राजनीति

प्रमोद साहको नाम काट्दा जसपामा खैलाबैला

प्रमोद साहको नाम काट्दा जसपामा खैलाबैला

राजनीति
काठमाडौं । मन्त्रीहरुको सूचीबाट सांसद प्रमोद साहको नाम काटिएपछि सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) मा खैलाबैला मच्चिएको छ । उनको सट्टा महेन्द्र राय यादव कृषि तथा सहकारीमन्त्री बनेका छन् । देउवा सरकारमा जसपाले चार वटा मन्त्रालय पाएको थियो । कार्यकारिणी समितिले मन्त्री टुंगो लगाउन शीर्ष तीन नेता (डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई) लाई जिम्मा दिएको थियो । तीन नेताले मन्त्री छनोटको मापदण्ड बनाउँदा दाबेदारहरुलाई चार समूहमा विभाजन गरिएको थियो । नेताहरुका अनुसार राजपा पृष्ठभूमि भएका प्रदेश २ का सांसदहरुमध्ये एक जनालाई मन्त्री बनाउनुपर्ने थियो, जसमा महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साह दाबेदार थिए । प्रदेश २ बाहेकबाट इस्तियाक राई र राजेन्द्र श्रेष्ठ दावेदार थिए भने महिलाबाट रेणु यादव र अमृता अग्रहरि थिए । यस्तै पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्न सक्ने एक सांसदलाई मन्त्र...
पहिलाे पटक मन्त्री बनेर सिंहदरबार छिर्ने यी ११ अनुहार

पहिलाे पटक मन्त्री बनेर सिंहदरबार छिर्ने यी ११ अनुहार

Featured, राजनीति
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदमा समेटिएका २५ सदस्यमध्ये ११ जना प्रथम पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मौका पाएका छन् । देउवा नेतृत्वको मन्त्रिपरिषदमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसका दुईजना छन् । काँग्रेसबाट पहिलो पटक मन्त्री बन्नेमा उमा रेग्मी र गजेन्द्र हमाल छन् । त्यस्तै नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना रहेका छन् । माओवादीबाट शशी श्रेष्ठ, महेश्वरजंग, देवेन्द्र पौडेल, गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बनेका हुन् । यादव राज्यमन्त्री हुन् भने बाँकी तीनजना क्याबिनेटस्तरका मन्त्री बनेका हुन् । त्यसैगरि नेकपा एसबाट पनि चार जना नयाँ अनुहार मन्त्री बनेका छन् । नेकपा एसबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक राज्यमन्त्री भएर सिंहदरबार छिरेका हुन् । यस्तै जनता समाजवादी पाटीबाट रामसहाय याद...
आज मन्त्रिपरिषद्‍लाई पूर्णता दिने तयारी

आज मन्त्रिपरिषद्‍लाई पूर्णता दिने तयारी

Featured, राजनीति
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ । नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । सत्तासाझेदार नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भने आन्तरिक छलफलमा छन् । कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति यसअघि नै जुटिसकेको छ । दलहरूबीच बिहीबार पनि छलफल भएको थियो । देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए ।...
ओलीमाथि माधव नेपालले लगाए यस्ता गम्भीर आरोप, एमालेमा खैलाबैला

ओलीमाथि माधव नेपालले लगाए यस्ता गम्भीर आरोप, एमालेमा खैलाबैला

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वपार्टी एमाले सबै हिसाबले पतनको दिशामा गइसकेको बताएका छन् । एमाले सुदूरपश्चिमका नेता भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा भित्र्याउँदै नेपालले अन्तिम समयसम्म प्रयत्न गर्दा पनि एमालेलाई ठिक ठाउँमा ल्याउन नसकेको बताए । नेपालले एमालेको प्रथम विधान अधिवेशनलाई तमासाको संज्ञा दिए । 'विधान अधिवेशनको नाममा भेला गरिएका मानिसहरूको जमात र त्यसले अगाडि सारेका मान्यता देखेर एमालेलाई सुधार्न नसकेर, ठिक ठाउँमा ल्याउन नसकिने देखेर अर्को क्रान्तिकारी पार्टी आवश्यक पर्‍यो भन्ने निष्कर्षसहित भानुभक्त जोशी नेकपा एसमा आउनुभयो,' उनले भने । जोशीको नयाँ यात्रामा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले गर्ने भन्दै त्यसलाई पन्छाएर अघि बढ्न निर्देशन दिए । 'उनीहरूले भ्रम विभिन्न ठाउँमा पैदा गरेकाले चिर्नुपर्ने, अवरोध पन्छाउनुपर्ने र कम्युनिस्ट आन्...
नेकपा एकीकृत समाजवादीले कुन कुन प्रदेशमा मुख्यमन्त्री पाउँदै ?

नेकपा एकीकृत समाजवादीले कुन कुन प्रदेशमा मुख्यमन्त्री पाउँदै ?

राजनीति
काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको भागबण्डाले सार्थकता नपाईरहेको बेला नेकपा एकीकृत समाजवादीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सहमति भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री माधव नेपाल नेतृत्वको नेकपा समाजवादीलाई दिने सहमति भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। यसअघि बसेको सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गरेको थियो । जसमा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो । नेकपा समाजवादीबाट प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् । संघीय सरकारको मन्त्रालय भागबण्डामा हेपिएको भन्दै नेकपा समाजवादीले असन्तुष्टी जनाएपछि दुई प्रदेशका मुख्यमन्त्रीको भागबण्डा पनि प्याक...
मन्त्रालय भागबन्डामा फेरि हेरफेर : कुन दलको भागमा कुन मन्त्रालय पर्‍यो ?

मन्त्रालय भागबन्डामा फेरि हेरफेर : कुन दलको भागमा कुन मन्त्रालय पर्‍यो ?

Featured, राजनीति
काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबन्डामा फेरि हेरफेर भएको छ। यसअघि मन्त्रालयको संख्या भाग लगाएका पनि बिहीबार बसेको बैठकमा फेरि तलमाथि गरिएको छ। नयाँ सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादीले ५ तथा जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने भएका छन्। समाजवादीले २ राज्यमन्त्री पनि पाउने भएको छ। नेकपा एसले स्वास्थ्यसहित ४ मन्त्रालय पाउने भएको हो। बिहीबार बसेको स्थायी कमिटीको बैठकले ४ मन्त्री र १ राज्यमन्त्री पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले लिएकामध्ये रक्षा मन्त्रालय आफैँसँग राख्ने भएका छन्। अरुभन्दा महत्वपूर्ण मन्त्रालय भएकाले उनले रक्षा आफैंसँग राख्ने निर्णय गरेको उच्च स्रोतको दाबी छ। त्यस्तै, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। उनी हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ...
कांग्रसले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालय अब नेकपा (एस)को भागमा (मन्त्रालयको सूचीसहित)

कांग्रसले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालय अब नेकपा (एस)को भागमा (मन्त्रालयको सूचीसहित)

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । बिहीबार बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रालय भागवण्डामा कुरा मिलेको हो । अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित चार मन्त्रालय माधव कुमार नेपाल नेतृत्वको नेकपा एसको भागमा परेको हो । संघीय सरकारमा नेकपा एसले स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पाउने निश्चित भएको हो । सरकारमा नेकपा एसबाट चार मन्त्री र एक राज्यमन्त्री सहभागी हुनेछन् ।...
८९ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिइँदै : शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ

८९ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिइँदै : शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ

राजनीति
काठमाडौँ । अध्यादेशबाट सरकार बनेको ८९ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार बसेको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो । नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति गरेका छन् । विहीबारको सहमति बमोजिम दलहरुले आन्तरिक तयारी गरेको अवस्थामा शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुने भएको छ । ‘मन्त्रालय बाँडफाँडको टुंगो लाग्यो । शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ, ४ बजे शपथ गराउने गरी तयारी भएको छ,’ बालुवाटार श्रोतले भन्यो । गठबन्धनमा मन्त्रालय भागबण्डामा असन्तुष्टि राख्दै आएको नेकपा एकिकृत ...
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

Featured, राजनीति
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन्। शाक्यले असोज २४ गते विश्वासको मत लिने भएकी हुन्। त्यसका लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। शाक्यले २५ गतेसम्म विश्वासको मत लिनै पर्ने कानुनी बाध्यता छ। १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन्। प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ सांसद छन्। त्यस्तै विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन्। सत्ता गठबन्धनका दलबाहेक अन्य दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ब...
अन्तत: साबित भयो चीनले नेपाली भूमि मिचेको (प्रमाणसहित)

अन्तत: साबित भयो चीनले नेपाली भूमि मिचेको (प्रमाणसहित)

राजनीति
बीपी कोइरालाको चीन भ्रमणका बेला नेपाल–चीनबीच सीमा सम्झौताका क्रममा दुबै पक्षले आफूसँग भएका नक्साहरू आदान– प्रदान गरेका थिए । त्यसमध्ये चिनियाँ पक्षबाट प्रकाशित नक्साहरूमा सगरमाथा चिनियाँ सीमारेखातर्फ देखाइएको थियो । चिनियाँ पक्षको नक्सामा चिनियाँ भूभागभित्र परेको देखिए पनि सगरमाथा आफ्नै हो भनेर चीनले दावी भने गरेको थिएन । यस सम्बन्धमा नारायणप्रसाद राजभण्डारीले तयार पारेको ‘नेपाल–चीन सीमा कमिटीको प्रतिवेदन–२०२१’ मा भनिएको छ, ‘...यस (सगरमाथा) विषयमा चिनियाँ पक्षबाट खास दावाको रुपमा प्रस्तुत गरिएको थिएन । तापनि वार्ताको सिलसिलामा चिनियाँ पक्षबाट प्रस्तुत गरिएको नेपाल–चीनको सम्पूर्ण सीमाङ्कन दर्साइएको नक्सामा मकालुदेखि चोओयू शिखरतकको रेखाङ्कन खिचिँदा सगरमाथालाई सीमानाबाट चिनियाँ भूमितर्फ देखाउनुको अतिरिक्त सम्पूर्ण महालंगूर हिमालयको श्रृङ्खला एवं सगरमाथादेखि ५ माइल दक्षिणसम्मका भूभाग चीनतर्...