राजनीति

गृह जिल्ला पुगेर भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा

गृह जिल्ला पुगेर भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा

राजनीति
अछाम : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् । एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् । कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भनाई रहेको छ । उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा पनि जोड दिएका छन् । 'मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिए । उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ', रावलले भने । उनले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताएका छन् । नेता रावलले कार्यकर्ताको भावनालाई कदर गर्दै १०औं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ललित कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका नेकपा ...
चिनियाँ अधिकारीद्वारा अर्थमन्त्री तथा सभामुखसहितकाे टाेलीलाई भेट्न अस्वीकार

चिनियाँ अधिकारीद्वारा अर्थमन्त्री तथा सभामुखसहितकाे टाेलीलाई भेट्न अस्वीकार

राजनीति
काठमाडौं । तातोपानी–खासा नाकामा चिनियाँ अधिकारीहरुले नेपालका अर्थमन्त्री जनार्दन शर्मा र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटासँगको भेटवार्ता गर्न अस्वीकार गरेका छन् । अर्थमन्त्री र सभामुखसहितको टोली कार्तिक २२ गते टाटीपानी–खासा बिन्दुको भ्रमणमा गएका बेला चिनियाँ अधिकारीहरुले भेटवार्ता गर्न अस्वीकार गरेका हुन् । चिनियाँ अधिकारीहरुले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई भेटवार्ता गर्न अस्वीकार गरेपछि अपमान भएको छ । चिनियाँ अधिकारीहरूले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई अहिले कुनै भेटघाटको कार्यक्रम हुन नसक्ने बताएका थिए । चिनियाँ अधिकारीले बहाना बनाउँदै भनेका थिए,‘ वरिष्ठ अधिकारीहरु आधिकारिक टुरमा बेइजिङ्ग गएका छन्, त्यसैले कुनै भेटघाटको कार्यक्रम हुँदैन ।’...
भ्रष्टाचारको आरोप लगाउँदै शम्भु थापाले भने– प्रधानन्यायाधीशले करोडभन्दा घटी कुरै गर्दैनन्

भ्रष्टाचारको आरोप लगाउँदै शम्भु थापाले भने– प्रधानन्यायाधीशले करोडभन्दा घटी कुरै गर्दैनन्

राजनीति
काठमाडौं । वरिष्ठ कानून व्यवसायी शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भ्रष्टाचारीको आरोप लगाएका छन् । नेपाल बार एशोसिएसनद्वारा आयोजित न्यायपालिकाको संकट र निकास विषयक छलफल कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीशको भ्रष्टाचारविरुद्ध खुलेर बोल्न कानून व्यवसायीलाई आह्वान गरे । उनले प्रधानन्यायधीस ‘पैसामा लिप्त भएको’दाबी गरे । थापाले भने, ‘अहिलेको प्रधानन्यायाधीश पैसामा लिप्त हुनुभयो । आर्थिक विचलनमा लिप्त हुनुभयो । हरिकृष्ण कार्कीको प्रतिवेदन पल्टाएर हेर्नुस् । कि त्यसका सत्प्रतिशत कुरा गल्ति छ भन्नुस्, होइन भने बोल्नुस् ।’ न्यायालय अहिले टुकुचाभन्दा बढी बिग्रिएको थापाले बताए । उनले भने, ‘बारका अध्यक्षले नै भन्नुभयो प्रधानन्यायधीश बिचौलियाको नाइके भनेर । त्यहाँ त करोड घटीको कुरै हुँदैन । अरब-अरबको कुरा छ ।’...
अन्तत: न्यायालयकाे विवादमा माओवादी केन्द्रले खाेल्याे मुख, राणाकाे पद सुरक्षित !

अन्तत: न्यायालयकाे विवादमा माओवादी केन्द्रले खाेल्याे मुख, राणाकाे पद सुरक्षित !

राजनीति
काठमाडौं : नेकपा माओवादी केन्द्रले न्यायालयमा देखिएको विवादका सन्दर्भमा नबोल्ने बताएको छ। मंगलबार बसेको स्थायी कमिटीको निर्णय सुनाउँदै प्रवक्ता कृष्णबहादुर महराले न्यायालय आफैंले आफ्नो समस्या समाधान गर्नुपर्ने बताए। ‘न्यायालयभित्र तीव्र विवाद उठिरहेको छ। त्यो स्वतन्त्र संस्था हो। त्यसको बारेमा हामी केही बोल्दैनौं। न्यायालय आफैंले टुंग्याओस् भन्नेमा छौं’, उनले भने। दुई हप्तादेखि सर्वोच्च अदालतका नियमित प्रक्रिया अवरुद्ध भइरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै न्यायिक क्षेत्रले विरोध जनाइरहेको भए पनि उनले राजीनामा दिएका छैनन्। यस विषयमा दलहरुले आफ्नो धारणा प्रष्ट पार्नुपर्ने माग उठिरहेको छ। तर, उनीहरुको बोलिरहेका छैनन्।...
तीनवटा प्रदेशमा प्रदेश प्रमुख फेरिए, कहाँ–काे नियुक्त भए ?

तीनवटा प्रदेशमा प्रदेश प्रमुख फेरिए, कहाँ–काे नियुक्त भए ?

Featured, राजनीति
काठमाडौं : सरकारले तीनवटा प्रदेशमा प्रदेश प्रमुख फेरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । परियार माओवादी केन्द्र, जोशी कांग्रेस र खापुङ जनता समाजवादी पार्टीबाट प्रदेश प्रमुख बनेका हुन्। मन्त्रिपरिषद्ले प्रदेश १ का सोमनाथ अधिकारी,कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाउने निर्णय गरेको हो।...
यस्तो थियो माधव, बाबुराम र अग्निलाई फसाउने ओली–चोलेन्द्रको ग्य्रान्ड डिजाइन

यस्तो थियो माधव, बाबुराम र अग्निलाई फसाउने ओली–चोलेन्द्रको ग्य्रान्ड डिजाइन

Featured, राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई अहिले नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहयाेग गरिरहेकाे खुलास भएकाे छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रधानन्यायाधीश राणालाई अहिले उनै ओलीले नै साथ दिएको खुलास भएकाे हाे । ओली प्रधानमन्त्री हुँदा अध्यादेशका आधारमा गरिएका संवैधानिक नियुक्तिमा १३ वटा पदमा आफ्ना मानिस भर्ति गराउन सफल प्रधानन्यायाधीश राणाले ओलीकै डिजाइनमा नेकपा एकता खारेज गरेको तथ्य पनि विस्तारै खुल्दै छ । नेपाल कम्युनिष्ट पार्टीको सरकार हुँदा दुईतिहाई बहुमत भएकाले उनले नेकपामा बिभाजन गराउन सबै शक्ति उपयोग गरे । नेकपाको एकता खारेज गर्ने आदेश पनि चोलेन्द्रशमशेरकै डिजाइनमा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीले दिएका थिए । नेकपाको एकता खारेजपछि एमालेका अध्यक्ष ओली निकै बलिया भए । ओली बलियो हुँदै गए । चोलेन्द्रशमशेर र शेरबहादुर देउवालाई भागबण्डा गरी उनले संवैधानिक नियु...
यस्ता छन् बारले प्रधानन्यायाधीश जबराविरुद्ध गर्ने आन्दोलनका कार्यक्रम

यस्ता छन् बारले प्रधानन्यायाधीश जबराविरुद्ध गर्ने आन्दोलनका कार्यक्रम

राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसियसनले देशव्यापी आन्दोलन गर्ने भएको छ। सोमबार बसेको बार बैठकले राजीनामा नदिएसम्म थप दबाबमुलक आन्दोलन गर्ने निर्णय गरेको छ। बारले ११ बुँदे आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको छ। यस्ता छन् ११ बुँदे निर्णय : १. प्रधानन्यायाधीशको राजीनामा नआउन्जेल आन्दोलनका कार्यक्रमलाई जारी राख्ने । २. प्रधानन्यायाधीश सम्मिलित बेन्चमा नबस्न अन्य न्यायाधीशलाई अनुरोध गर्ने । ३. प्रधानन्यायाधीशलाई आफू इजलासमा नबस्न यसअघि आग्रह गरिएकामा त्यसको उल्लंघन भएको कारण आफू वा आफूसहितको बेन्च गठन नगर्न र सुनुवाई नगर्न पुनः जोडदार माग गर्ने । ४. कात्तिक २३ गतेदेखि ३० गतेसम्म हाल भइरहेको आन्दोलनलाई निरन्तरता दिने । ५. कात्तिक २५ देखि ३० गतेसम्म उपत्यकाकमा अदालत र न्यायाधिकरणहरुमा बिहान १० बजेदेखि १२ बजेसम्म सुनुवाई नग...
अब महाधिवेशन तालिका कुनै बहानामा सर्दैन : गगन थापा

अब महाधिवेशन तालिका कुनै बहानामा सर्दैन : गगन थापा

Featured, राजनीति
सिन्धुली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता गगनकुमार थापाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अहिलेको तालिका कसैले चाहेर पनि सार्न नसक्ने बताएका छन्। उनले समयमै महाधिवेशन गर्न नसके पार्टी वैधानिक रुपमा नै संकटमा पर्ने उल्लेख गर्दै पार्टीको अस्तित्व जोगाउन कुनै हालतमा तोकिएको समयमा महाधिवेशन गर्नु पर्ने धारण राखेका हुन्। नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालको आमाको निधनप्रति दुःख व्यक्त गर्न सोमबार सिन्धुलीको रानीबासमा आएका नेता थापाले महाधिवेशन सकेर पुसको पहिलो साताभित्र पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने उल्लेख गरे। नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगै सिन्धुली आइपुगेका थापाले भने, ‘१३ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारीलाई अब निर्वाचन आयोगले चिन्दैन, मान्दैन। यो अवस्थामा अब कुनै पनि बहानामा महाधिवेशनको...
प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा नजाने बारको निर्णय

प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा नजाने बारको निर्णय

राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा नेपाल बार सहभागी नहुने भएको छ। बारले सोमबार उक्त बैठकमा सहभागी नहुने निर्णय गरेको हो। जबरा निरन्तर विवादमा परेपछि बारले उनको राजीनामा माग गरिरहेको छ। जबराले राजीनामा नदिने बताएपछि बारले तिहारअघि विरोधका कार्यक्रम गरेको थियो। सोमबारबाट उक्त विरोध र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइएको छ। महासचिव लीलामणि पौडेलका अनुसार सोमबार बसेको बार बैठकले प्रधानमन्त्री र दलहरुले अहिलेको अवस्था अवगत गराउने र अदालतबाट दंगा प्रहरी हटाउन माग गर्ने निर्णय पनि गरेको छ।...
कसले गर्‍याे प्रधानमन्त्री देउवाकाे फेसबुक पेज दुरुपयाेग ?

कसले गर्‍याे प्रधानमन्त्री देउवाकाे फेसबुक पेज दुरुपयाेग ?

राजनीति
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजको दुरुपयोग गरिएको छ । प्रधानमन्त्री देउवाका पीएसओ नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) मानबहादुर धितालले देउवाकाे आधिकारिक फेसबुक पेजको दुरुपयोग गरेका हुन् । धितालले फेसबुक पेजको दुरुपयोग गर्दै आफ्नो फोटो राखी लेखेका छन्, ‘म शेख दुबई प्लेसको अगाडि छु।’ प्रधानमन्त्रीकाे सामाजिक सञ्जाल सञ्चालनमा सचिवालयले लापरवाही गरेकाे भन्दै आलाेचना भइरहेकाे छ । मुलुककाे कार्यकारी प्रमुखकाे सामाजिक सञ्जाल प्रयाेग गर्दा सचिवालय संवेदशील बन्नुपर्ने देखिन्छ ।...