राजनीति

राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णय

राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णय

Featured, राजनीति
काठमाडौं । सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै कोभिड–१९ सङ्कट व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने पनि आजको मन्त्रिपरिषद्ले निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किमि र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ किमि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने निर्णय भएको छ। त्यसैगरी कोभिड–१९ व्यवस्था २०७८ स्वीकृत गर्ने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको ७६औँ महासङ्घको सभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने पनि सरकारले...
कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले गर्‍यो, खुल्यो काम गर्ने बाटो

कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले गर्‍यो, खुल्यो काम गर्ने बाटो

Featured, राजनीति
काठमाडौ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै घिसिङलाई काम गर्ने बाटो खुलेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसअघि गत भदौं ८ गते मिसिल झिकाउने आदेश दिएका उनले आज कारण देखाउ र अन्तरिम आदेश जारी नहुने आदेश सुनाएका हुन् । “निवेदक हितेन्द्रदेव शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २५ गतेको निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी पदमा पदाधिकार राखी जल तथा ऊर्जा आयोगको सचिवालयको रिक्त विशेषज्ञ सदस्य पदमा नियुक्त गरिएको देखियो”, आदेशमा भनिएको छ, “हालको अवस्थाबाट निवेदकलाई पदबाट हटाइएको भन्ने नदेखिएकाले मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन ।” आदेशमा विपक्षीबाट लिखित जवाफ आएपछि तीन दिनभित्र दुवै पक्ष...
नेकपा (एस) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेस

नेकपा (एस) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेस

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समूह बनाइएको बताए । त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरुलाई शपथ गराइएको पनि उनले जानकारी दिए । पार्टीको बैठक भोलि (बुधवार) पनि बस्ने बताइएको छ। भोलिको बैठकले समसामयिक प्रस्ताव परि गर्ने, कार्यविभाजन गर्ने खतिवडाको भनाइ छ । तीन महिने अभियान चलाएर गरिने योजना रहेको उनले उल्लेख गरे ।...
मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धनको बैठक बस्ने

मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धनको बैठक बस्ने

राजनीति
काठमाडौं । मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको जानकारी दिए । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले जानकारी दिए । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको बताइएको छ ।...
प्रधानमन्त्री देउवामाथि कोइरालाले लगाए गम्भीर आरोप

प्रधानमन्त्री देउवामाथि कोइरालाले लगाए गम्भीर आरोप

राजनीति
विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाएको आरोप लगाएका छन् । मंगलबार कोइराला निवासमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले प्रधानमन्त्री समेत रहेका देउवाले १३ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नगरेर कार्यकर्तालाई अन्योलमा राखेको आरोप लगाए । कार्यकर्ताहरु नेताहरुको दास नभएको भन्दै उनले भने, ‘कति दिनसम्म कार्यकर्तालाई अन्योलमा राख्ने ?, कार्यकर्तालाई अन्योलमा राखेर पार्टी सञ्चालन गर्छु भन्ने गलत सोच अझै नेताहरुले किन राखिरहनु भएको छ ?’ १३ जिल्लाका क्रियाशील सदस्यताको छिट्टो टुंगो लगाउन पर्ने भन्दै कोइरालाले प्रश्न गरे, ‘शेरबहादुर देउवाजीले के हेरेर बस्नुभएको छ ? अझै कति दिन लाग्छ त्यो त कार्यकर्ताहरुलाई ? त्यति भन्न सक्नुहुन्न । कार्यकर्ताहरुलाई अन्योलमा राखिदिने ?' यस्तै, पार्ट...
ओलीको रिट निवेदनमा आज सुनुवाइ हुँदै, के आउला त अन्तरिम आदेश ?

ओलीको रिट निवेदनमा आज सुनुवाइ हुँदै, के आउला त अन्तरिम आदेश ?

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ । सोमबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नु पर्ने हो या होइन भन्नेबारे आज इजलासले निर्णय सुनाउने छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त रिट निवेदनमा सोमबार निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । यसैगरी विपक्षी तर्फका कानुन व्यवसायीले पनि सोमबार नै बहस थालेका छन् । यद्यपि विपक्षी तर्फका कानुन व्यवसायीको बहस टुङ्गिएको छैन । मंगलबार विपक्षी तर्फका कानुन व्यवसायीको बहस टुङ्ग्याएर जवाफी बहस हुने र इजलासले अन्तरिम आदेशका बारेमा फैसला गर्ने सम्भावना छ । एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसद समेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्...
कमल थापाले भने : भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता प्रदान गर्‍यो

कमल थापाले भने : भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता प्रदान गर्‍यो

Featured, राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता प्रदान गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको भन्दै अकुत कालो धनलाई चोख्याउने सरकारको निर्णयको विरोध गरेका छन्। ‘पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ,’ उनले सामाजिक संजालमा भनेका छन्, ‘भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको विरोध र भर्त्सना गर्दछु। यो निर्णय तत्काल फिर्ता गरियोस्।’...
कांग्रेस महाधिवेशन : १३ जिल्लामा सदस्यताको विवाद कायमै, बुधबार यी सात जिल्लामा वडा अधिवेशन हुँदै

कांग्रेस महाधिवेशन : १३ जिल्लामा सदस्यताको विवाद कायमै, बुधबार यी सात जिल्लामा वडा अधिवेशन हुँदै

Featured, राजनीति
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो। बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो । कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै स...
केपी ओलीलाई फेरि प्रधानमन्त्री हुन एमालेको विधानमै रोक !

केपी ओलीलाई फेरि प्रधानमन्त्री हुन एमालेको विधानमै रोक !

राजनीति
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएको छ । आइतबार शुरु भएको स्थायी कमिटीमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था छ । ‘पार्टीका पदहरुमा जस्तै सरकार प्रमुख पनि दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था छ’, एक स्थायी कमिटी सदस्यले भने । स्थायी कमिटीमा आएको विधान संशोधन प्रस्ताव असोज १६ र १७ गते हुने विधान महाधिवेशनबाट पारित भए ओली फेरि प्रधानमन्त्री हुन पाउने छैनन् । यद्यपि ७० वर्ष उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउने छन् । एएमाले अध्यक्ष ओली २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०७४ को आम चुनावपछि उनी फेरि प्रधानमन्त्री बनेका ओली २०७८ वैशाख २७ गते विश्वासको मत नपाएसँगै पदमुक्त भए । त्यसको तीन दिनपछि संविधानको धारा ७६(३) अनुसार संसद...
संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छ : अध्यक्ष नेपाल

संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छ : अध्यक्ष नेपाल

Featured, राजनीति
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गरेका छन् । अध्यक्ष नेपालले सन्देशमा भनेका छन्, “संविधान जारीपछि मुलुकको राज्य संरचना र शासनसत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्ति संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौँ ।” पूर्वप्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको स्मरण गरेका छन् । सर्वोच्च अदालतको फैसलाबाट संवि...