राजनीति

एमाले महाधिवेशन : मन्चमै निदाए नेता–कार्यकर्ता !

एमाले महाधिवेशन : मन्चमै निदाए नेता–कार्यकर्ता !

राजनीति
काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु भएको छ । गोदावरीस्थित सनराइज हलमा सुरु भएको विधान महाधिवेशनमा देशभरका करिब ६ हजार प्रतिनिधि सहभागी भएका एमालेले जनाएको छ। विधान अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । ओलीले प्रतिवेदन प्रस्तुत गरिरहँदा कतिपय नेता कार्यकर्ता भने हलमै निदाइरहेका छन् । प्रतिवेदन प्रस्तुत गर्दागर्दै स्वास्थ्यमा समस्या भएकाले ओलीले बोल्न गाह्रो भएपछि शंकर पोख्रेललाई जिम्मा दिएका थिए।महाधिवेशनमा पेश गरिएको विधानमा दुई उपमहासचिवको व्यवस्थालाई हटाउँदै एक सचिव थप गर्ने प्रस्ताव गरिएको छ । यसअघि पार्टीको नवौँ महाधिवेशनमा दुई उपमहासचिवको व्यवस्था गरिएको छ । विधान संशोधन प्रस्तावमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ सचिवको व्यवस्था गरिएको छ । यसअघि केन्द्रीय कमिटी बैठकमा तीन वा सात उपाध्यक्ष हुनेबारेमा छलफल भएको थ...
विधान महाधिवेशन : ओलीद्वारा प्रचण्ड, माधव नेपाल, कांग्रेस र मधेसवादी नेताको कटु आलोचना

विधान महाधिवेशन : ओलीद्वारा प्रचण्ड, माधव नेपाल, कांग्रेस र मधेसवादी नेताको कटु आलोचना

राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राणा शासन अन्त्यदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीको 'निर्णायक' र 'हस्तक्षेपकारी' भूमिका रहेको बताएका छन्। ललितपुरको गोदावरीमा शुक्रवारदेखि सुरु भएको उक्त पार्टीको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्दै ओलीले यस्तो दाबी गरेका हुन्। ओलीका भनाइमा नेपालका राजनीतिक परिवर्तनहरूमा एमाले बन्नु अघिको उसको माउ पार्टी नेपाल कम्युनिस्ट पार्टीदेखि अहिलेको एमालेको निकै प्रभावकारी भूमिका रहेको छ। उनले २००७ सालको परिवर्तनको प्रसङ्ग उप्काउँदै भने, "दिल्ली सम्झौताले २००७ सालको आन्दोलनलाई बीचमै अवरुद्ध गर्‍यो। सम्झौतालाई स्वागत गरेर नेपाली कांग्रेस राणा नेतृत्वको सरकारमा सहभागी भए पनि नेपाल कम्युनिस्ट पार्टीलगायत देशभक्त शक्तिहरूले क्रान्तिलाई अघि बढाउने प्रयास गरे।" "आन्दोलनको सह...
रेस्क्यूको नाममा करोडौं ठगी गर्ने ट्रेकिङ व्यवसायी खत्री र वाग्ले कांग्रेस महाधिवेशनको प्रतिनिधि !

रेस्क्यूको नाममा करोडौं ठगी गर्ने ट्रेकिङ व्यवसायी खत्री र वाग्ले कांग्रेस महाधिवेशनको प्रतिनिधि !

भ्रष्टाचार/ अनुसन्धान, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । यसअघि पार्टीले गाउँ-नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते गरिसकेको छ। यस्तै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते हुँदैछ। तर, कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनमा अनियमिता भएको पाइएको छ । अधिवेशनमा क्रियाशील सदस्यता वितरणमा अनियमितता भएको कांग्रेस नेताहरुले नै बताउँदै आएका छन् । बास्तविक र रियल राजनीति गर्नेहरुलाई साइड लगाएर कांग्रेसले महाधिवेशनका लागि विभिन्न शंकाष्पद धन्दा गर्ने व्यक्तिहरुलाई स्थानीय तहमा उम्मेदवार बनाएपछि कांग्रेस भित्र पूँजीबाद हावी भ...
कहिले पाउँछ मन्त्रीमण्डलले पूर्णता ?

कहिले पाउँछ मन्त्रीमण्डलले पूर्णता ?

Featured, राजनीति
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिएका छन् । उनले भने “ अगामी एक दुईदिन भित्र मन्त्रीमण्डलले पूर्णता पाउँछ । ” नेकपा (माओवादी केन्द्र) ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा ठूलो कम्युनिस्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले नेकपा (एमाले)सँग पार्टी एकता गरेको तर एकता नटिकेको बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले लामो सङ्घर्षपछि प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताए। उनले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको जनाउँदै विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे ।...
एमालेको विधान महाधिवेशन आजदेखि, पाँच हजार प्रतिनिधि सहभागी हुँदै

एमालेको विधान महाधिवेशन आजदेखि, पाँच हजार प्रतिनिधि सहभागी हुँदै

Featured, राजनीति
काठमाडौं । आजदेखि नेकपा एमालेको विधान महाधिवेशन सुरू हुँदै छ । अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो । एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने जनाएको छ । महाधिवेशनमा देशैभरबाट गरी करिब पाँच हजार प्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ । विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ । हालै बसेको केन्द्रीय कमिटी बैठकले यी तीनवटा प्रतिवेदन विधान महाधिवेशनमा पेश गर्ने गरी पारित गरेको थियो । यी हुन् विधान महाधिवेशनमा सहभागी हुनेहरु १. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु १९६ २. केन्द्रीय आयोग तथा परिषद्– २१३ ३. केन्द्रीय विभाग– ३१० ४. जनसंगठन– २२० ५. प्रदेश कमिटी– २२७१ ६. उपत्यका ...
प्रचण्डलाई लक्षित गर्दै सूर्य थापाले भने, ‘हिटलरले पनि आत्महत्या नै गरेका थिए’

प्रचण्डलाई लक्षित गर्दै सूर्य थापाले भने, ‘हिटलरले पनि आत्महत्या नै गरेका थिए’

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष गरेका छन्। प्रचण्डले भावुक हुँदै आफूलाई आत्महत्या गर्ने सोच आएको बताएको भोलीपल्ट थापाले हिटलरले पनि आत्महत्या नै गरेका थिए भन्दै कटाक्ष गरेका हुन्। त्यतिमात्र हैन थापाले हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी, तानाशाह र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्महत्या बाहेक अर्काे हुनै नसक्ने जिकिर पनि गरेका छन्। ‘हिटलरले पनि आखिरीमा आत्महत्या नै गरेको थियो ! हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी, तानाशाह र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्महत्या बाहेक अर्काे हुनै सक्दैन,’ उनले लेखेका छन्। त्यस्तै थापाले अघि लेखेका छन्, ‘पुष्पकमल दाहालले युवाहरूलाई आत्ममहत्या गर्न सार्वजनिक रूपमा नै दुरूत्साहन गरेको भाषण निराशा र कुण्ठाको स्वभाविक अभिव्यक्ति हो।’ बिहीबार अखिल ...
प्रभु साहलाई बालकोटमै डाकेर ओलीले भने- के-के गर्न पर्छ ? म गर्छु, हामी मिलेर जाऔं

प्रभु साहलाई बालकोटमै डाकेर ओलीले भने- के-के गर्न पर्छ ? म गर्छु, हामी मिलेर जाऔं

राजनीति
काठमाडौं । नेकपा विभाजनपछि मन्त्रीको प्रलोभनमा परेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका नेता प्रभु साहले पार्टीको बिधान महाधिवेशनमा सहभागी नहुने बताएका छन् । भोलिदेखि सुरु हुने पार्टीको प्रथम बिधान महाधिवेशनमा मन्त्री साहले सहभागी नहुने बताएपछि विहीबार बिहान अध्यक्ष ओलीले असन्तुष्ट साहलाई भेट गरेका थिए। बालुवाटार स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले आफ्नो तर्फबाट सहमति गर्न तयार भएकाले मिलेर जान ओलीले आग्रह गरेका छन्। ‘मैले तपाईंसँग के-के सहमति गर्नुपर्ने हो, त्यो गर्न तयार छु। तपाईं हामी मिलेर जाऔं,’ बालकोट स्रोतले भन्यो। तर, साहले अध्यक्ष ओलीसँग विभिन्न ८ वटा माग राखेको र माग सम्बोधन नभए बिधान महाधिवेशनमा सहभागी नहुने जवाफ दिएका छन् । सहरी विकास मन्त्रीबाट सर्वोच्च अदालतको आदेशले पदमुक्त भएपछि साह एमालेका पछिल्ला केन्द्रीय कमिटी बैठकमा पनि सहभागी हुन छाडेका थिए । उनी पछि...
महन्थ ठाकुरको पार्टीबाट लेखीको राजीनामा, एमाले छिर्ने सम्भावना

महन्थ ठाकुरको पार्टीबाट लेखीको राजीनामा, एमाले छिर्ने सम्भावना

राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट राजकुमार लेखीले राजीनामा दिएका छन्। अध्यक्ष महन्थ ठाकुरसमक्ष उनले राजीनामा पत्र बुझाएका छन्। नयाँ राजनीतिक यात्रा थाल्ने जनाऊ दिँदै उनले राजीनामा लेखेका हुन्। उनले वैकल्पिक पार्टी निर्माण गर्न नसकेका कारण पुरानै दलमा फर्किने संकेत गरेका छन्। उनको पारिवारिक पृष्ठभूमी र पूर्वराजनीति नेकपा एमालेमा थियो। उनी एमालेमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ। यद्यपि लेखीले उक्त विषयबारे खुलाएका छैनन्।...
दश भाइलाई प्रचण्डको दनक : हिजो ओलीलाई हटाउन हस्ताक्षर गरेको होइन ?

दश भाइलाई प्रचण्डको दनक : हिजो ओलीलाई हटाउन हस्ताक्षर गरेको होइन ?

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका ‘दश भाइ’ले केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले हिजो ओलीलाई कारवाही गर्न हस्ताक्षर गर्नेहरूले नै अहिले ओलीसँग आत्मसमर्पण गरेको बताए । ‘अस्तिसम्म त उहाँहरूले मलाई केपी षड्यन्त्रकारी नै हो हो, तानाशाह नै हो भन्थे । ती दश भाइ छन् नि दश भाइ । हिजो केपीलाई पार्टीबाटै हटाउँदा ती दश भाइ नै थिए नि सही गर्ने । माइन्यूट अझै छ’, प्रचण्डले भने । उनले आफूलाई एमाले फुटाउन खोजेको गलत आरोप लगाइएको बताए । ‘हिजो ओलीलाई हटाउनैपर्छ , दर्होसँग उभिनुस् कमरेड भन्ने । आज प्रचण्डले एमाले फुटाउन खोज्यो भन्ने ?’,उनले प्रश्न गरे ।...
चीनले नेपाली भूमि मिच्दा स्थानीयमा त्रास, के गर्दै छ सरकार ?

चीनले नेपाली भूमि मिच्दा स्थानीयमा त्रास, के गर्दै छ सरकार ?

राजनीति
काठमाडौँ । सीमा अतिक्रमण गरी नेपाली भूमि कब्जा गरेको भन्दै असोज ११ मा चीनविरुद्ध काठमाडौंमा प्रदर्शन र राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरियो । राष्ट्रिय एकता अभियानले नेपाली भूमि अतिक्रमण र नेपालको आन्तरिक मामिलामा चीनले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध गरेको छ । उनीहरूले ‘अघोषित नाकाबन्दी खुला गर’, ‘चिनियाँ हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाएका थिए । चीनले सीमावर्ती हुम्लाको लिमीलाप्चादेखि हिल्सासम्मको क्षेत्रमा सीमा मिचेर अवैध रूपमा भौतिक संरचना निर्माण गरेको भन्दै विरोध भइरहेका बेला एकता अभियानले विरोध प्रदर्शन गरेको हो । उक्त क्षेत्रमा देखिएको सीमा समस्या अध्ययन गर्न सरकारले गठन गरेको अध्ययन समितिले पनि ‘सीमा क्षेत्रमा समस्या देखिएको’ निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । अहिले सीमा क्षेत्रको १२ नं खम्बा एकतर्फी रूपमा चीनले नयाँ स्थापना गरेको छ । लाप्चा क्षेत्रमा सीमा...