राजनीति

अब संसदमा झुठो बाेलेमा छानबिन गरेर रेकर्डबाट हटाइने

अब संसदमा झुठो बाेलेमा छानबिन गरेर रेकर्डबाट हटाइने

Featured, राजनीति
काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सदनमा तथ्यहीन बोल्ने सांसदको रेकर्ड हटाउने प्रतिबद्धता जनाएका छन् । धुलिखेलमा भएकाे संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक दुई दिने कार्यक्रममा अध्यक्ष तिमल्सिनाले संसद् बैठकमा बोलिएका तथ्यहीन कुरा रेकर्डबाट हटाइने बताए । उनले यसका लागि सार्वजनिक सरोकारका विषयमा ढाट्ने गरी बोलिएका कुराहरुको छानविन गर्न संसद सचिवालयलाई निर्देशन दिए । ‘सबै त नसकिएला । सार्वजनिक सरोकार र चासो भएका विषय माननीयज्यूहरुले कति तथ्यगत बोल्नुहुन्छ हेर्नुहोला,’ सचिवालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘तथ्यहीन रेकर्ड भयो भने पछि भविष्यमा गलत सन्देश प्रवाह हुने सम्भावना रहन्छ । यसमा हामी सचेत हुनुपर्छ ।’ प्रधानमन्त्रीदेखि, मन्त्री र सांसदसम्मले तथ्य लुकाउने, बढाई चढाई गर्ने र हुँदै नभएको कुरा पनि बोल्ने गरेका बेला अब छानविन हुने भएको हो । अध्यक्...
जनप्रतिनिधिलाई ‘छोटे राजा’ भन्दा वडाको सेवा नै प्रतिबन्ध

जनप्रतिनिधिलाई ‘छोटे राजा’ भन्दा वडाको सेवा नै प्रतिबन्ध

राजनीति
सल्यान : सल्यानकाे बागचौर नगरपालिका४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनाैँठाे निर्णय लिएका छन् । आफ्नाे र वडाकाे आलाेचना गरेकाे भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् । 'केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा सुविधानबाट बञ्चित गरिएकाे छ । केसीले कमजोरी नसच्याउँदासम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा प्रतिबन्ध लगाइएको छ.' वडाले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ । पुन नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् भने केसी पनि माओवादी केन्द्रकै कार्यकर्ता हुन् । के हो घटना ? घटना बिवाहसँग जाेडिन्छ । केसीका भाइले सात महिना अघि गाउँकै एक जना !* वर्षीया किशोरीसँग बिवाह गरेका थिए । किशोरी साेही वडाका वडा सदस्यका आफन्त हुन् । तर आफ्ना भाइविरुद्ध बलात्कारको मुद...
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूद्वारा प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न माग

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूद्वारा प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न माग

Featured, राजनीति
काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले विवादित बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर बजरामाथि छानबिन गर्न माग गरेका छन्। एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्टस् (आइसिजे) र ह्युमन राइट्स वाचले न्यायालयमा देखिएको किचलो सम्पूर्ण न्यायप्रमणली नै अप्ठ्यारोमा परेको जानकारी दिँदै यसको तत्काल समाधान गरिनुपर्ने बताएको छ। सर्वोच्च अदालतमा देखिएको संकटका कारण नेपालमा न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गएको उनीहरूको निष्कर्ष छ। तीनवटै संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै मानव अधिकार र विधिको शासन कायम राख्नका लागि अदालतको विश्वसनीयता र स्वतन्त्रता जोेगाउने र बनाउने गरी तत्काल संकट समाधान गर्न सुझाएका छन्। हाल सर्वोच्च अदालतमा देखिएको गतिरोधका सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उनीहरुले सो भनाइ सार्वजनिक गरेका हुन्। “नेपालमा मानवअधिकार र विधिको शासन ...
एमालेले गण्डकीबाट छान्यो सर्वसम्मत महाधिवेसन प्रतिनिधि

एमालेले गण्डकीबाट छान्यो सर्वसम्मत महाधिवेसन प्रतिनिधि

Featured, राजनीति
पोखरा : दसौं महाधिवेसनका लागि नेकपा एमालेले गण्डकी प्रदेश कमिटिबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानेको छ । शनिबार प्रतिनिधि छनोटको कार्यतालिका छ । तर गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर्ने ५ जनाको नाम शुक्रबार नै टुंग्याएको हो । खुलाबाट शोभियत ढकाल, माधब बास्तोला, लिला राना सर्वसम्मत रुपमा चयन भएका छन् । महिला तर्फ गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठलाई चयन गरिएको एमाले गण्डकीका कार्यालय सचिव गोविन्द नेपालीले जानकारी दिए । जिल्ला तहबाट प्रतिनिधि छनोट भने शनिबारसम्म टुंगो लगाउँदै छन् ।...
भारत भ्रमणमा रहेका प्रधान सेनापति शर्माले को-कोसँग गरे भेट ?

भारत भ्रमणमा रहेका प्रधान सेनापति शर्माले को-कोसँग गरे भेट ?

राजनीति
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँ विभिन्न मन्त्रीसहित उच्च अधिकारीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार प्रधानसेनापति शर्माले भारतीय विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका हुन्। चारदिने भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले तेस्रोदिन उनीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । शर्मासँग भेटवार्तापछि ट्वीट गर्दै जयशंकरले लेखेका छन्,‘उहाँसँगको भेटले हाम्रो (नेपाल–भारत) सम्बन्धको घनिष्ठतालाई जोड दिन्छ ।’ उक्त शिष्टाचार भेट पश्चात बिहीबार नै प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमणसमेत गरेका थिए । नेशनल डिफेन्स कलेजमा प्रधान सेनापति शर्मालाई ‘वाल अफ अनर’मा ‘इनडक्ट’ समेत गरियो। यसरी ‘वाल अफ अनर’मा ‘इनडक्ट’ हुने ...
सर्वोच्चमा आज प्रधानन्यायाधीश राणा र वकिलहरुबीच वारपारको लडाइ

सर्वोच्चमा आज प्रधानन्यायाधीश राणा र वकिलहरुबीच वारपारको लडाइ

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुबीच वारपारको लडाइ हुने भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीले कठोर कदम चाल्ने निर्णय गरेको हुनाले आज वारपारको लडाइ हुने निश्चित देखिएको छ । कानुन व्यवसायीहरुले शुक्रबार प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने निर्णय गरेको हुनाले वारपारको अवस्था सिर्जना भएको हो । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको टोलीले बिहीबार नै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भेटी शुक्रबारको आन्दोलनबारे जानकारी गराइसकेको बताइएको छ। नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बारका उपाध्यक्ष मुकुन्द पौडेलसहितको टोलीले बिहीबार आफूहरुमाथि धरपकड गरेको विरोधमा शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्चको मूल...
ओली आफै ठेगान लागिसके, अब कसैले लगाउनु पर्दैन : माधव नेपाल

ओली आफै ठेगान लागिसके, अब कसैले लगाउनु पर्दैन : माधव नेपाल

Featured, राजनीति
विराटनगर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागि सेकेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चार कर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको बताएका हुन् । उनले राष्ट्रिय सभा तथा रिक्त रहेको पदको चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ पार्ने दाबी गरेका छन् । गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लिन स्वीप’ पार्ने उनको भनाइ रहेको छ । अध्यक्ष नेपाल सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरूको राजीनामाको बचाउमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना निर्णय गर्ने पाँच जना न्यायाधीशको राजीनामा दिनु पर्ने बताइरहेका बेला उनी भने बचाउमा लागेका हुन् । ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको र रिस पोख्नु बाहे...
प्रधानन्यायाधीशको बचाउ गर्दै माधव नेपालले थर्काए ओलीलाई

प्रधानन्यायाधीशको बचाउ गर्दै माधव नेपालले थर्काए ओलीलाई

राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्नु वाहियात कुरा भएको बताएका छन् । उनले जबरको बचाउ गर्दै संसद पुनर्स्थापनाको फैसला गरेर राम्रो काम गरेको बताएका छन् । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरै नगर्नुहोस्, राम्रो काम गर्ने प्रधानन्यायाधीश, न्यायाधीश, वकिल, बुद्धिजीवि, पत्रकार र उहाँलाई साथ नदिने सबैको ओलीजी विरोधी हुनुहुन्छ,’ उनले भने। अध्यक्ष नेपालले न्यायालयका बारेमा जहाँ पायो त्यहीँ कुरा गर्न नहुने भन्दै न्यायालय संवेदनशील निकाय भएको बताए । उनले न्यायालयमा देखिएको समस्या हल गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास गरिरहेको हुनसक्ने पनि उल्लेख गरेका छन् ।...
विप्लव नेतृत्वको नेकपाले किन गर्‍यो एकाएक नेपाल बन्दको घोषणा ?

विप्लव नेतृत्वको नेकपाले किन गर्‍यो एकाएक नेपाल बन्दको घोषणा ?

राजनीति
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। सरकारले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा निरन्तर मूल्यवृद्धि गरेको भन्दै नेकपाका महासचिव विप्लवले आज एक विज्ञप्ती जारी गर्दै देशव्यापी प्रदर्शन गर्ने बताए। बिप्लवले विज्ञप्तिमार्फत् मुल्यवृद्धिलाई सरकारी दोहन समेत भनेका छन् । ‘यस प्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामू छ’ विज्ञप्तिमा भनिएको छ। यस्तै, महासचिव विप्लवले जनताको भावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग अपिल पनि गरेका छन् । सरकारले बुधबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ। अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैय...
महामन्त्रीमा गगन र विश्वप्रकाशसँग भिड्ने प्रदीप पौडेलको घोषणा

महामन्त्रीमा गगन र विश्वप्रकाशसँग भिड्ने प्रदीप पौडेलको घोषणा

Featured, राजनीति
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले १४ औं महाधिवेशनमा केन्द्रीय महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। युना नेता पौडेलले गृह जिल्ला तनहुँमा आयोजित एक कार्यक्रममा आफू कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार भएको घोषणा गरेका हुन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको चियापान कार्यक्रममा पुगेर पौडेलले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरे। उनले पार्टीमा आफूले पाएका सबै जिम्मेवारीलाई इमान्दारीपूर्वक पुरा गरेको बताउँदै त्यसको मूल्यांकन अब हुनुपर्ने बताएका छन्। ‘मैले पाएको जिम्मेवारीमा परीणाम आउने गरी काम गरेको छु र त्यसको मूल्यांकन पार्टीपंक्तिले गरेको नै छ। समस्याको पहिचान गरेर समाधान दिनसक्ने व्यक्तिले नै जिम्मेवारी लिने हो,’ पौडेलले भने, ‘त्यसैले आसन्न महाधिवेशनमा मैले कांग्रेसको महामन्त्रीमा उठ्ने निर्णय गरेको छु। तपाईंहरू सबैको सहयोग र सद्भावको अ...