राजनीति

मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने लोसपाको निर्णय

मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने लोसपाको निर्णय

राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गरेको छ । सोमबार बसेको लोसपा नेपाल प्रदेश २ संसदीय दलको बैठकले सो निर्णय गरेको हो । लोसपा नेपाल प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग आयोगले मारेको छापाका कारण प्रदेश सरकारको गरिमामा नै असर परेको हुनाले मुख्यमन्त्री राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सोनलले बताए । मुख्यमन्त्री राउतले सञ्चालन गरेको ‘बेटी बचाउ बेटी पढाउ, मुख्यमन्त्री स्वच्छता कार्यक्रम, विमा कार्यक्रम’ लगायतको बारेमा विभिन्न कोणबाट प्रश्न उठेको र यसको जवाफ मुख्यमन्त्री कार्यालयले दिनुको सट्टा उल्टै आयोगमाथि विभिन्न आरोप लगाएर भ्रष्टाचारलाई ढाकाछोप गर्ने प्रयास भइरहेको लोसपाले ठहर गरेको छ । प...
मन्त्री बाँडफाँटमा प्रधानन्यायाधीशलाई पनि भाग !

मन्त्री बाँडफाँटमा प्रधानन्यायाधीशलाई पनि भाग !

राजनीति
काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सत्ता भागवण्डामा राजनीतिक दलहरुका अलावा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पनि जोडिएका छन् । सत्तारुढ दलका नेताहरुका अनुसार २१ मन्त्रालय भागवण्डामा प्रधानन्यायाधीश जबरालाई पनि भाग छुट्याइएको छ । उनको सिफारिसमा सर्वोच्च अदालतमा सूचना प्रविधि विज्ञका रुपमा काम गरिसकेका दीपक तिमिल्सिना मन्त्री बन्ने पक्का जस्तै छ । प्रधानन्यायाधीश जबरामाथि यसअघि ओली सरकारको पालामा विभिन्न संवैधानिक निकायहरुमा भागवण्डामा आफ्नो मान्छे सिफारिस गराएको आरोप छ । सर्वोच्च अदालतमा विचाराधीन त्यही मुद्दा अनेक खेलका कारण सुनुवाइ नभई सरिरहेको देखिन्छ । यो पटक भने सत्ता साझेदार दलझैं मन्त्रिपरिषद विस्तारका क्रममा हुने भागवण्डामा उनी मुछिएका छन् । तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व गर्न सिंहदरबार प्रवेश गरेको घटनालाई अपवाद मान्ने हो भने मन्त्रालय भाग...
विभिन्न जिल्लाका प्रजिअको सरुवा, को कहाँ भए सरुवा ?

विभिन्न जिल्लाका प्रजिअको सरुवा, को कहाँ भए सरुवा ?

राजनीति
काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयले प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ। मन्त्रालयका अनुसार गृहका सहचिव कमलराज ढकाललाई भोजपुर र सहचिव जयनारायण आचार्यलाई कास्कीको प्रजिअमा सरुवा गरिएको छ भने कास्कीका प्रजिअ थानेश्वर गौतम र डडेलधुराका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा ल्याइएको छ। प्राप्त विवरणअनुसार काठमाडौँका प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको प्रजिअमा पठाइएको छ भने लमजुङका प्रजिअ होमप्रसाद लुईंटेललाई गृह मन्त्रालयमा ल्याइएको छ। बाँकेका सहायक प्रजिअ शङ्करबाहादुर विष्टलाई डोटीको प्रजिअमा, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवलको जेलरमा, सुर्खेतका प्रजिअ रोमबहादुर महतलाई मुगु, गृहका उपसचिव रवीन्द्रप्रसाद आचार्यलाई ...
‘उपेन्द्र यादव चिनियाँ र लालबाबु राउत आईएसआईका एजेन्ट हुन्’

‘उपेन्द्र यादव चिनियाँ र लालबाबु राउत आईएसआईका एजेन्ट हुन्’

राजनीति
राजविराज । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेक ल्याएको आरोप लगाएका छन्। राष्ट्रिय एकता अभियान विष्णुपुर गाउँपालिका समितिले विजया दशमीको अवसरमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सबैको शिक्षाको लागि सामुदायिक विद्यालयल रहेपनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको बताए । उनले जसपाका अध्यक्ष उपेन्द्र यादव चीन र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिवान बनाउन लागेको आरोप लगाए । “मुख्यमन्त्री लालबाबु राउत आईएसआईको एजेन्ट हो” उनले भने “उपेन्द्र चिनियाँ एजेण्ट र लालबाबु आईएसआईको एजेन्ट, दुवै मिलेर प्रदेश नम्बर २ मा मदरसा विधेयक ल्याएर तालिवान बनाउने योजनामा काम गरी रहेको छ ।” नेपाल सरकारले शिक्षामा उच्च लगानी गरी सरकारी विद्यालय सञ्चालन गरेको र त...
कांग्रेसको काठमाडौं महानगर सभापतिमा को भए विजयी ?

कांग्रेसको काठमाडौं महानगर सभापतिमा को भए विजयी ?

राजनीति
काठमाडौँ । नीलकाजी शाक्य नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा विजयी भएका छन् । आइतबार भएको नगर सभापतिको चुनावमा शाक्य भारी मतान्तरले विजयी भएका हुन्। शाक्यले अर्का उम्मेदवार प्रगतिमान रन्जितलाई हराएका हुन्। शाक्यले ७८६ मत ल्याए भने रन्जितले जम्मा ३२९ मत ल्याएका छन्। सभापति बिजयी भएका शाक्य काठमाडौ महानगर वडा नम्बर २५ को वडाध्यक्ष पनि हुन्। उनी प्रकाशमान सिंह-गगन थापा निकट हुन्। रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो। महानगरमा सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ। शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन्। उपसभापति ढकालले ९४१ मत पाउँदा महर्जनले ८०१ मत पाएर निर्वाचित भए। यस्तै सचिवमा ८५३ मतसहित सुशन वैद्य र ७५९ मतसहित पुरूषोत्तम खकुरेल विजयी भए। यस्तै सहसचिवमा विमला लामिछाने ८३१ मत र अमृत मानन्धर ...
‘भोलिसम्म मन्त्रीको सपथ हुन्छ’

‘भोलिसम्म मन्त्रीको सपथ हुन्छ’

Featured, राजनीति
काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुकासम्म मन्त्रीको टुंगो लाग्ने बताएका छन् । आइतबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नामको टुंगो लाग्ने बताएका हुन् । साथै उनले सोमबारसम्म मन्त्रीहरुकाे शथप हुने बताए । ‘आज विहान पनि यस विषयमा छलफल भएको थियो’, प्रचण्डले भने, ‘कानुनमन्त्री विहान आउनु भएको थियो । उहाँसँग पनि यही विषयमा छलफल भयो । हामी मन्त्रिपरिषदको विषय टुंग्याउन लागिरहेका छौं, सम्भवत भोलिसम्म छिनोफानो हुन्छ।’...
१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो एमाले विधान महाधिवेशन

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो एमाले विधान महाधिवेशन

राजनीति
काठमाडौं । एमाले प्रथम विधान महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । गत शुक्रबारदेखि चलेको विधान महाधिवेशनले जारी गरेको घोषणापत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि भोगचलनमा ल्याउने गरी कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनको तयारी थाल्न सरकारलाई आग्रह गरेको एमालेले पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै क्षोभ प्रकट गरेको छ । समसामयिक राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य रघुजी पन्तले पेस गरेको १५ बुँदे घोषणापत्र पारित गरेको हो ।...
सत्ता गठबन्धनमा अझै मिलेन मन्त्रालयको भागबन्डा

सत्ता गठबन्धनमा अझै मिलेन मन्त्रालयको भागबन्डा

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले सत्ता गठबन्त्रनका दलहरुबीच मन्त्रालयको भागबन्डा नमिलेको खुलासा गररेका छन्। भुसालले रकार गठनमा ढिलई हुनुमा अझै मन्त्रालय बाँडफाँडमा सहमति नहुनु प्रमुख कारण रहेको जानकारी दिएका हुन्। रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रालय टुँगो लाग्नेबित्तिकै दलहरुले मन्त्रीहरुको नाम दिने बताए। उनले छिटै सरकारले छिट्टै पूर्णता पाउने पनि बताए। भुसालले अहिले अर्ली इलेक्शन गर्ने कुरा असम्भव रहेको पनि टिप्पणी गरे। उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको टिप्पणी गरे। एमालेले आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पनामात्रै भएको उनले बताए। भुसालले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत ...
मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै

मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै

Featured, राजनीति
काठमाडौं । सरकार विस्तारबारे छलफलका लागि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ। आइतबार बस्ने बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुने एक नेताले जानकारी दिए। यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका थिए। शनिबारको बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको थियो। क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको बारेमा छलफल भएको थियो। माओवादीका नेताहरुका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। यस्तै विशेष समितिका रहने सदस्यका बारेमा समेत बैठकमा छलफल भएको थियो।...
‘सत्ता गठबन्धन चुनावसम्म टिक्दैनकी भन्ने आशंका पैदा हुन थालिसक्यो’

‘सत्ता गठबन्धन चुनावसम्म टिक्दैनकी भन्ने आशंका पैदा हुन थालिसक्यो’

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लामो समयसम्म मन्त्रिपरिषद विस्तार हुन नसक्दा सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न आशंका उब्जिएको बताएका छन् । शनिबार गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाउनु चिन्ताको विषय भएको बताए । सरकार विस्तार कांग्रेस, सत्ता साझेदार दलका लागि मात्र नभई देशकै लागि चिन्ताको विषय बनेको बताउँदै उनले भने–‘त्यसकारणले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरुसँग म के अनुरोध गर्न चाहन्छु भने अब धेरै ढिला भयो, अब छिटोभन्दा छिटो मन्त्रीमण्डलले पूर्णता पाउने गरी तपाईंहरुको निर्णय आउनै पर्ने भयो । अब धेरै पर्खन सकिदैन ।’ कार्यक्रममा बोल्दै उनले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हर...