अन्तत: न्यायालयकाे विवादमा माओवादी केन्द्रले खाेल्याे मुख, राणाकाे पद सुरक्षित !

काठमाडौं : नेकपा माओवादी केन्द्रले न्यायालयमा देखिएको विवादका सन्दर्भमा नबोल्ने बताएको छ।

मंगलबार बसेको स्थायी कमिटीको निर्णय सुनाउँदै प्रवक्ता कृष्णबहादुर महराले न्यायालय आफैंले आफ्नो समस्या समाधान गर्नुपर्ने बताए।

‘न्यायालयभित्र तीव्र विवाद उठिरहेको छ। त्यो स्वतन्त्र संस्था हो। त्यसको बारेमा हामी केही बोल्दैनौं। न्यायालय आफैंले टुंग्याओस् भन्नेमा छौं’, उनले भने।

दुई हप्तादेखि सर्वोच्च अदालतका नियमित प्रक्रिया अवरुद्ध भइरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै न्यायिक क्षेत्रले विरोध जनाइरहेको भए पनि उनले राजीनामा दिएका छैनन्।

यस विषयमा दलहरुले आफ्नो धारणा प्रष्ट पार्नुपर्ने माग उठिरहेको छ। तर, उनीहरुको बोलिरहेका छैनन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.