राजनीति

काठमाडौंमा शनिबार काँग्रेसको पालिका अधिवेशन नहुने, तोकियो नयाँ मिति

काठमाडौंमा शनिबार काँग्रेसको पालिका अधिवेशन नहुने, तोकियो नयाँ मिति

राजनीति
काठमाडौं । नेपाली काँग्रेसले काठमाडौंमा गाउँ तथा नगरपालिकाहरूको अधिवेशन असोज १६ गतेका लागि तोकिएको छ । शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले शनिबार ६४ जिल्लामा गाउँ तथा नगरपालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । तर, नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति काठमाडौंले असोज १६ गतेका लागि अधिवेशनको मिति तोकेको हो । काठमाडौंमा तयारी नपुगेका कारण शनिबारका लागि तोकिएको अधिवेशन १६ असोजमा सारिएको जिल्ला निर्वाचन समितिले जनाएको छ । काँग्रेसले २१ वटा हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै ५६ जिल्लामा दसैँपछि प्रदेश, प्रतिनिधिसभा र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । काठमाडौंमा पनि प्रदेश, प्रतिनिधिसभा र जिल्ला अधिवेशन दसैँपछि हुने हुँदा पालिका अधिवेशन निर्धारित मितिभन्दा एक साता परे सारिएको छ ।...
महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको भन्दै इटहरीका मेयरविरुद्ध प्रदर्शन

महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको भन्दै इटहरीका मेयरविरुद्ध प्रदर्शन

राजनीति
इटहरी । महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको भन्दै इटहरी मेयर द्वारिकालाल चौधरीविरुद्ध प्रदर्शन भएको छ। मेयर चौधरीले महिला भएको भन्दै दुर्व्यवहार गरेकामा महिलाहरु आक्रोशित भएका हुन्। सुनसरीका विभिन्न संघसंस्थाका महिलाले शुक्रबार विरोध तथा प्रदर्शन गरेका छन्। गत बुधबार मेयर चौधरीको कार्यकक्षमा ताला लगाएका महिलाले शुक्रबारसम्म लगातार धर्ना, नाराबाजी तथा नगर परिक्रमा गरिरहेका छन्। बुधबार दिउँसो उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै कार्यालय अगाडी संयुक्त विरोध कार्यक्रमको ब्यानर टाँगेकोमा प्रहरीले ब्यानर निकालिदिएको थियो। उनीहरुले चौधरीलाई कारवाही गर्न माग गर्दै नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन्। अघिल्लो बुधबार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र सर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा जथाभावी बोलेर दुर्व्यवहार गरेको उनीहरुको आरोप छ। लगत्तै दर्जन ब...
प्रचण्डमार्फत कान्तिपुरमा चीनको अर्बौ लगानी, भारत र अमेरिकाविरुद्ध प्रयोग

प्रचण्डमार्फत कान्तिपुरमा चीनको अर्बौ लगानी, भारत र अमेरिकाविरुद्ध प्रयोग

राजनीति
काठमाडौँ । १९ भदौ ०७८ मा कान्तिपुर डटकमले ‘सीमामा सधैं भारतीय ज्यादती’ शिर्षकमा एउटा समाचार लेख्यो। नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ एसएसबीका सुरक्षाकर्मीले नेपालीमाथि गरेका ज्यादतीका घटनाहरुलाई उल्लेख गर्दै ज्यादतीजन्य घटनामा कमी नआएको विषयलाई समाचारमा उठाईएको छ। भारतीय एसएसबीका सुरक्षाकर्मीले गत साउन १५ मा महाकालीमा तुइनको लट्ठा खुस्काइदिएपछि खसेका दार्चुलाको व्यास–२ का ३३ वर्षीय जयसिंह धामीको अज्ञात अवस्था र नेपाली आकाशमा अनधिकृत रूपमा भारतीय हेलिकोप्टर उडाइएको विषय पनि उक्त समाचारमा समेटिएको छ । यसैगरी, ०७३ फागुन २६ मा कञ्चनपुरको पुनर्बास–८ आनन्दनगरका ३६ वर्षीय गोविन्द गौतमको गोली हानी हत्या गरेको, कास्कीका ६३ वर्षीय कुतवद्दिन मियाँ भारतको तीनकुनियाबाट ०७४ चैतमा अपहरणमा परेको लगायतका विषय समाचारमा उल्लेख छन् । समाचारले दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा दशकौंदेखि भारतीय अतिक...
गगन थापाको प्रश्न : ‘बेहालमा पार्टी चलाइरहने कि बदल्ने ?’

गगन थापाको प्रश्न : ‘बेहालमा पार्टी चलाइरहने कि बदल्ने ?’

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीभित्र विधि विधान हराउँदै गएको बताउँदै आगामी महाधिवेशनका लागि महामन्त्रीका उम्मेदवार रहेका नेता थापाले सो कुरा बताएका हुन् । क्रियाशील सदस्यता विवादका कारण पार्टी बेहालको अवस्थामा रहेको बताउँदै यहि हालतमा वा नेतृत्व फेरेर पार्टी चलाउने भन्दै प्रश्न समेत गरे । ‘अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं। कांग्रेस पुनर्निर्माण’ नेता थापाले भनेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनको मिति विभिन्न मितिमा परिवर्तन भएकोप्रति इंगित गर्दै उनले माथिका नेताहरुले छलफल बिना नै सजिलै मिति सार्ने गरेको आरोप लगाए । नेता थापाले भनेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नप...
राष्ट्रिय योजना आयोगका सदस्य वाग्ले अमेरिकी ग्रीनकार्ड होल्डर !

राष्ट्रिय योजना आयोगका सदस्य वाग्ले अमेरिकी ग्रीनकार्ड होल्डर !

राजनीति
काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्ले अमेरिकी ग्रीनकार्ड होल्डर रहेको भन्दै उनीमाथि छानविनको माग उठेको छ । आयोगमा नियुक्ति भए लगत्तै उनीमाथि ग्रिनकार्ड होल्डर रहेको कुरा उठ्न थालेपछि छानविनको माग बढेको हो । स्राेतका अनुसार करिब ५ वर्ष अघिदेखि वाग्लेले संयुक्त राज्य अमेरिकाको ग्रिन कार्ड लिएका थिए । केही समय अगाडिसम्म वाग्ले सिटिईभिटीको सदस्य सचिबको रुपमा कार्यरत थिए । सिटीईभिटीको सदस्य सचिबमा नियुक्त हुनु भन्दा अगाडि नै ग्रिन कार्ड लिएका उनी त्यहि बेला १ महिना अमेरिका बसेर फर्किएका थिए । सदस्य सचिवमा नियुक्त हुनुभन्दा अघि वाग्लेकाे ग्रिनकार्ड विवाद चर्किएको थियो । तर, ठूलो आर्थिक चलखेल गरी उनले नियुक्ति लिन सफल भएको स्रोत बताउँछ । वाग्लेले अमेरिकाको ड्राइभिङ लाइसेन्स पनि लिइसकेका छन् । स्राेत भन्छ–’करिब २ महिना अगाडि सिटिइभिटीको कार्यकाल सकिए लगत्तै उनी त्यसको भोलिपल्ट...
कांग्रेस महाधिवेशन: शीर्ष नेताको निर्णयमा शेखर र गगनको आपत्ति, उठाए यस्तो गम्भीर प्रश्न

कांग्रेस महाधिवेशन: शीर्ष नेताको निर्णयमा शेखर र गगनको आपत्ति, उठाए यस्तो गम्भीर प्रश्न

राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वघोषित कार्यतालिकाको मिति परिवर्तन गर्ने शीर्ष नेताको सहमतिमा नेताहरु शेखर कोइराला र गगन थापाले प्रश्न उठाएका छन् । बुधबारदेखि शुक्रबारसम्म बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले १३ जिल्लाको विवाद कायमै रहेको अवस्थामा हिमाली जिल्लामा मात्रै कार्यतालिका लागू हुने र बाँकी जिल्लामा दसैंपछि मात्रै जिल्ला तहसम्मको अधिवेशन गर्ने गरी कार्यतालिका फेरबदल गरेको थियो । यसै बिषयमा नेताद्वय कोइराला र थापाले भने पदाधिकारी र पूर्वपदाधिकारीहरुले गरेको त्यस्तो निर्णयमाथि प्रश्न उठाएका हुन् । सामाजिक सञ्जालमार्फत् नेता थापाले भनेका छन्, कति सजिलै सर्छ अधिवेशनको मिति! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! अब नि यस्तो ...
सभामुख र प्रचण्डप्रति बादलको कटाक्ष

सभामुख र प्रचण्डप्रति बादलको कटाक्ष

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्प्रिसाद सापकोटाविरुद्ध कटाक्ष गरेका छन् । शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता बादलले प्रचण्ड पार्टी लाईन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाईनमा लागेको आरोप लगाएका छन् । त्यसैगरी उनले सभामुख अग्नीप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पारेका छन् । उनले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि बताए । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनावमा निस्...
परराष्ट्रमन्त्री खड्का न्यूयोर्क पुगे, असोज ११ गते महासभामालाई सम्बोधन गर्ने

परराष्ट्रमन्त्री खड्का न्यूयोर्क पुगे, असोज ११ गते महासभामालाई सम्बोधन गर्ने

Featured, राजनीति
काठमाडौं । पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्। मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेको न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले जानकारी दिए। ‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले यही असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ। न्युयोर्कमा रहँदा उनले मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनाका साथै विभिन्न देशका ...
माधव नेपालको पार्टीमा मुकुन्द न्यौपाने ‘नेता’ बन्दा किन अटाएनन् वामदेव गौतम?

माधव नेपालको पार्टीमा मुकुन्द न्यौपाने ‘नेता’ बन्दा किन अटाएनन् वामदेव गौतम?

राजनीति
काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको छ। नेपालको अध्यक्षतामा गठित पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल चयन हुँदा पुराना वामपन्थी नेता मुकुन्द न्यौपाने तेस्रो वरीयतामा ‘नेता’ हैसियतमा पार्टी पोर्टफोलियोमा परेका छन्। पदाधिकारीमा उपाध्यक्षको हैसियतमा चौथो वरीयतामा राजेन्द्र पाण्डेदेखि पदाधिकारीको अन्तिम वरीयतामा सचिवको हैसियतमा रामकुमारी झाँक्रीसम्म अटाउँदा एउटा परिचित अनुहारको खोजी हुन थालेको छ। एमालेबाट वरिष्ठ उपाध्यक्षसहित साधारण सदस्यबाट राजीनामा बुझाएर हिँडेका नेता वामदेव गौतम नेकपा (एस)को वरिष्ठ उपाध्यक्ष बन्ने पक्कापक्की जस्तै थियो। नेता नेपाल स्वयंले गौतमलाई पार्टीको दोस्रो वरीयतामा अटाउने सार्वजनिक घोषणा नै गरे। तर, पार्टी गठनदेखि लिएर पदाधिकारी चयनसम्म आइपुग्दा गौतम पार्ट...
जनताले दोषी माने फाँसीमा झुण्डिन तयार छु : गच्छदार

जनताले दोषी माने फाँसीमा झुण्डिन तयार छु : गच्छदार

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन्। उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताए। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सँधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै जनताले दोषी मानेमा फाँसी झुण्डिन तयार रहेको बताएका छन्। उनले मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदि कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषदमाथि गर्नुपर्ने तर्क गरे। उनले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आफूमाथि अन्याय गरेको धारणा राखे। “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उनले भने। उपसभापति गच्छदारले न्यायालयले न्याय दिने विश्वास व्यक्त गर्दै आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको बताए। जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उन...