राजनीति

ओलीलाई चेतावनी दिंदै प्रचण्डले भने–हामीसँग सैनिक पृष्ठभूमिका साथीहरु पनि हुनुहुन्छ

ओलीलाई चेतावनी दिंदै प्रचण्डले भने–हामीसँग सैनिक पृष्ठभूमिका साथीहरु पनि हुनुहुन्छ

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको युद्ध नसकिएको बताएका छन्। माओवादी सिध्याउन खोजेको आरोप लगाउँदै अध्यक्ष दाहालले ओलीलाई चेतावनी दिंदै भने–‘हामीसँग अझै पनि तालिमप्राप्त सेनाका साथीहरु पनि छन्। कोइ आइलागे भने जाइलाग्ने हो। हामीले ल्याएको हो संविधान। हामी चुनावमा जित्छौँ। हामीसँग सैनिक पृष्ठभूमिका साथीहरु पनि हुनुहुन्छ। माओवादीलाई त सिध्याउन खोजिएको थियो नि त । माओवादीको प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने–‘हामीले ब्याटल जितेको हो वार जितिसकेको छैनौं। लडाइ जित्यौं युद्ध जितिसकेको छैनौं ।’ उनले प्रतिक्रान्ति गर्नेहरुले अहिले पनि लडाइको तयारी गरिरहेको बताए। ओलीबाट आफूले मात्रै नभइ कम्युनिस्ट सबै नेताहरुले धोका पाएको उनले बताए। उनले आफूले एकता गरेर अरु केही नपाए पनि ज्ञान पाएको बताए। उनले भने–‘मैले ज...
एमाले विधान महाधिवेशन : कर्णाली र लुम्बिनीका टोली नेताबाट सुझाव प्रस्तुत

एमाले विधान महाधिवेशन : कर्णाली र लुम्बिनीका टोली नेताबाट सुझाव प्रस्तुत

राजनीति
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सुझावहरु प्रस्तुत भइरहेको छ । महाधिवेशनमा पेश भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा आएका सुझावहरुलाई समूहका नेताले प्रस्तुत गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल भएको थियो । समूहका टोली नेताले छलफलबाट आएको सुझावलाई प्रस्तुत गरेका हुन् । हालसम्म कर्णालीबाट गोरखबहादुर बोगटी र लुम्बिनीबाट लिला गिरीले टोली नेताका रुपमा सुझाव प्रस्तुत गरेका छन् । अहिले सुदूरपश्चिमबाट कर्ण थापाले सुझाव प्रस्तुत गरिरहेका छन् ।...
बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन

बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन

राजनीति
बारा । राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजिएकोमा उनले आपत्ति जनाए । उनले भने, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन्, यस्ता भ्रष्ट मुख्यमन्त्रीलाई पदमा बसी राख्न कुनै औचित्य छैन।’ त्यस्तै उनले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए । प्रदर्शनको क्रममा, इमरान खान मु...
कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनावमा बहुमत ल्याउनुपर्छ : गगन थापा

कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनावमा बहुमत ल्याउनुपर्छ : गगन थापा

Featured, राजनीति
काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले अबको चुनावमा कसैसँग मिलेर नभइ एक्लै लडेर बहुमत ल्याउने बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा बाेल्दै नेता नेपालले एक्लै लडेर बहुमत ल्याउने बताएका हुन् । साथै, काठमाडौं नगरपालिकाको अधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् । ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ । नागरिकहरुको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ ।’नेता थापाले भनेका छन् । नेता थापाले आगामी तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । ‘कांग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिस्ट, मधेसवादी मिले भने पनि कांग्रेसले जित्ने गरी काम गर्नुपर्छ । हामीले पाँच वर्ष सरकार चला...
एमाले विधान महाधिवेशन : अनुशासन आयोगको प्रतिवेदन पेस

एमाले विधान महाधिवेशन : अनुशासन आयोगको प्रतिवेदन पेस

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन पेस भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलनको हलमा शनिबार आयोगका अध्यक्ष अमृत कुमार बोहराले समूहगत छलफलका लागि प्रतिवेदन प्रस्तुत गरेका हुन् । यसपछि शुक्रबार प्रस्तुत तीन वटा प्रतिवेदनमाथि १० वटा समूहमा भएको छलफलबाट आएका सुझावहरु टोली नेताले प्रस्तुत गर्ने कार्यक्रम छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिसकेको छ । पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।...
एमाले विधान महाधिवेशन : समूहगत छलफल सकियो, टोली नेताले सुझाव प्रस्तुत गर्ने

एमाले विधान महाधिवेशन : समूहगत छलफल सकियो, टोली नेताले सुझाव प्रस्तुत गर्ने

राजनीति
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनअन्तर्गत दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार छलफलमा आएका सुझावहरुलाई केही बेरमा टोली नेताले प्रस्तुत गर्नेछन् । 'सुझावहरुलाई अहिले २ बजेदेखि नेताहरुले प्रस्तुत गर्ने छन्,' उनले भने । पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।...
प्रकाशमानको प्रश्न- ‘गणेशमानको छोरा भएर म सभापति बन्न नपाउने हो ?’

प्रकाशमानको प्रश्न- ‘गणेशमानको छोरा भएर म सभापति बन्न नपाउने हो ?’

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनबाट आफूलाई सभपाति जिताउन आग्रह गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले उपत्यका बासिले बाहिरबाट आएका नेताहरुलाइ मात्र अघि बढाएको भन्दै दुखेसो पोखे । नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधै सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको उल्लेख गरे । “उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो , अरुको झोला उपत्काका बासीले कहिलेसम्म बोक्ने ?” उनले १४ औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए । “काठाडौमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो,” उनले भने–“अरुको छोराहरुले ...
यी हुन् कांग्रेस काठमाडौंमा पालिका सभापतिका दाबेदार

यी हुन् कांग्रेस काठमाडौंमा पालिका सभापतिका दाबेदार

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौंका ११ मध्ये १० पालिकाको अधिवेशन आजबाट सुरु हुँदैछ । दक्षिणकालीबाहेकका पालिकामा आजदेखि अधिवेशन सुरु हुन लागेको हो । चन्द्रागिरी नगरपालिकाबाहेक प्राय सबै पालिकामा दुई समूह प्यानल नै घोषणा गरेर चुनाव प्रचारमा जुटेका छन् । चन्द्रागिरीमा सर्वसम्मत नेतृत्व चयन हुने देखिएको छ भने बाँकी पालिकामा निर्वाचनबाटै नेतृत्व चयन हुने देखिन्छ । महानगरमा प्रगतिमान र नीलकाजी भिड्दै संघीय राजधानीसमेत रहेको देशकै सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ। १५ वर्षपछि हुन लागेको महानगरको नेतृत्वका लागि संस्थापन पक्षबाट युवा नेता प्रगतिमान रञ्जित र इतर पक्षबाट पुराना नेता नीलकाजी शाक्यबीच प्रतिष्पर्धा हुने देखिएको छ । प्रगतिमान नेपाल तरुण दल, काठमाडौंका संस्थापक अध्यक्ष तथा आमन्त्रित जिल्ला कार्यसमिति...
एमाले विधान महाधिवेशनमा समूहगत छलफल सुरु

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सुरु

Featured, राजनीति
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको प्रथम राष्ट्रिय विधान महाधिवेशनअन्तर्गत आज समूहगत छलफल सुरु भएको छ । महाधिवेशनमा हिजो पेस भएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको हो । प्रतिवेदनमाथि बिहान पौने १० बजेदेखि समूहगत छलफल सुरु भएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । थापाका अनुसार समूहगत छलफल सकिएपछि आजै बस्ने पूर्ण बैठकमा समूहको निष्कर्ष सुनाइने छ । समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने छ । दस्तावेजहरुमाथि माथि छलफल गर्न हिजै १० वटा समूह गठन भएका थिए । एमालेले ६ हजार भन्दा धेरै प्रतिनिधिलाई सहभागि छन् । १० वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको छ । प्रदेश १ समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले,...
एमाले विधान महाधिवेशनको पहिलो दिनमा के-के भयो ?

एमाले विधान महाधिवेशनको पहिलो दिनमा के-के भयो ?

राजनीति
काठमाडौं । निर्माणपछिको पहिलो र ठूलो कार्यक्रम आयोजना भएको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा केही दिन यतादेखि नै चहलपहल भएको थियो भने आज मध्याह्नसम्म त मानिसले खुट्टा टेक्नै ठाउँ पाउन नै मुस्किल पर्ने गरी सभाहल र परिसर भरियो । ललितपुरको सातदोबाटो, हरिसिद्धी र गोदावरीका विभिन्न चोक र स्थानमा तथा सम्मेलनस्थलको मूल प्रवेशद्वारमा टाँगिएका नेकपा (एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशनका नामका स्वागत व्यानर र कम्युनिष्ट पार्टीको हसिया हथौडायुक्त झण्डा तथा निर्वाचन चिन्ह सूर्यले ती स्थान राताम्य देखिएका थिए । मध्यान्ह १२ः १५ बजे उद्घाटन हुने भएको महाधिवेशनमा सहभागीको नाम दर्ता र मञ्च व्यवस्थापनका कार्य जारी रहँदा तथा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आगमनको प्रतिक्षा गर्दा दिउँसोको १ः१५ भइसकेको थियो । अध्यक्ष ओली आएपछि हालमा राष्ट्रिय गान, कम्युनिष्टको अन्तर्राष्ट्रिय गान गाएपछ...