राजनीति

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्न सिफारिस

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्न सिफारिस

राजनीति
काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश-२०७८ फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधानसहितको अध्यादेश ल्याइएको थियो । त्यो अध्यादेश फिर्ता नलिएमा आफूहरूको दल फुट्ने, जनता समाजवादी पार्टीले बताइरहेको थियो । त्यही अध्यादेशका कारण गठबन्धन सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको थिएन् । अध्यादेश आएपछि एमाले र जसपा विभाजित भएका थिए । दुबै दल विभाजनको प्रक्रिया टुंगिएपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सत्ता गठबन्धनका नेताहरूका अनुसार अब मन्त्रिपरिषद् विस्तारको तयार...
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

राजनीति
काठमाडौँ । सरकारले विभिन्न चार विधेयक व्यवस्थापिका संसदमा पेस गर्न स्वीकृती दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिको शपथ ग्रहण व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । तेजाव तथा अन्य घातक पदार्थको नियमनका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेस गर्नलाई स्वीकृती दिने र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्...
माधव नेपालको पार्टीबाट को-को बन्दै छन् मन्त्री ?

माधव नेपालको पार्टीबाट को-को बन्दै छन् मन्त्री ?

राजनीति
काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा समाजवादीले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने पार्टी कार्यालय स्रोतले जनाएको छ। स्रोतका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलका तर्फबाट मन्त्री हुनेको लिष्ट प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । जसमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ छन्। यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने स्रोतको दाबी छ । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने नेकपा समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ । तर, कुन मन्त्रालयमा को जाने भन्ने चाहिँ टुंगो नलागेको स्रोतको भनाइ छ।...
माओवादीबाट सरकारमा जानेहरुको टुंगो लाग्यो, यी हुन् मन्त्री बन्ने नयाँ अनुहारहरु

माओवादीबाट सरकारमा जानेहरुको टुंगो लाग्यो, यी हुन् मन्त्री बन्ने नयाँ अनुहारहरु

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाएको छ। कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएसँगै उसले मन्त्रीहरुको टुंगो लगाएको स्रोतले जनाएको छ। त्यसमध्ये अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल यसअघि नै मन्त्री भइसकेका छन् । अब देउवा सरकारमा माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री मात्र थप हुनेछन्। स्रोतका अनुसार यसअघि मन्त्री नभएकालाई पार्टीले प्राथमिकतामा राखेको छ । जसमा स्थायी समिति सदस्य देवेन्द्र पौडेल मन्त्री हुने पहिलो लिस्टमा रहेका छन्। यस्तै, अर्का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ पनि सरकारमा जान खोजेका थिए । तर, प्रतिनिधिसभा चुनाव हारेका कारण उनी सरकारमा गए नराम्रो सन्देश जाने भन्दै माओवादीले अञ्जना विशंङखे र शशी श्रेष्ठमध्ये एक जनालाई अगाडि सारेको छ। यसै...
सर्वोच्चका न्यायाधीशले अब गोलाप्रथाबाट मात्र मुद्धा हेर्न पाउने!

सर्वोच्चका न्यायाधीशले अब गोलाप्रथाबाट मात्र मुद्धा हेर्न पाउने!

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले मुद्दा सुनुवाइको ७० वर्षे परम्परा तोड्दै गोलाप्रथाद्वारा कजलिष्ट र मुद्दा सनुवाइ गर्ने न्यायाधीश तय गर्ने भएको छ। पेसी व्यवस्थापनका लागि सर्वोच्च अदालतले तयार पारेर १५ दिनअघि नै प्रधानन्यायाधीशलाई बुझाएको एउटा अध्ययन प्रतिवेदनले गोलाप्रथाद्धारा मुद्दाको कजलिष्ट र मुद्दा सुनुवाइ गर्ने न्यायाधीश तय गर्न सिफारिस गरेको छ। सर्वोच्च अदालतका अनुसार अब बस्ने सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक (फुलकोर्ट)ले पारित गरेपछि यो व्यवस्था कार्यान्वयनमा आउनेछ। सर्वोच्च अदालतले न्यायाधीश मीरा खड्काको संयोजकत्वमा न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल र नहकुल सुवेदी सदस्य रहेको अध्ययन समिति बनाएको थियो। गत २४ साउनमा गठित यो समितिले झण्डै दुई महिना लगाएर गोलाप्रथाद्धारा पेसी कसरी व्यवस्थापन गर्ने, न्यायाधीशलाई मुद्दा कसरी भाग लगाउने, यसका लागि ...
चीनविरुद्ध काठमाडौंमा प्रदर्शन, चिनियाँ राष्ट्रपतिको पुतला दहन

चीनविरुद्ध काठमाडौंमा प्रदर्शन, चिनियाँ राष्ट्रपतिको पुतला दहन

राजनीति
काठमाडौं । चीनविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ । हुम्लास्थित नेपाली भूमि चीनले अतिक्रमण गरेको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो । अभियानले माइतीघर मण्डलामा चीन विरुद्ध प्रदर्शन गर्दै चिनियाँ राष्ट्रपति सी चिङपिङको पुत्ला समेत दहन गरेको छ । चिनियाँ राष्ट्रपतिको पुतला दहन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले चीनद्वारा विभिन्न बहानामा बारम्बार नेपाली भूमि अतिक्रमण भइरहेको बताए । उनले मिचिएको नेपाली भूमि यथाशीघ्र फिर्ता गर्नु पर्ने मागसमेत राखे। उनले भने,‘चीनको नेपालमाथि जाहिले पनि गिद्ध कुदृष्टि रहेकोले चीनको राष्टपतिको आज पुतला दहन गरिएको हो र अब उपरान्त चीनले हाम्रो भूमि फिर्ता गरेन भने देश भरी चीनको विरुद्धमा हामी आन्दोलन गर्न बाध्य हुने छौँ।’ प्रदर्शनकाे क्रममा सहभागीहरुले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर र अघाेषित नाकाबन्दी खुला गर भन्दै चीनविर...
परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

राजनीति
काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन्। भेटको तस्वीर ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूहरुबीच दुई देशको सम्बन्धलाई अगाडि लैजाने काम गर्ने सहमति भएको जानकारी दिएका छन्। परारष्ट्रमन्त्री भए लगतै अमेरिका गएका खड्काले साइड लाइन वार्ताका क्रममा जयशंकरसँग भेटवार्ता गरेका हुन्। उनले भोली महासभालाई सम्बोधन गर्नेछन्। Pleased to welcome my new Nepali colleague, Dr. Narayan Khadka. Agreed that we should work together closely to take our special relationship forward. pic.twitter.com/NA5D3PYBjC — Dr. S. Jaishankar (@DrSJaishankar) September 26, 2021...
नेपाल–चीन सीमा अध्ययन समितिले सरकालाई बुझायो प्रतिवेदन

नेपाल–चीन सीमा अध्ययन समितिले सरकालाई बुझायो प्रतिवेदन

राजनीति
काठमाडौं । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ। समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाए। प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए। “यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ। यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ”, उनले भने, “अध्ययनमा यहाँहरूले औँल्याउनुभएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ।” मन्त्री खाणले विकट स्थानमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकामा अध्ययन टोलीलाई धन्यवादस...
ओलीले भने– संसद विघटन सही, भुसालले भने– गलत

ओलीले भने– संसद विघटन सही, भुसालले भने– गलत

राजनीति
काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय सही भएको जिकिर गरे। ओलीले जनतासामु जाने कुरा कहिल्यै गलत नहुने बताउँदै आफूले २ पटक गरेको संसद विघटनको निर्णयको बचाउ गरे। तर एमाले उपमहासचिव घनश्याम भुसाल यसमा राजी भएनन्। उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो ३ बुँदे असहमति प्रस्तुत गरे। उपमहासचिव भुसालले संसद् विघटन गर्नु गलत भएको कुरा स्वीकारेर जानुपर्ने, समाजवादी कार्यक्रम के हुने र जबज कसरी कार्यान्वयन हुन्छ भनेर थप व्याख्या आवश्यक रहेको भन्दै ओलीको प्रतिवेदनमा विमती राखेका हुन्। ‘कहाँ कहाँ कमजोरी भयो, एकताको प्रक्रियामा सचिवालय र स्थायी कमिटी पनि दोषि छ। फागुन २८ को कदम पार्टी कब्जा गर्ने थियो त्यसको परिणाम हामी अहिले भोगिरहेका छौं’ भुसालले पार्टीको बैठकमा राखेको विमतीमा भनिएको छ।...
मैले राजीनामा दिएपछि सकियो, अस्वीकृत गर्नुको अर्थ छैन : गौतम

मैले राजीनामा दिएपछि सकियो, अस्वीकृत गर्नुको अर्थ छैन : गौतम

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेको कुनै पनि पदमा नरहने गरी वामदेव गौतमले दिएको राजीनामा अस्वीकृत भएपछि उनले यसमा आफ्नो प्रतिक्रिया दिएका छन्। नेता गौतमले आफूले राजीनामा दिएपछि सकिएको बताए। ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो,’ उनले भने। गौतम अब ओली नेतृत्वको एमाले कुनै पनि अवस्थामा बस्न नसकिने पनि स्पष्ट पारेका हुन्। ‘मैले दिएको राजीनामा अस्वीकृत हुनुको कुनै अर्थ छैन। केपी ओली नेतृत्वको एमालेमा बस्न सक्दिन। प्रष्ट हुनुस्,’ गौतमले भने। नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए। राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए। तर, एमालेले अहिलेसम्म गौतमको राजीनामा स्वीकृत गरेको छैन।...