कति जिल्लामा भयो काँग्रेसको पालिका अधिवेशन ?
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लामा पालिका अधिवेशन सुरु भएको छ । केही जिल्लाका पुरै पालिकामा अधिवेशन सम्पन्न भइसकेको र केहीमा सुरु भएको हो । शनिबार सम्पन्न नभएका पालिकामा जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई सहमतिमा नयाँ मिति तोकेर अधिवेशन गराउने जिम्मेवारी दिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने तयारी नपुगेको भन्दै आज पालिका अधिवेशन सुरु भएको छैन । तयारी पूरा भएपछि ती जिल्लामा पनि जिल्ला निर्वाचन अधिकृतले केन्द्रीय निर्वाचन समितिसँग सहमतिमा मिति तोक्ने समितिले जनाएको छ ।
ती १० जिल्लामा सबै वडा अधिवेशन सम्पन्न नभएको रिपोर्टिङ आएको पोखरेलको भनाई छ । तर समिति सदस्य पोखरेलका अनुसार असोज १६ गतेसम्म ६४ जिल्लामा पालिका अधिवेशन सम्पन्न हुनेछ । वडा अधिवेशन रोकिँद...







