राजनीति

उपेन्द्र यादव आफैं सरकारमा सहभागी नहुने, चार जना मन्त्रीको नाम चयन गर्दै

उपेन्द्र यादव आफैं सरकारमा सहभागी नहुने, चार जना मन्त्रीको नाम चयन गर्दै

राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा सहभागी नहुने भएका छन् । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा नजाने स्पष्ट पारेका हुन् । पार्टीको तर्फबाट सरकारमा मन्त्री पठाउने विषयमा मापदण्ड बनाउन आज बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा सहभागी नहुने र पार्टी सञ्चालनमा सक्रिय रहने जानकारी गराएको सो पार्टीका नेता रामसहाय यादवले बताए । कार्यकारिणी समिति सदस्य समेत रहेका नेता रामसहाय यादवले पार्टीका अन्य नेताको नेतृत्वमा सरकारमा पठाउने आफू सरकार बाहिर रहेर काम गर्ने प्रष्ट पारेको बताए । मधेश आन्दोलनपछि पार्टी जतिपटक सरकारमा सहभागी भयो त्यति पटक यादव आफ्नै नेतृत्व गरेर गएका थिए । जसपा नेपालले चारवटा मन्त्रालय पाएको छ । त्यसका लागि चारजना मन्त्रीको नाम चयन गर्नुपर्ने जिम्मेवारी पनि यादवको काँधमा छ ।...
सिँजा गाउँपालिका अध्यक्ष बनिन् २१ वर्षीया राज्यलक्ष्मी हमाल

सिँजा गाउँपालिका अध्यक्ष बनिन् २१ वर्षीया राज्यलक्ष्मी हमाल

राजनीति
जुम्ला । जुम्लाको सिँजा गाँउपालिका ३ नराकोटकी २१ वर्षीया युवती राज्यलक्ष्मी हमाल एक दिनका लागि सिँजा गाउँपालिकाको अध्यक्ष बनेकी छिन्। उनलाई एक दिनका लागि सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सवैको उपस्थितीमा पद हस्तान्तरण गरेका थिए। अध्यक्ष रावलले भने, ‘आफ्नो गाउँपालिका भित्रको एक सक्षम किशोरीलाई एकदिनको लागि अध्यक्ष पद हस्तान्तरण गर्न पाउँदा खुसी छु। यो एक प्रकारको अवसर पनि हो। आगामी दिनमा पनि किशोरीहरुको हकहितका लागि वकालत गर्ने विश्वास राखेको छु।’ अहिले अनलाइनमा बालिका तथा किशोरीकेन्द्रीत विभिन्न प्रकारका विकृति सिर्जना भएका छन्। यो एक प्रकारको हिंसा पनि हो।अब अनलाइनको दुरुपयोग रोक्दै सदुपयोग गर्न प्रेरणा प्रदान गर्न यो एक कोसेढुंगा सावित हुने विश्वास लिएको उनले बताए। एकदिनको अध्यक्ष राज्यलक्ष्मीले पालिकाको तर्फबाट बालिका प्रोत्साहनका कार्यक्रम ल्याउने बताइन्। उनले सबै प्रका...
‘आफू काँग्रेसमा प्रवेश गरेपछि ओलीले प्रतिशोध साँध्न मुद्धा दर्ता गराएँ’

‘आफू काँग्रेसमा प्रवेश गरेपछि ओलीले प्रतिशोध साँध्न मुद्धा दर्ता गराएँ’

राजनीति
नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू काँग्रेसमा प्रवेश गरेपछि आफूविरुद्ध मुद्धा दर्ता गरेको आरोप लगाएका छन्। उनले पूर्व प्रधानमन्त्री ओलीले प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुद्धा दर्ता गराएको आरोप लगाए। बुधबार गृह जिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी समेत गरे। सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको समेत बताए। आफू निश्कलंक रहेको पनि दोहोर्याउँदै उनले भने, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु। फाँसीमा झुण्डिन तयार छु। मेरो चुनौति छ–राज्यसँग। मेरो चुनौति छ कि मैले मेरो देशको सार्वजनिक...
निराश बनेको कांग्रेसलाई प्रचण्ड र माधवले आशा जगाइदिएको शंकर पोखरेलको आरोप

निराश बनेको कांग्रेसलाई प्रचण्ड र माधवले आशा जगाइदिएको शंकर पोखरेलको आरोप

राजनीति
दोलखा । नेकपा एमालेका नेता शंकर पोखरेलले पछिल्लो समय निराश बनेको नेपाली कांग्रेसलाई नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आशा जगाइदिएको आरोप लगाएका छन्। बुधबार जिल्ला सदरमुकाम चरिकोटमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो आरोप लगाएका हुन्। सम्बोधनका क्रममा पूर्व एमालेका बरिष्ठ नेता समेत रहेका नेपालमाथि खनिएका पोखरेलले माधव नेपालले देशप्रति घात गरेको आरोप लगाए । उनले अध्यक्ष नेपाल कम्युनिष्ट आन्दोलन सखाप पार्ने बाटोमा लागेको भन्दै भने, ‘उहाँ सक्छु भनेर लाग्नु भएको छ । एमाले सक्नु भनेको पहरामा कुहिनो ठोक्नु जस्तै हो, उहाँलाई नै थाहा छ’। कार्यक्रममा देश बर्बादीतर्फ गएको र त्यसको जिम्मा नेपाल र प्रचण्डले लिनुपर्ने भन्दै उनले थपे, ‘देश बर्बादीतर्फ गएको छ, यसको जिम्मेवार एमाले सक्न खोजेर कांग्रेसलाई साथ दिनेहरुले लिनुपर...
भारतीय राजदूतले भेटे परराष्ट्रमन्त्री, कोभिशिल्ड खोपबारे चर्चा

भारतीय राजदूतले भेटे परराष्ट्रमन्त्री, कोभिशिल्ड खोपबारे चर्चा

राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-भारत द्विपक्षीय सम्बन्धको सबै महत्वपूर्ण पक्षहरुमा सार्थक छलफल भएको थियो । भारतमा आउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप आपूर्तिको बारेमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी राजदूत क्वात्राले पनि भेटमा विविध क्षेत्रहरुमा साझेदारीलाई निरन्तरता दिनेबारे सकारात्मक कुराकानी भएको उल्लेख गरेका छन् । यसैबीच परराष्ट्रमन्त्री खड्कासँग आजै नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीले भेट गरेका छन् । भेटमा पारस्परिक हितको मामिलामा दुई देशहरुबीच सहयोग र साझेदारीलाई विस्तार गर्नेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
भोलि ३ बजे मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री ? (नामसहित)

भोलि ३ बजे मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री ? (नामसहित)

Featured, राजनीति
काठमाडौं । सरकारले भोलि पूर्णता पाउने भएको छ । सत्तारुढ गठबन्धन दलले भोलि दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन् । ‘मन्त्रिपरिषद् विस्तारको सबै तयारी पूरा भइसकेको छ’, उनले भने, ‘भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ हिजो सत्तारुढ दलको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो । बाँडफाँटअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार/चारवटा मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिए । सत्तारुढ तीन दलले एक/एक राज्यमन्त्री पाउने सहमति गरेका छन् । नेकपा (माओवादी केन्द्र) नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभ...
माओवादीले टुंग्यायो सरकारमा जाने मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

माओवादीले टुंग्यायो सरकारमा जाने मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

राजनीति
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी रहने चार जना मन्त्रीको टुंगो लगाएको हो । माओवादीबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको हो । यसअघि माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सरकारमा सहभागी भएका छन् । बुधबार बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार/चारवटा मन्त्रालय लिने सहमति भएको थियो । यस्तै, नेकपा (एस), माओवादी केन्द्र र जसपाले एक/एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।...
कांग्रेस पालिका अधिवेशन : देउवाकाे पक्षमा ६ वटै प्रदेशमा बहुमत (तथ्यांकसहित)

कांग्रेस पालिका अधिवेशन : देउवाकाे पक्षमा ६ वटै प्रदेशमा बहुमत (तथ्यांकसहित)

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विभिन्न क्षेत्रमा भएका पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्ष एकलौटी रुपमा अगाडी देखिएको छ । अधिवेशन सम्पन्न भएका पालिकार नगरको परिणाम अनुसार देउवा पक्ष एकलनै बहुमतमा देखिएको छ । मंगलबारसाँझ सम्म परिणाम आएका ६ सय ५ वटा पालिका मध्य २ सय ५० वटामा देउवा पक्षिय नेताहरु पालिकाको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिह लगायत पक्षका भने १ सय ८० जना मात्रै सभापतिमा निर्वाचित भएका छन् । सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएका छन् । त्यस्तैगरी कुन पक्ष हो भन्ने नखुलेका ४९ जना छन् । प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल÷कोइराला पक्षले ४९ स्थानमा मात्रै सभापति ज...
सिटौला समूहले कसलाई गर्‍यो मन्त्री बनाउँन सिफारिस ?

सिटौला समूहले कसलाई गर्‍यो मन्त्री बनाउँन सिफारिस ?

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहका तर्फबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेका छन् । निजी निवास चण्डोलमा मंगलबार बसेको सिटौला समुहको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय गरेको एक नेताले बताए । सिटौला निकट स्रोतका अनुसार सो समूहबाट नेताहरु भीमसेनदास प्रधान र चौधरीले मन्त्री बन्ने चाहाना राखेपनि सिटौलाको रोजाइमा चौधरी परेका हुन् । मंगलबार सत्तारुढ दलका शीर्ष नेताबीच मन्त्रालय भागबण्डामा मोटामोटी सहमति जुटेपछि सिटौलाले पनि आफ्नो समूहबाट मन्त्री हुने नेताको टुंगो लगाएका हुन् । सोही क्रममा अब कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय र माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जसपाले पाँच/पाँच मन्त्रालय पाउने छन् । कांग्रेसले प्रधानमन्त्री, गृह, कानुन, परराष्ट्र, सञ्चार, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ । माओवादी ...
धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगाना बर्खास्त

धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगाना बर्खास्त

राजनीति
काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई मंगलबार बर्खास्त गरेको छ। सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो। कानुनविपरीत आफ्नो सहदोर भाइ र छोरीको नाममा सेयर खरिद गरेको आरोप लागेपछि सरकारले गएको भदौ १७ गते उनलाई पदबाट निलम्बन गरेको थियो। उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा गठित छानबिन समितिले यही असोज ५ गते अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाएको थियो। बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश ...