफारकका लागि कम्पनीका आधिकारिक व्यक्तिलाई कम्पनीको छाप र परिचयपत्र सहित सात दिनभित्र कार्यालयमा सम्पर्क राख्न भनेको छ। सूचनामा असार २२ गते लगायत विभिन्न मितिहरुमा हुलाकमार्फत् पत्राचार गर्दा ठेगाना फेला नपरेको भन्दै फिर्ता आउने गरेको भन्दै पत्रिकामा सूचना प्रकाशित गरिएको उल्लेख छ । स्रोतका अनुसार तीनकुने पुल अलपत्र पारेको भन्दै आयोजनाले क्षतिपूर्ति असुल गर्न लागेको हो। थोरैमात्र काम गरेको पप्पु कन्स्ट्रक्सनले काम गरेको पैसा भुक्तानी...
भारतीय विदेशमन्त्री एस जयशंकरले दिए नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई बधाई

भारतीय विदेशमन्त्री एस जयशंकरले दिए नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई बधाई

राजनीति
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले समकक्षी नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई बधाई दिएका छन् । बुधबार परराष्ट्र मन्त्रालयको पदभार सम्हालेसँगै भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खड्कालाई बधाई दिएका हुन्। भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विटर ह्यान्डलबाट बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘माननीय डा. नारायण खड्कालाई नेपालको परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा बधाई छ।, उहाँसँग काम गर्नको लागि तत्पर छौँ।' Congratulations to Hon’ble Dr. Narayan Khadka on his appointment as Nepal's Foreign Minister. Look forward to working with him. — Dr. S. Jaishankar (@DrSJaishankar) September 22, 2021...
भोलि मन्त्रिपरिषद विस्तार हुँदै, कुन दलको भागमा कति वटा मन्त्रालय ?

भोलि मन्त्रिपरिषद विस्तार हुँदै, कुन दलको भागमा कति वटा मन्त्रालय ?

राजनीति
काठमाडौं । सरकारले भोली मन्त्रिपरिषद विस्तार गर्ने भएको छ। सरकार गठन भएको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेर आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन्। बुधबार बालुवाटारमा बसेको नेपाली कांगे्रेस सहितको सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबण्डा पनि लगभग टुंगो लगाएको छ। सरकारको कामलाई सघाउ पु¥याउन गठन गरिएको कार्यदलबीचमा छलफल भएर सहमतिको खाका बनाएपछि शीर्ष नेतालाई बुझाइएको छ। जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभामा पेश भएको अध्यादेश फिर्ता नभई सरकारमा सहभागी नहुने अडान लिएको छ। त्यसैले प्रतिनिधि सभामा पेश भएको अध्यादेशलाई प्रतिस्थापना विधेयक ल्याइने तयारी छ। प्रतिनिधि सभाको बैठक भोलि (बिहीबार) बस्दैछ। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार भोलि राजनीतिक दल सम्बन्धि अध्यादेशबारेको प्रतिस्थापन विधेयक ल...
गठबन्धन फुट्ने सम्भावना बढेपछि प्रधानमन्त्री देउवाले चाले यस्तो कदम

गठबन्धन फुट्ने सम्भावना बढेपछि प्रधानमन्त्री देउवाले चाले यस्तो कदम

राजनीति
काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएकाे हाे । बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले अध्यादेशको विषय भोलिसम्म टुंगिने बताएका छन् । कसरी टुंगिन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘भोलि बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउँछ।’ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठकपछि त्यसको टुंगो लाग्ने जानकारी दिएका थिए । साथै, हाल संसदमा रहेको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने पनि उनले बताएका थिए। सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत ...
एमसीसीबारे नवनियुक्त परराष्ट्रमन्त्रीले गरे यस्तो खुलासा, के होला अब संसदबाट पारित ?

एमसीसीबारे नवनियुक्त परराष्ट्रमन्त्रीले गरे यस्तो खुलासा, के होला अब संसदबाट पारित ?

राजनीति
काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिएका छन्। परराष्ट्र मन्त्रालयमा बुधबार पदबहाल गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी राष्ट्र चीन र भारतसहित विश्वका सबै मुलुकहरुसँग सुमधुर एवं सन्तुलित सम्बन्ध कायम गरिने बताए। उनले भने, ‘नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवर्द्धन गर्न सबै राजनीतिक दलसँग विचार विमर्श गरी अघि बढ्नेछौँ । सबै राजनीतिक दलहरुको सहमतिका आधारमा मुलुकको परराष्ट्र नीति सञ्चालन गरिनेछ।’ वर्तमान विश्व परिवेशमा बाह्य सम्बन्ध सहज, सुदृढ एवं सुमधुर बनाउन आवश्यक भएको र अहिले दक्षिण एसिया अन्तर्राष्ट्रिय समुदायको दृष्टिमा रहेको चर्चा गर्दै परराष्ट्र मन्त्रालयलाई अझ गतिशील आधुनिक प्रविधियुक्त बनाउन हरसम्भव प्रयास गर्ने प्रत...
कांग्रेस महाधिवेशनको कार्यतालिकामा फेरि भयो यस्तो परिवर्तन

कांग्रेस महाधिवेशनको कार्यतालिकामा फेरि भयो यस्तो परिवर्तन

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिक फेरि परिवर्तन गरेको छ । कांग्रेसको बुधबार बसेको पदाधिकारी बैठकमा विभिन्न तहका अधिवेशन तालिका परिवर्तन गर्ने सहमति भएको हो । बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार यही असोज ९ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैँअघि सक्ने र बाँकी अधिवेशन दसैँपछि गर्ने सहमति भएको हो । यसअघि कांग्रेसले ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । कांग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ । ९ गते पछिका अधिवेशनहरुमा कांग्रेसका केही जिल्लामा क्रियाशील सदस्यताको बिवाद रहेकोमा त्यो पनि टुंगिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेसक...
मन्त्रिपरिषद्को प्रचण्डले तोके ‘डेट’

मन्त्रिपरिषद्को प्रचण्डले तोके ‘डेट’

Featured, राजनीति
काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताए। बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकमा अध्यक्षले गरेको ब्रिफिङका क्रममा अध्यादेशका कारण ढिला भए पनि अव ढिला नहुने जानकारी गराएको बताए । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाउने पनि प्रवक्ता महराले बताए । दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने उनले बताए ।...
कांग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्री छनौट बारे छलफल हुने

कांग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्री छनौट बारे छलफल हुने

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बैठक बुधवार दिउँसो ३ बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेगरी बोलाइएको हो । पदाधिकारी बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको सम्बन्धमा छलफल गर्ने जनाइएको छ । मन्त्रीपरिषद् बिस्तार गर्ने विषयमा मंगलवार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने गठबन्धनमा सहमती जुटेसँगै प्रधानमन्त्री देउवाले कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा प्रस्ताव गरेका थिए । देउवाले सो प्रस्ताव पदाधिकारी बैठकमा पनि राख्ने र तत्काल मन्त्रिपरिषद् बिस्तार गर्ने स्रोतले जानकारी दियो ।...
एमालेले कारबाही गरेका लुम्बिनीका सांसद शाही र वलीको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

एमालेले कारबाही गरेका लुम्बिनीका सांसद शाही र वलीको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

राजनीति
काठमाडौं । नेकपा (एमाले)ले कारबाही गरेका लुम्बिनीका २ जना प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै दिएको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । लुम्बिनी प्रदेशसभाका सांसदहरू अजय शाही र विमला वलीलाई एमालेले आफ्ना सांसद भन्दै कारबाही गरे पनि प्रदेश सभाले उनीहरूलाई कारबाही गरेको सूचना जारी गर्न मानेको थिएन । सोही विषयलाई लिएर सभामुख पूर्ण बहादुर घर्तीसहित प्रदेश सभा सचिवालयविरुद्ध नेकपा एमाले सर्वोच्चमा पुगेको थियो । एमालेले दायर गरेको उक्त मुद्दामाथि मंगलबार भएको सुनुवाइमा अन्तरिम आदेश दिन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले अस्वीकार गरेको हो । मंगलबारको सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरे पनि प्रदेश सभा सचिवालयले गरेको निर्णयको सक्कल कागजात झिकाउन आदेश दिएको छ । प्रदेश सभा सदस्य नवलपरासीबाट सूर्य चिन्हबाट उम्मेदवार भए पनि उनले आफू नेकपा...