राष्ट्रिय योजना आयोगका सदस्य वाग्ले अमेरिकी ग्रीनकार्ड होल्डर !

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्ले अमेरिकी ग्रीनकार्ड होल्डर रहेको भन्दै उनीमाथि छानविनको माग उठेको छ । आयोगमा नियुक्ति भए लगत्तै उनीमाथि ग्रिनकार्ड होल्डर रहेको कुरा उठ्न थालेपछि छानविनको माग बढेको हो ।

स्राेतका अनुसार करिब ५ वर्ष अघिदेखि वाग्लेले संयुक्त राज्य अमेरिकाको ग्रिन कार्ड लिएका थिए । केही समय अगाडिसम्म वाग्ले सिटिईभिटीको सदस्य सचिबको रुपमा कार्यरत थिए । सिटीईभिटीको सदस्य सचिबमा नियुक्त हुनु भन्दा अगाडि नै ग्रिन कार्ड लिएका उनी त्यहि बेला १ महिना अमेरिका बसेर फर्किएका थिए ।

सदस्य सचिवमा नियुक्त हुनुभन्दा अघि वाग्लेकाे ग्रिनकार्ड विवाद चर्किएको थियो । तर, ठूलो आर्थिक चलखेल गरी उनले नियुक्ति लिन सफल भएको स्रोत बताउँछ । वाग्लेले अमेरिकाको ड्राइभिङ लाइसेन्स पनि लिइसकेका छन् ।

स्राेत भन्छ–’करिब २ महिना अगाडि सिटिइभिटीको कार्यकाल सकिए लगत्तै उनी त्यसको भोलिपल्टै ग्रिनकार्ड नविकरणको लागि श्रीमतीसहित अमेरिका गएका थिए । वाग्लेका छोरा र छोरी दुबै जना अमेरिकामा अध्ययनरत छन् । १० दिनको अमेरिका बसाई पछि वाग्ले नेपालमा फर्किएका थिए ।’

स्रोतका अनुसार नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, प्रधानमन्त्री शेरबहादुर देउवाका भाईको साला टेकबहादुर मल्ललगायतलाई झुक्याएर वाग्ले राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ती हुन सफल भएका हुन् । वाग्लेले राष्ट्रिय योजना आयोगको सदस्य बन्न उनीहरुलाई ठूलो रकम बुझाएको उनी निकट स्रोतको दावी छ ।

कहिले अमेरिका त कहिले नेपालमा बसेर वाग्लेले रामपुर कृषि क्याम्पसबाट बिएस्सी एजी, नेचुरल रिसोर्समा माष्टर गरेका थिए । त्यसैगरी उनले मेवाड विश्वविद्याल राजस्थानबाट पिएचडी समेत गरेका छन् । कहिल्यै पनि सम्बन्धित विश्वविद्यालमा हाजीर नभएका वाग्लेको प्रमाणपत्र सिटिइभिटीमा बुझाउन कलेजकै व्यक्तिहरु आएपछि त्यतिखेर सिटिईभिटीका कर्मचारीहरू नै तीनछक परेका थिए ।

विज्ञता, क्षमता तथा उच्च कोटीको अनुसन्धानात्मक अनुभव समेत नभएका वाग्लेमाथि सिसिइभिटीको सदस्य सचिव बन्दा सरकारलाई सल्लाह दिने भन्दा पनि सिटिइभिटीसँग आवद्ध भएका संस्थाहरुबाट मोटो रकम असुलेको आराेप लाग्ने गरेकाे थियाे । यस्ता विवादास्पद व्यक्तिलाई योजना आयोगमा नियुक्त गर्नु भन्दा योजना आयोग नै बिघटन गर्ने उचित हुने नाम उल्लेख नगर्ने शर्तमा सिटिइभिटीका एक कर्मचारी बताउँछन् ।

नेपालको कानून अनुसार कुनै पनि नागरिकले विदेशी राष्ट्रको ग्रिन कार्ड वा पिआर लिएमा उक्त ब्यक्तिलाई राष्ट्रको कुनैपनि पदमा नियुक्त गर्न पाईंदैन । यदि नियुक्त भएको भए पनि स्वतः बर्खास्त हुन्छ । यसको उदाहरण तत्कालिन अर्थ सचिव नवराज भण्डारी हुन् । भण्डारीको ग्रिनकार्ड रहेको खुलेपछि उनी अर्थ सचिव पदबाट राजीनामा दिएर अमेरिका भागेका थिए । अन्य धेरै कर्मचारीहरुले पनि सरकारले दिएको समय भित्रमा राजीनामा दिएका थिए ।

तर, वाग्लेले भने अनेक हर्कत गरेर पनि सदस्य सचिब र योजना आयोगको सदस्यको पद खरिद गर्न सफल भएकाे स्राेत उल्लेख गर्छ ।माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई प्रभावमा पारेर तत्कालिन शिक्षा मन्त्री धनीराम पौडेलले वाग्लेलाई परिषद कार्यालयको सदस्य सचिब पदमा नियुक्त गरेका थिए । त्यसपछि माओवादी बनेका वाग्लेमाथि प्रजतन्त्रवादी कर्मचारीहरुलाई निकै दुस्ख दिएको त्यतिबेलै चर्चा चलेको थियो ।

ग्रिनकार्डको बारेमा वाग्लेसँग प्रतिक्रिया लिंदा उनले आफूसँग ग्रिन कार्ड नभएको बताए । नियुक्ति हुनु अघि अमेरिका गएको भने उनले स्वीकार गरेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.