राजनीति

रक्सी ल्याउन नपाउँदा विमानस्थलका कर्मचारी कुट्ने सीईओमाथि मन्त्रीले लिए एक्सन

रक्सी ल्याउन नपाउँदा विमानस्थलका कर्मचारी कुट्ने सीईओमाथि मन्त्रीले लिए एक्सन

राजनीति
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले मदिरा सेवन गरेर विमानस्थलका नायव सुब्बालाई कुटपिट गर्ने पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई घटनाबारे जानकारी गराउन मन्त्रालय डाकेका हुन्। सीईओ रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका भन्सारका नासु सुमन थापामाथि हातपात गरेको खबर सार्वजनिक भएपछि सोधपुछका लागि मन्त्रालय डाकिएको मन्त्री आलेको सचिवालयले जनाएको छ। भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका सीईओ रेग्मीले विमानस्थलमा चेकजाँचका क्रममा नासु थापामाथि हातपात गरेका थिए। उनले नियम विपरीत ६ वटा रक्सीका बोतल ल्याएका थिए । ड्युटी फ्रीबाट रक्सी तोकेभन्दा धेरै ल्याएको भेटिएपछि विमानस्थलमा कार्यरत भन्सारका नासु थापाले रोकेका थिए। चेकजाँचका क्रममा थापाले ६ बोतल मदिरा देखेपछि साथमा कतिजना हुनुहुन्छ भन्दै रेग्मीलाई सोधेको र प्रश्न सुन्नेबित्तिकै ...
कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

राजनीति
रसुवा : नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ । रसुवामा नयाँ शक्तिबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई कति क्रियाशील सदस्यता दिने भन्ने विवादका कारण क्रियाशील सदस्यता टुङ्गोमा पुग्न सकेको थिएन । कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै रसुवामा कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक/दुई दिनमा देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गोमा पुग्ने बताए । रौतहट क्षेत्र नं २, ३ र...
प्रधानमन्त्री देउवाकाे फेसबुक पेज दुरुपयाेग

प्रधानमन्त्री देउवाकाे फेसबुक पेज दुरुपयाेग

Featured, राजनीति
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजको दुरुपयोग गरिएको छ । प्रधानमन्त्री देउवाका पीएसओ नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) मानबहादुर धितालले देउवाकाे आधिकारिक फेसबुक पेजको दुरुपयोग गरेका हुन् । धितालले फेसबुक पेजको दुरुपयोग गर्दै आफ्नो फोटो राखी लेखेका छन्, ‘म शेख दुबई प्लेसको अगाडि छु।’ प्रधानमन्त्रीकाे सामाजिक सञ्जाल सञ्चालनमा सचिवालयले लापरवाही गरेकाे भन्दै आलाेचना भइरहेकाे छ । मुलुककाे कार्यकारी प्रमुखकाे सामाजिक सञ्जाल प्रयाेग गर्दा सचिवालय संवेदशील बन्नुपर्ने देखिन्छ ।...
प्रस्तावित तीन राजदूतविरुद्ध शुक्रबारसम्म उजुरी दिन सकिने

प्रस्तावित तीन राजदूतविरुद्ध शुक्रबारसम्म उजुरी दिन सकिने

राजनीति
काठमाडौं : बेलायत, अमेरिका र भारतका लागि नेपाली राजदूतमा सिफारिस तीन जनाविरुद्ध आगामी शुक्रबारसम्म संसदीय सुनुवाइ समितिमा उजुरी दिन सकिने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतका विषयमा १८ कात्तिकमा सूचना तथा उजुरी आह्वान भएकामा २६ कात्तिकसम्म उजुरी दिन सकिनेछ । ११ कात्तिकको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि श्रीधर खत्री र भारतका लागि डा शंकरप्रसाद शर्मालाई नेपाली राजदूतमा सिफारिस गरेकोथियो । मन्त्रिपरिषद्को निर्णय अनुसार, १२ कात्तिकमा संसदीय सुनुवाइका लागि पत्र प्राप्त भएको थियो । ‘उहाँहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबूत प्रमाण सहित मिति २०७८ कात्तिक २६ गते कार्यालय समयभित्र यस समिति समक्ष निम्न माध्यम मार्फत वा सोझै समितिमा आई सूचना वा उजुरी दिन सकिने व्यहोरा समेत यसै सूचनाद्वारा स...
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

Featured, राजनीति
विराटनगर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार प्रदेससभाबाट विश्वासको मत लिँदै छन्। उनी गत कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन्। मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ। पाण्डे कांग्रेस, माओवादी, जसपा नेकपा एसको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री पाण्डेले वर्तमान अवस्थामा संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ। गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको साथ आवश्यक हुन्छ।...
प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलनमा बार एसोसिएसन

प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलनमा बार एसोसिएसन

Featured, राजनीति
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । बारले आइतबार ९० वटा इकाइसँग सुझाव माग गरेकामा सोमबार दिउँसो १२ बजे भर्चुअल छलफल गर्दैछ । इकाइबाट आउने सुझावअनुसार बैठक बसेर आन्दोलनको निर्णय गरिने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार सर्वोच्चमा कालोपट्टीसहित धर्ना, २३ र २५ कात्तिकमा देशभरका अदालतमा धर्ना दिनुपर्ने सुझाव दिइसकेको छ । २६ कात्तिकमा इकाइमार्फत देशभरका अदालत केही समयका लागि बन्द गराउन पनि सर्वाेच्च बारको सुझाव छ । यद्यपि, नेपाल बारले दोस्रो चरणका आन्दोलन घोषणा अघि यसअघिका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । जसअनुसार सोमबार सर्वोच्च कालोपट्टीसहितको विरोध कार्यक्रम हुनेछ । काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरिएको छ । ...
आम्दानीमाथि प्रश्न उठाउने ओलीलाई बाबुरामले फर्काए कडा जवाफ

आम्दानीमाथि प्रश्न उठाउने ओलीलाई बाबुरामले फर्काए कडा जवाफ

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले उडन्ते कुरा एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । साथै आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न समेत चुनौती दिएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेका थिए । पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहिन उडन्ते कुरा गर्नु शोभनीय नभएको भन्दै उनले ट्वीटरमा भनेका छन्, ‘हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला संगै गएको र संगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न !’...
सार्वजनिक कार्यक्रममै बाबुरामकाे आम्दानीमाथि ओलीले उठाए प्रश्न

सार्वजनिक कार्यक्रममै बाबुरामकाे आम्दानीमाथि ओलीले उठाए प्रश्न

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आम्दानीमाथि प्रश्न उठाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले यस्ताे प्रश्न उठाएका हुन् । ‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’ उनले भने, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’ ओलीले अगाडि भने, ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २-४-५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’ पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्र...
प्रधानन्यायाधीशले अघि सारे राजीनामाको विकल्प : तीन महिनापछि विदा, अनि अवकाश

प्रधानन्यायाधीशले अघि सारे राजीनामाको विकल्प : तीन महिनापछि विदा, अनि अवकाश

राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सारेका छन् । आफूसँग कुराकानी गर्न सर्वोच्च अदालतका न्यायाधीशहरुले गठन गरेको तीन सदस्यीय कार्यदलसँग उनले अमूर्त रुपमा यस्तो प्रस्ताव गरेको सर्वोच्च अदालत उच्च स्रोतले बतायो । ‘अहिलेकै रुपमा उहाँहरुले राजीनामा मागेर असहयोग गर्नुभयो भने मैले पनि संवैधानिक बाटोबाट मात्रै निकास हुन्छ भनेर जवाफ दिनुपर्ने हुन्छ’ सर्वोच्च अदालत उच्च स्रोतले प्रधानन्यायाधीश जबराको भनाइ उधृत गर्दै भन्यो, ‘मलाई सम्मानजनक बहिर्गमनको अवसर दिने हो भने तपाईंहरु पनि पछि हट्नुस् । मैले पनि केही समयपछि अवकाशको बाटो लिन्छु भनेर प्रस्ताव गर्नुभएको छ ।’ सर्वोच्च अदालतका न्यायाधीशहरुले अनौपचारिक रुपमा गठन गरेको कार्यदलमा न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र डा.मनोजकुमा...
कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

राजनीति
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सो पार्टीले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरेको हो । कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले अर्को साताको आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताए । बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।...