राजनीति

प्रधानन्यायाधीश राणा किन एकाएक पुगे राष्ट्रपति कार्यालय ?

प्रधानन्यायाधीश राणा किन एकाएक पुगे राष्ट्रपति कार्यालय ?

राजनीति
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा इजलास नबसी राष्ट्रपति कार्यालय पुगेका छन्। आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेसीमा चढाएका राणा इजलास नबसी शीतल निवास पुगेका हुन्। उनी प्रदेश प्रमुखको सपथ समारोहका लागि राष्ट्रपति कार्यालय पुगेका हुन्। सर्वाेच्च अदालतमा आज तनावग्रस्त भएको थियो। नेपाल बार एसोसिएसनको विरधे सभामा प्रहरी हस्तक्षेप हुँदा झडपसमेत भएको हो। प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश निषेध गर्ने गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएलगत्तै नारा लगाइएकाे थियाे– बिचौलियाको नाइके । उपस्थित कानुन व्यवसायीले भने– राजीनामा दे । भ्रष्टाचारको नाइके– राजनीमा दे ! त्यस्तै बारले अन्दाेलनकाे स्वरुप फेरेपछि सर्वाेच्चमा थप प्रहरी परिचालन गर्दै सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।...
बाग्मतीमा मन्त्री बन्न लागेका निमा लामाकाे नियुक्ति रोकिइयो

बाग्मतीमा मन्त्री बन्न लागेका निमा लामाकाे नियुक्ति रोकिइयो

राजनीति
मकवानपुर : बाग्मती प्रदेश सरकारमा बिहीबार माओवादीका शालिकराम जम्कट्टेल मात्र मन्त्री हुने भएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी गरेको भए पनि सरकारमा सहभागिताको विषयलाई लिएर कांग्रेसमा विवाद भएपछि चर्चामा भएका निमा लामाले तत्काल मन्त्रीको नियुक्ति खाने सम्भावना टरेको स्रोत बताउँछ । बाग्मतीमा नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे गत ११ कात्तिकमा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेकै दिन उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानलाई मन्त्री नियुक्त गरेका थिए । चार सदस्यीय सरकार चलाउँदै आएका पाण्डेले २२ कात्तिकमा विश्वासको मत प्राप्त गरेसँगै सरकारले पूर्णता पाउने चर्चा थियो । तर, बिहीबार माओवादी केन्द्र र कांग्रेसबाट एक एक जना म...
अन्तत: राजीनामा दिन शीतल निवास पुगे प्रधानन्यायाधीश राणा !

अन्तत: राजीनामा दिन शीतल निवास पुगे प्रधानन्यायाधीश राणा !

राजनीति
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पदबाट राजीनामा दिने निष्कर्षमा पुगेको बताइएको छ । नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका जबरा बारको निषेध आन्दोलन घोषणालगत्तै अदालतबाट बाहिरिएका हुन् । स्राेतका अनुसार प्रधानन्यायाधीश राणा इजलास नबसी राष्ट्रपति कार्यालय पुगेका हुन्। आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेसीमा चढाएका राणा इजलास नबसी शीतल निवास पुगेका हुन्। प्रधानन्यायाधीश राणाले बिहीबार राष्ट्रपतिलाई राजीनामा बुझाउन शीतल निवास पुगेकाे स्रोतले बताएको छ तर औपचारिक पुष्टि हुन बाँकी छ । प्रधानन्यायाधीश राणानिकट स्रोतले भन्यो, ‘न्यायालयमाथि जसरी आक्रमण सुरु भएको छ, यसको निकासका लागि सम्माननीयज्यू राजीनामा दिने निष्कर्षमा हुनुहुन्छ।’ त्यस्तै प्रधानन्यायाधीशको भूमिकाले न्यायालय गम्भीर संकटमा पुगेको भन्दै पूर्वप्रधानन्याय...
इटहरीका मेयर रुष्ट : सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेकाे आराेप

इटहरीका मेयर रुष्ट : सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेकाे आराेप

Featured, राजनीति
सुनसरी : सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् । पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको भन्दै बहिष्कार गरेर निस्केका चौधरीले पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य तैयुब हुसेन र जगदिश कुसियतले पार्टीलाई निजी कम्पनीजस्तो सेयर होल्डर बाँडेर चलाएको आरोप लगाएका हुन् । उनले पार्टी तैयब हुसेन, जगदीश कुशियत र भीम आचार्यको पेवा जस्तो देखिएको बताउँदै भने, ‘नेतृत्व नायक हुन्, बिर्तावाल होइनन् ।’ चौधरीले टिके प्रथालाई प्रोत्साहन गर्ने र अवैधानिक गतिविधि गर्ने कार्य सच्याउन र संलग्नलाई कारबाही गर्नसमेत माग गरेका छन् । पार्टीमा विधि पद्धतिको कुरा गर्ने तर व्यवहारमा टिके प्रथालाई मान्यता दिने कार्यले आम कार्यकर्ता निराश भएको बताए । पार्टीको केन्द्रीय सदस्यल...
शेरबहादुर र रामचन्द्रबीच गठबन्धन बन्नुपर्छ, फेरि सभापति जित्ने देउवा नै हो : मन्त्री रेग्मी

शेरबहादुर र रामचन्द्रबीच गठबन्धन बन्नुपर्छ, फेरि सभापति जित्ने देउवा नै हो : मन्त्री रेग्मी

राजनीति
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं कांग्रेस नेतृ उमा रेग्मीले शेरबहादुर देउवा फेरि पार्टी सभापति निर्वाचित हुने बताएकी छन् । १४औं महाधिवेशन नजिकिँदै गर्दा मन्त्री रेग्मीले वर्तमान सभापति देउवा पुनः उठ्ने र जित्नेमा आफू विश्वस्त रहेको बताइन् । उनले पार्टीको उनले भनिन्, ‘उहाँ फेरि सभापतिमा उठ्नुहुन्छ । अरुले पनि प्रतिस्पर्धा गर्न पाइन्छ । तर, उहाँ सभापति हुनुहुन्छ । उम्मेदवारी उहाँले दिनुहुन्छ । सभापति त मेची-महाकालीका प्रतिनिधिले छान्ने कुरा हो । डेलिगेट्सले भोलि देउवालाई बहुमत दिएपछि कसैले पनि विरोध गर्न मिल्दैन । निर्वाध रुपमा काम गर्ने वातावरण हुनुपर्छ । अहिले यसो हेर्दा उहाँले जित्ने वातावरण देखिन्छ । उहाँलाई नै धेरै विश्वास गर्ने देखिएको छ ।’ नेतृ रेग्मीले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन बन्यो भने राम्रो हुने पनि प्रतिक्रिया दिइन् । उनले भ...
प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान

राजनीति
काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ । बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गरेका हुन् । शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र उनको प्रशंसनीय सैन्य कौशल, भारतसँगको साथ लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न उनको अपार योगदानको सम्मानमा मानार्थ सेनाध्यक्षको र्‍यांक प्रदान गरिएको भारतीय सेनाले जनाएको छ । शर्माले नेपाली सेनाको आधुनिकीकरण अभियानलाई जारी राखेकोमा पनि भारतीय सेनाले प्रशंसा गरेको छ । राष्ट्रपति भवनमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित मन्त्रीहरु, दिल्लीस्थित नेपाली राजदूतावासका कुटनीतिज्ञ, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलगायत सैन्य अधिकारी उपस्थित थिए । नेपाल र भारतका सेनापतिले एकअर्क...
सुनसरी एमालेमा विवाद : अध्यक्ष बोल्दै गरेका बेला द्वारिकालाल चौधरीले खोसे माइक

सुनसरी एमालेमा विवाद : अध्यक्ष बोल्दै गरेका बेला द्वारिकालाल चौधरीले खोसे माइक

राजनीति
सुनसरी : सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ। २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो। सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधवार बस्ने भनिएको बैठकमा आपसमा माइक खोसाखोस समेत भएको छ। २ जेठकाे विषयमा चरम विवाद भएपछि २ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारीको समूहबीच विवाद चर्केको थियो । दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि दुवै पक्षबीच मनमुटाव भएको हो । कार्यक्रमको अध्यक्षता गरेर बोल्ने क्रममा पूर्व जिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक खोसेका हुन् । अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथी निरौला हुन नमिल्ने भन्दै चौधरीले माइक खोस...
अन्तत: यस्तो शर्त राख्दै प्रधानन्यायाधीश राणा राजीनामा दिन तयार!

अन्तत: यस्तो शर्त राख्दै प्रधानन्यायाधीश राणा राजीनामा दिन तयार!

Featured, राजनीति
काठमाडौं । नेपाल बार एसाेसियसनकाे व्यापक विराेधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शर्तसहित राजीनामा दिन तयार भएका छन् । उनले न्यायालयमा व्यापक सुधारसहित राजीनामा दिन तयार रहेको तर त्यसका लागि आफ्नो शर्त सबै न्यायाधीशहरुले मान्नुपर्ने प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार जबराले सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने, उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्कीको पालामा राजनीतिक भागवण्डाका आधारमा नियुक्त न्यायाधीशहरुले पनि सामूहि राजीनामा दिनुपर्ने सर्त सारेको बुझिएको छ । उनले आफूसहित बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले पनि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सर्त राखेका छन् । इजलास बस्न नमानेका न्यायाधीशहरुमध्ये केहीमार्फत् जबराले आफू न्यायालयको व्यापक सुधारका लागि तयार भएको र त्यसका लागि सबैले मार्ग प्रशस्त गर्नुपर्न...
ओली सरकारका २५ नियुक्ति खारेज : कहाँ-कसकाे भयाे जागिर चट् (सूचीसहित)

ओली सरकारका २५ नियुक्ति खारेज : कहाँ-कसकाे भयाे जागिर चट् (सूचीसहित)

Featured, राजनीति
काठमाडौं : सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति खारेज गर्ने गलत परम्परालाई निरन्तरता दिँदै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका २५ नियुक्ति बदर गरेको छ । मंगलवार तीनबटा प्रदेशका प्रमुख फेरिएसँगै देउवा सरकारले ओली सरकारका नियुक्ति बदर गरेको संख्या २५ पुगेको छ । मंगलबार संघीय सरकारले प्रदेश १ कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखलाई बर्खास्त गर्दै नयाँ नियुक्ति गरेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै केपी ओली सरकारले नियुक्ति गरेका लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई पदबाट हटाइयो । लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ नियुक्त भए । प्रदेश २ मा राजेश अहिराज हटाएर हरिशंकर मिश्र नियुक्त भए । बाग्मतीमा विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गरियो । मंगलबा...
छठपर्व सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्व : प्रधानमन्त्री

छठपर्व सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्व : प्रधानमन्त्री

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा उहाँले शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गरेका छन् । साथै उनले यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ । हाम्रा संस्कृति र संस्कारमा आ–आफ्ना विशिष्ट पहिचानका विशेषता रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्...