एमालेको बागमती इन्चार्जमा बादल, अध्यक्ष शाक्य वरीयतामा बादलभन्दा माथि
काठमाडौं । नेकपा (एमाले) ले बागमती प्रदेश कमिटीको विवाद समाधान गरेको छ । १० बुँदे सहमती अनुसार बागमती प्रदेश कमिटीको इन्चार्ज को भन्ने विवाद रहेको थियो ।
एमाले बागमती प्रदेश कमिटीले बिहिबार विवाद टुंगो लगाउँदै केन्द्रीय कार्यालयलाई जानकारी गराएको छ । बागतमी प्रदेश कमिटीको अध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ भने इन्चार्जमा रामबहादुर थापा बादल रहेका छन् ।
शाक्य एमाले केन्द्रीय कमिटीको उपाध्यक्षका साथै वागमती प्रदेश सरकारको मुख्यमन्त्री पनि हुन् । यस अघि शाक्य एमालेको वागमती प्रदेश कमिटी इन्चार्ज थिईन् । तर माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका वादललाई अध्यक्ष केपी शर्मा ओलीले इन्चार्ज बनाएका थिए ।
दुई नेताको वरियतामा अध्यक्ष शाक्यलाई पहिलो र इन्चार्जलाई दोस्रोमा राखिएको छ । एमालेभित्रको अभ्यासमा अहिलेसम्म इन्चार्ज पहिलो वरियतामा र अध्यक्ष त्यसपछिको वरियतामा रहने चलन छ । तर एमालेले...







