राजनीति

जसपाबाट को-को बन्दैछन् मन्त्री ?

जसपाबाट को-को बन्दैछन् मन्त्री ?

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चारवटा मन्त्रालय पाएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो । सो मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादलाई दिइएको छ । मंगलबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सो जिम्मेवारी दिएको हो । बैठकमा यादवले पार्टीले चारवटा मन्त्रालय पाएको जानकारी गराएका थिए । अध्यक्ष यादवले भोलि कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने बताइएको छ । उपेन्द्र यादव सरकारमा नजाने यसैबीच बैठक स्रोतका अनुसार वर्तमान सरकारमा यादव आफै सहभागी नहुने भएका छन् । जसपाको भागमा चार मन्त्रालय मात्र परेको हुनाले यादव सरकारमा नजाने लगभग निश्चित रहेको एक सांसदले बताए । ...
मन्त्रालयको भागबन्डा टुंगियो, कुन दलले कुन-कुन मन्त्रालय पाए ?

मन्त्रालयको भागबन्डा टुंगियो, कुन दलले कुन-कुन मन्त्रालय पाए ?

राजनीति
काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा करिब करिब टुंगो लगाएका छन् । मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । सरकार गठन भएको तीन महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बनेका थिए । गठबन्धन दलबीचमै विवाद उत्पन्न भएको आशंकाबीच मंगलबार मन्त्रालय भागबन्डा लगाउन शीर्ष नेताहरूबीच बैठक बसेको हो। प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । अब कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय र माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जसपाले पाँच/पाँच मन्त्रालय पाउने छन् । कांग्रेसले प्रधानमन्त्री, गृह, कानुन, परराष्ट्र, सञ्च...
नेकपा (एस)ले मन्त्रीको नाम पठाउन मापदण्ड बनाउँदै

नेकपा (एस)ले मन्त्रीको नाम पठाउन मापदण्ड बनाउँदै

राजनीति
काठमाडौं । विधि र पद्धतिको वकालत गर्दै आएको नेकपा (एकीकृत समाजवादी)ले चाँडै विस्तार हुने मन्त्रिपरिषद्‍मा कस्ता व्यक्तिलाई मन्त्री बनाउला भन्ने आमचासोको विषय बनेको छ । नेकपा एमालेसँग विधि, प्रक्रियामा असहमति जनाउँदै अलग भएको नेकपा (एस)ले पार्टीले कस्ता व्यक्तिलाई मन्त्रिपरिषद्‌मा पठाउला भन्ने सबैको चासो रहेको छ । ढिलोमा आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलिरहेका बेला नेकपा (एस) सहभागी हुने व्यक्तिको मापदण्ड बनाउने तयारीमा जुटेको छ । सो पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले मन्त्रिपरिषद्‌मा सहभागी हुनेको मापदण्ड बनाइने जानकारी दिए । उनले मापदण्डका बारेमा अहिलेसम्म छलफल नभएको र चाँडै नै मापदण्ड बनाइने बताए । उनका अनुसार ज्येष्ठता, योग्यता, समय सापेक्ष, भौगोलिक र समावेशीकरण जस्ता मापदण्डका आधारमा पार्टीले मन्त्रीहरूको नाम पठाउने बताए । नेकपा (एस)का ...
माओवादी केन्द्रमा आठ पूर्वराजदूतको ‘इन्ट्री’ (नामसहित)

माओवादी केन्द्रमा आठ पूर्वराजदूतको ‘इन्ट्री’ (नामसहित)

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्वराजदूतहरूलाई समेटेर पार्टीको विदेश मामिला विभाग गठन गरेको छ । नेता सुरेन्द्र कार्कीको संयोजकत्वमा बनेको ३१ सदस्यीय विभागमा आठ जना पूर्वराजदूत अटाएका छन् । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसहित पूर्वराजदूतहरू डा. महेश मास्के, पदम सुन्दास, महेन्द्र सिंह, ऋषिराम अधिकारी, लक्की शेर्पा, युवनाथ लम्साल र राममणि पोखरेल विभागमा परेका छन् । माओवादी केन्द्रका अनुसार विभागमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रूपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टीबी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन र श्यामकुमार श्रेष्ठ सदस्य छन् ।...
यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णय

यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णय

Featured, राजनीति
काठमाडौं । सरकारले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यही २४ देखि २८ असोजसम्म हुने असंलग्न आन्दोलन, कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै, बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय पनि गरेको छ । उनका अनुसार बैठकले रोजगार अनुमति प्रणाली संचालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०७८ लाई स्वीकृत गरेको छ । यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्याधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई र ऋण असुली न्यायाधीकरणको कानुन सदस्य पदमा कानुन, न्याय तथा संस...
जसपाले पायो यी चार वटा मन्त्रालय (नामसहित)

जसपाले पायो यी चार वटा मन्त्रालय (नामसहित)

Featured, राजनीति
काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ । मंगलबार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकले सरकारमा सहभागी हुन पार्टीलाई चारवटा मन्त्रालयको जिम्मा आएको भन्दै मन्त्रालयलमा पठाउने व्यक्तिको चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको जसपा सांसद राजकिशोर यादवले जानकारी दिए। उनले जसपाको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि मन्त्रालय, संघीय मामिला मन्त्रालय र वन मन्त्रालय परेको बताए । बैठकमा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीमण्डल बाँडफाँटका विषयमा गठबन्धनमा भएको छलफलका बारेमाा जानकारी गराएका थिए । पार्टीको भागमा चारवटा मन्त्रालय परेको र आकांक्षी धेरै रहेकाले समावेशी र मुल्याङ्कनका आधारमा मन्त्री चयन गर्ने अधिकार अध्यक्षलाई दिएको सांसद यादवले बताए । यसअघि मंगलबार बसेको गठबन...
एमालेका २५ जनाले दिए एकै पटक सामूहिक राजीनामा

एमालेका २५ जनाले दिए एकै पटक सामूहिक राजीनामा

राजनीति
काठमाडौँ । नेकपा (एमाले) प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ८ बुँदे माग पेश गरेका नेता प्रभु साहको माग सम्बोधन नभएपछि उनी निकट २५ सदस्यीले सामूहिक राजनीनामा दिएका हुन् । एमाले प्रदेश २ का सदस्यहरु उपेन्द्र साह, मनोज कुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, सियाराम कुशवाहा, कविता साह, रामअधार कापड़, राजकुमार यादव, शिव पुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिव कुमार कापड, रामसिंह यादव, ईस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, राश नारायण राय र सन्तोष मेहताले संयुक्त राजीनामा दिएका छन् । गत असोज ११ गते एमाले प्रदेश २ का अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै २७३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेका थिए । हामीले नेकपाक...
ललिता निवास जग्गा प्रकरण : पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दामा कहिले हुन्छ छिनोफानो ?

ललिता निवास जग्गा प्रकरण : पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दामा कहिले हुन्छ छिनोफानो ?

Featured, राजनीति
काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको फैसला १५ कात्तिकमा आउने भएको छ । पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा फैसला सुनाउने भएको हाे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको हो । सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि सर्वोच्चले यस्ताे निर्णय गरेकाे हाे । यसअघि जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू​लाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै न्यौपानेले अख्तियारविरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पटक–पटक...
एमाले परित्याग गरी ३ सय जना काँग्रेस प्रवेश, नेता लेखकले गरे स्वागत

एमाले परित्याग गरी ३ सय जना काँग्रेस प्रवेश, नेता लेखकले गरे स्वागत

राजनीति
काठमाडौं । नेकपा एमाले, माओवादी र राप्रपा परित्याग गरि ३ सय जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन्। काँग्रेस दोधारा-चादँनी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले​नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट काँग्रेस प्रवेश गरेका ३०० जना नेता तथा कार्यकर्तालाई नेता लेखकले साधारण सदस्यता समेत प्रदान गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेता लेखकले नव प्रवेशीहरुलाई सम्मानजनक हिसाबले क्षमता अनुसार जिम्मेवारी दिने बताए । नेता लेखकले स्थिरता र विकासका लागि काँग्रेस को आवश्यकता भएकाले काँग्रेसले लोकतान्त्रिक व्यवस्था जोगाउन सरकारको नेतृत्व गरेको बताए । आगामी निर्वाचनमा काँग्रेसले बहुमतको सरकार बनाउने उनको दाबी छ । यता नव प्रवेशीहरुले काँग्रेसले मात्र विकास र समृद्धि ल्याउन सक्ने भएकाले पार्टी परित्याग गरि ...
प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्ने समाचार पुष्टि गर्न सर्वोच्चको चुनौती

प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्ने समाचार पुष्टि गर्न सर्वोच्चको चुनौती

Featured, राजनीति
काठमाडौं । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ । सोमबार अपरान्ह सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गर्दै समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएको हो । आइतबार साँझ र सोमबार केही सञ्चारमाध्यमले प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार प्रकाशित गरेका थिए । सोही समाचारको खण्डन गर्दै अदालतले यसप्रति ध्यानाकर्षण भएको र समाचार मिथ्या भएको दावी गरेको छ । अदालतले भनेको छ,‘यसप्रकारको मिथ्यापूर्ण, भ्रामक समाचारहरूको विश्वासमा नपर्न आम नागरिक सबैमा अनुरोध गर्दै न्यायपालिकासँग सम्बन्धित समाचारहरु प्रकाशन गर्दा सत्यतथ्य बुझी आधिकारिकता पुष्टि हुने गरी समाचार प्रकाशन गर्नसमेत सम्बन्ध सञ्चारमाध्यमहरुमा सर्वोच्च अदालत आग्रहसमेत गर्दछ ।’ सर्वोच्चका प्रवक्ता बाबुराम दाहा...