राजनीति

प्रदेश २ मा माओवादी केन्द्रले तोक्यो जिल्ला संयोजक (सूचीसहित)

प्रदेश २ मा माओवादी केन्द्रले तोक्यो जिल्ला संयोजक (सूचीसहित)

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो । धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई तोकेको छ । पर्सा जिल्लाको हकमा पूर्व पदाधिकारी (सचिव) इन्चार्ज भएकाले जिल्ला नेतृत्वसँग परामर्श गरी रामदरेश कुशवाहलाई संयोजक तोकिएको प्रदेश २ का सह इन्चार्ज विश्वनाथ साहले बताए । त्यस्तै, वीरगञ्ज महानगरपालिकाको संयोजकमा रहवर अन...
नेकपा एमालेले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिला

नेकपा एमालेले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिला

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ । एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका पदाधिकारीमा एक महिला र कार्यसमितिमा एक तिहाइ महिलाको प्रतिनिधित्व गराउन थालिएको छ । सो पार्टीले आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि एक तिहाइ महिला प्रतिनिधि र केन्द्रीय कमिटीमा सोही अनुपानमा अनिवार्य प्रतिनिधित्व गराउने निश्चित भएको छ । एमालेले यही कात्तिक ६ गते वडा र ९ गते पालिकास्तरमा अधिवेशनका लागि मिति तय गरेकामा अधिकांशमा नयाँ नेतृत्व चयन हुँदा विधानको उक्त व्यवस्था कार्यान्वयन भएको छ । बाँकी रहेका अधिवेशन यही कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्ने तयारी छ भने दशौँ महाधिवेशन आगामी मङ्सिर ...
जसपाका वडाध्यक्ष र वडासदस्य कांग्रेसमा प्रवेश

जसपाका वडाध्यक्ष र वडासदस्य कांग्रेसमा प्रवेश

Featured, राजनीति
मोरङ । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जसपा परित्याग गरी कांग्रेसमा गएका हुन्। त्यस्तै वडा नम्बर १७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। शुक्रबार उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले टीका लगाएर पार्टीमा स्वागत गरेका छन्। चुनावको मिति नजिकिन थालेपछि राजनीतिक वृत्त तातिन थालेको छ। कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो। नव प्रवेशीहरुले पार्टीलाई थप बलियो बनाएर अघि बढ्ने बताएका छन्।...
स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ तिहार मनाऔँ : प्रधानमन्त्री

स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ तिहार मनाऔँ : प्रधानमन्त्री

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् । भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरे । सन्देशमा कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ । सन्देशमा प्रधानमन्त्रीले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ–आफ्नै भूमिका एवं...
एमसीसी संसदबाट पास गर्न सकिन्न : नारायणकाजी श्रेष्ठ

एमसीसी संसदबाट पास गर्न सकिन्न : नारायणकाजी श्रेष्ठ

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसदबाट पास गर्न नसकिने बताएका छन्। एमसीसीलाई संशोधन नभएसम्म पारित हुन सकने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले यसअघि नै पार्टीले संशोधनबिना एमसीसी पारित हुन नसक्ने निर्णय गरिसकेको स्पष्ट पार्दै सोही अनुसार माओवादी केन्द्र अघि बढ्ने बताए। ‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु नसच्याइ यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न’, श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो नै हाम्रो पार्टी नेकपा (नेकपा माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो।’ उनले एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न पनि आग्रह गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी...
प्रधानमन्त्री देउवापछि प्रचण्डले गरे एमसीसीबारे यस्तो खुलासा, के अब होला संसदबाट पारित ?

प्रधानमन्त्री देउवापछि प्रचण्डले गरे एमसीसीबारे यस्तो खुलासा, के अब होला संसदबाट पारित ?

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नयाँ खुलासा गरेका छन् । प्रचण्डले एमसीसी पास गर्छौं भनेर चिठ्ठी लेखेको प्रधानमन्त्रीको दाबीको खण्डन गर्दै नयाँ खुलासा गरेका हुन् । राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर चिठ्ठी पठाएको उनको दाबी छ । बिहीबार बेलायत भ्रमणबाट फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छौ भनेर प्रचण्ड र आफूले हस्ताक्षर गरेर पठाइसकेको दाबी गरेका थिए । देउवाको अभिव्यक्तिले सत्तारुढ गठबन्धनमा एमसीसीलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको दाबीभन्दा केही फरक मत राखे । देउसी खेल्न आफ्नो निवासमा आएका सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘हिजो शेरब...
एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले दियो योगेश भट्टराईलाई चेतावनी

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले दियो योगेश भट्टराईलाई चेतावनी

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई आफूहरूसँग जोरी नखोज्न चेतावनी दिएको छ। भट्टराईले केही दिनअघिको पत्रकार सम्मेलनमा एमाले महाधिवेशनमा राष्ट्रिय मान्यता प्राप्त दलको पहिचान र ठेगाना खुलेका प्रमुख दलहरुलाई आमन्त्रण गर्ने तर समाजवादी दललाई आमन्त्रण नगर्ने अभिव्यक्ति दिएका थिए । उनले एकीकृत समाजवादीलाई राजनीतिक शक्तिहरुको अवैध सम्बन्धबाट जन्मिएको समूह भनी टिप्पणी गरेका थिए । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ति जारी गरी भट्टराईले आफ्नो कद घटाउने काम गरेको बताएका छन् । ‘समाजवादको झण्डा बोकेर देशभर सशक्त संगठन निर्माण गरिरहेको हाम्रो पार्टीबारे भट्टराईले व्यक्त गरेको अभिव्यक्ति कुण्ठाबाहेक केही हुनै सक्दैन, अनेरास्ववियू भट्टराईलाई स्पष्ट पार्न चाहन्छ कि नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय कामपा–१ स्थित...
भक्तपुरबाट को बन्दैछन् मन्त्री ?, सार्वजनिक कार्यक्रममा देउवाले गरे यस्तो खुलासा

भक्तपुरबाट को बन्दैछन् मन्त्री ?, सार्वजनिक कार्यक्रममा देउवाले गरे यस्तो खुलासा

Featured, राजनीति
भक्तपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरका एक सांसदलाई मन्त्री बनाउने आश्वासन दिएका छन् । शुक्रबार भक्तपुरमा तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले भक्तपुरका एक सांसदलाई बागमती प्रदेश सरकारको मन्त्री बनाउने आश्वासन दिएका हुन् । प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे। बेलायतमा मन्त्रीहरुले एष्ट्राजेनिकाको खोप तीन पल्ट लगाउनुपर्ने बताएको भन्दै उनले सबैले तीन पटक एष्ट्राजेनिकाको खोप लगाउन आग्रह गरे । त्यस्तै प्रधानमन्त्री देउवाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमै हुने बताए । प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गरेका हुन् । उनले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन...
नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउँछ : प्रधानमन्त्री

नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउँछ : प्रधानमन्त्री

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले नेपाल संवेतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्। विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन यसले प्रेरणा प्रदान गर्ने उनले बताएका छन्। नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको प्रधानमन्त्री देउवाले उल्लेख गरे। नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उनलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको शुभकामना सन्देशमा उल्लेख छ। प्रधा...
एमाले सिध्याउने सपना नदेख्‍न ओलीको चेतावनी

एमाले सिध्याउने सपना नदेख्‍न ओलीको चेतावनी

राजनीति
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउने सपना नदेख्न चेतावनी दिएका छन् । ’गन्तव्य मध्यपुर थिमी’ पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार भक्तपुरमा सम्बोधनका क्रममा ओलीले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह पनि गरे । ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्,' ओलीले भने, 'भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो ? भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरूका, म त्यसमा अरु केही भन्न चाहन्नँ ।’ सिंगै कांग्रेसले पनि एमालेसँग नसक्ने भन्दै एक दुई जनाले भन्दैमा एमालेलाई केही फरक नपर्ने उनले बताए । त्यस्तै उनले प्रचण्डले आफूलाई गणतन्त्रको विरोधी भन्दै गरेको टिप्प्णीको जवाफ दिदै प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि नै आफूले गणतन्त्रको अभियान चलाएको...