काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले समकक्षी नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई बधाई दिएका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयको पदभार सम्हालेसँगै भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खड्कालाई बधाई दिएका हुन्।
भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विटर ह्यान्डलबाट बधाई दिएका हुन् ।
उनले लेखेका छन्, ‘माननीय डा. नारायण खड्कालाई नेपालको परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा बधाई छ।, उहाँसँग काम गर्नको लागि तत्पर छौँ।’
Congratulations to Hon’ble Dr. Narayan Khadka on his appointment as Nepal’s Foreign Minister.
Look forward to working with him.
— Dr. S. Jaishankar (@DrSJaishankar) September 22, 2021