राजनीति

नियम विपरीत राजेन्द्र महतोका ज्वाइँलाई प्रदेशसभा सचिवालयबाट प्रतिमहिना एक लाख

नियम विपरीत राजेन्द्र महतोका ज्वाइँलाई प्रदेशसभा सचिवालयबाट प्रतिमहिना एक लाख

राजनीति
काठमाडौं । प्रदेश २ का सभामुख सरोजकुमार यादवले कानुन विपरीत राजनीतिक सल्लाहकार पद स्थापना गरेर अनिल महासेठलाई नियुक्त गरेको र उनलाई प्रदेशसभा सचिवालयबाट तलब तथा सुविधाबापत रकम भुक्तानी गरेको पाइएको छ । राजनीतिक सल्लाहकारमा नियुक्त महासेठ लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्र महतोका ज्वाइँ हुन् । महासेठले पाँच महिनामा विभिन्न सेवा सुविधाको नाममा ५ लाख रुपैयाँ प्रदेशसभा सचिवालयबाट भुक्तानी लिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । प्रदेशसभा सचिवालयको दरबन्दीमा राजनीतिक सल्लाहकारको व्यवस्था नै नभएको अवस्थामा सभामुख यादवले अधिकृतस्तर एघारौँ तहको पारिश्रमिक पाउने गरी महासेठलाई राजनीतिक सल्लाहकार नियुक्ति गरी ५ लाख १ हजार रुपैयाँ खर्च गरेको सो प्रतिवेदनमा उल्लेख छ । महासेठले गाडी सुविधासहित प्रदेशसभा सचिवालयबाट मासिक १ लाख रुपैयाँका दरले २०७६ माघ १५ देखि २०७७ असार १...
कार्यवाहक भारतीय राजदूत र ऊर्जामन्त्रीबीच भेटवार्ता

कार्यवाहक भारतीय राजदूत र ऊर्जामन्त्रीबीच भेटवार्ता

राजनीति
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र कार्यवाहक भारतीय राजदूत नामग्या सी. खम्पाबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटवार्तामा द्धिपक्षीय सहायता आदानप्रदानबारे छलफल भएको भारतीय दूतावासले जनाएको छ। यस्तै, दूतावासका अनुसार भेटवार्ताका क्रममा ऊर्जा क्षेत्रमा चलिरहेको द्विपक्षीय सहयोग र यस क्षेत्रमा थप सहयोगको सम्भावनाबारे छलफल भएको थियो ।...
कांग्रेसमा फेरि महाधिवेशन सार्ने प्रयास, पुसमा गर्ने महामन्त्रीको प्रस्ताव

कांग्रेसमा फेरि महाधिवेशन सार्ने प्रयास, पुसमा गर्ने महामन्त्रीको प्रस्ताव

राजनीति
काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् । बैठक सुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेका थिए । देउवा हिँडेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । क्रियाशील सदस्यता सार्वजनिक नभएकै कारण १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । २० वटा हिमाली जिल्लामा दशैं अगाडि नै जिल्ला अधिवेशन गर्ने सहमति जुटेको छ । अन्यत्र दशैंतिहारको बीचमा हुनेछ । देउवा निकट महामन्त्री खड्काले प्रदेश अधिवेशन छठ (२४ कात्तिक) पछाडि गर्ने प्रस्ताव राखेका छन् । यो भनेको मंसिरको पहिलो सातातिर ...
राष्ट्रपतिबाट संशोधित बजेट प्रमाणिकरण, सरकारको खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपतिबाट संशोधित बजेट प्रमाणिकरण, सरकारको खर्च गर्ने बाटो खुल्यो

राजनीति
काठमाडौं । संघीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक, २०७८ प्रमाणिकरण भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ बजेट प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। संशोधित बजेट प्रमाणिकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। यसअघि विनियोजन अध्यादेश ६० दिनभित्र संसद्बाट पारित हुन नसक्दा भदौ ३१ बाट बजेट होलिडे भएको थियो। बिहीबार दुवै सदनमा एमालेले अवरोध गरेपनि धबीच विनियोजन विधेयक पारित भएको थियो। विधेयक पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर बिहीबार राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए।...
एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाणित भए फाँसीमा झुण्डिन तयार छु: गच्छदार

एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाणित भए फाँसीमा झुण्डिन तयार छु: गच्छदार

राजनीति
विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास काण्डको बचाउ गर्दै आफू जग्गा कारोबार गर्ने नभएको बताएका छन् । प्लटिङ गर्ने आफ्नो काम नभएको बताउँदै उनले सडक, भवन तथा अन्य संरचनाहरू बनाउने काम आफ्नो नभएको बताएका हुन्। १९ महिनापछि गृहजिल्ला सुनसरी आउने क्रममा विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै गच्छदारले भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक, भवनहरू बनाउने काम भएको भन्दै जग्गा दलाल गर्ने आफ्नो काम नभएको दोहोर्‍याए। जग्गासम्बन्धी निर्णय मन्त्रिपरिषद्को बैठकले गरेकाले दोषी भए प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई कारवाही हुनुपर्ने उनको भनाइ थियो। ‘तत्कालीन प्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालसहित अन्य मन्त्रीहरूलाई पनि कारवाही हुनुपर्‍यो’, उनले भने, ‘म मात्र कसरी परेँ, निर्णय गर्ने सब, कारवाही भोग्ने बेलामा म मात्र?’ उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगक...
तालिबानले अफगानी भूमि आतंकवादका लागि दिनु हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर

तालिबानले अफगानी भूमि आतंकवादका लागि दिनु हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर

राजनीति
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले विश्व समुदायले अफगानिस्तानमा समावेशी सरकार चाहेको बताएका छन्। बुधबार संयुक्त राष्ट्रसंघको ७६औं महासभाका अवसरमा जी–२० राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा जयशंकरले अफगानिस्तानमा सबै वर्ग र समुदायको प्रतिनिधित्व गर्ने सरकारको अपेक्षा भएको बताए। ‘मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय समुदाय एकसाथ उभिनुपर्छ’, सम्बोधनमा उनले भने, ‘बिनाप्रतिबन्ध र बिनारोकावट सीधा सहायता उपलब्ध गराउनुपर्छ।’ यस्तै, बैठकमा मन्त्री जयशंकरले तालिबानले अफगानी भूमि आतंकवादका लागि प्रयोग गर्न दिन नहुने बताए। गत अगस्ट १५ मा तालिबानले राजधानी काबुल कब्जा गरेसँगै विजयी भएको घोषणा गरेको थियो । उसले अन्तरिम सरकार पनि बनाइसकेको छ तर पनि अन्तर्राष्ट्रिय समुदायबाट मान्यता भने पाइसकेको छैन । तालिबानले भने अन्तर्राष्ट्रिय समर्थन जुटाउन प्रयास गर्दै आएको छ । केही दिनअघि मात्रै तालिबानले...
माओवादी छाडेकाप्रति प्रचण्डको आक्रोश- मन्त्री बनाउन तानेर ल्याए, अहिले कहाँ हेर्नुस् त ?

माओवादी छाडेकाप्रति प्रचण्डको आक्रोश- मन्त्री बनाउन तानेर ल्याए, अहिले कहाँ हेर्नुस् त ?

राजनीति
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बिग्रिएकोले सच्चिन तयार रहेको बताएका छन् । पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले भने, ‘म अरुलाई धेरै भन्दिनँ । बिग्रिएको मै हुँ । अब म सच्चिन्छु । अरु को-को सच्चिने, नसच्चिने तपाईंहरु सोच्नुस्,’ उनले थपे, ‘हिजो जनयुद्धमा हामफालेँ । अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ । कहिले संविधान बनाउनमा हामफालेँ । पार्टी एकतामा हामफालियो । फेरि समाजवादी क्रान्तिका लागि म चाहिँ हामफालेँ फालेँ । तपाईंरहामी सबैले यो फटाहाले बिगार्‍यो भन्नुभन्दा, मैले के बिगारेँ भन्ने सोच्न थालियो भने त्यहींबाट रुपान्तरण सुरु हुन्छ ।’ आफू जालझेल, ठकठाकमा लागे पनि अरुलाई दोष दिने प्रवृत्ति पार्टीमा रहेको उल्लेख गर्दै दाहालले यसबाट क्रान्तिकारी पार्टी नबन्‍ने पनि बताए । पछिल्ल...
नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनमा किन छुटाइयो बिरोध खतिवडा र मेटमणिलाई ?

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनमा किन छुटाइयो बिरोध खतिवडा र मेटमणिलाई ?

Featured, राजनीति
काठमाडौं । राजधानीमा जारी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो सँगै प्रभावशाली मानिएका विरोध खतिवडा र मेटमणि चौधरी पदाधिकारी पदमा अटाउन सकेनन । तीनदिनदेखि चलिरहेको केन्द्रीय कमिटी बैठकले विभिन्न छलफलपछि पदाधिकारीको नाम टुंगो लगाउँदै अनुमोदनका लागि केन्द्रीय कमिटि बैठकमा प्रस्तुत गर्दै-गर्दा खतिवडा र चौधरीबाहेकका नेताहरू पदाधिकारीमा चयन गरिएको हो । उनीहरूको बारेमा बैठकमा छलफल जारी नै रहेको जनाइएको छ । त्यस्तै पोलिटब्यूरोको नामावली पनि टुंगाे लाग्ने जनाइएको छ । बैठकले एक महासचिव, चार उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको नाम तय गरेको जनाइएको छ । उक्त नामावली आजै सम्पन्न हुन लागेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने कार्यक्रम रहेको छ । पार्टीको महासचिवमा बेदुराम भुसाल प्रस्तावित भएका छन् भने उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश ...
माओवादीबाट को-को बन्दैछन् मन्त्री ?

माओवादीबाट को-को बन्दैछन् मन्त्री ?

Featured, राजनीति
काठमाडौँ- केही समयअघिसम्‍म नेकपा माओवादी केन्द्रमा मन्त्री बन्‍नेहरूको सूची लामो थिए । धेरै सांसदले मन्त्री बनाउन दबाब दिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रमा नै मन्त्री बन्‍न धेरैले दबाब दिएको बताएका थिए । माओवादीले सरकारमा पठाउने मन्त्रीहरुको सूचीबारे छलफल सुरु गरेको छ । माओवादीको बुधबार बसेको स्थायी समिति बैठकलगत्‍तै प्रवक्ता कृष्णबहादुर महराले बिहीबार मन्त्रिपरिषद्‌ विस्तार हुने बताउँदै बिहीबार नै माओवादीबाट मन्त्री हुनेहरूको नाम टुंगो लगाउने बताएका थिए । दाहालले सरकारमा पठाउने मन्त्रीहरूको नामबारे पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । शेरबहादुर देउवा नेतृत्व सरकारमा माओवादीले ६ मन्त्रालय र एक राज्‍यमन्त्री पाउने लगभग टुंगो लागिसकेको छ । तर कुन कुन मन्त्रालय पाउने भन्‍ने अहिलेसम्‍म टुंगो नलागेको दाहाल निकट एक नेताले जानकारी दिए । माओवादीमा अहिले ७ जना ...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

राजनीति
काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक र्ससद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्नेछ। बिहीबारको बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ रहेको छ। आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ। यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन्। तर प्रमुख प्रतिपक्ष नेकपा एमाले आजको बैठकमा पनि अवरोध गर्ने बताइएको छ। सभामुखको कार्यशैली र एमालेले कारबाही गरेका सांसदलाई बैठकमा सहभागी गराएको भन्दै एमालेले निरन्तर बैठकमा अवरोभ गर्दै आएको छ।...