राजनीति

दबाबमा ओलीः पदाधिकारी मिलाउन सकस

दबाबमा ओलीः पदाधिकारी मिलाउन सकस

Featured, राजनीति
काठमाडौँ । नेकपा एमालेमा अध्यक्षबाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो। वर्तमान अध्यक्ष केपी ओलीले दसौं महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन्। तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन्। वर्तमान उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछाम पुगेर दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि थप केही बोलेका छैनन्। वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने नेताहरू धेरै भएका कारण मिलाउन समस्या भएको हो। एमालेले महाधिवेशनमा प्यानल बनाएर उम्मेदवारी घोषणा गर्न बन्देज लगाएको छ। घनश्या...
केपी ओली विश्वकै उत्कृष्ट नेता हुनुहुन्छ : प्रभु साह

केपी ओली विश्वकै उत्कृष्ट नेता हुनुहुन्छ : प्रभु साह

राजनीति
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओली विश्वकै उत्कृष्ट नेता रहेको बताएका छन् । बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँगको भेटघाटको क्रममा प्रतिक्रिया दिदै नेता साहले सिंगो विश्वका सर्वहारा वर्गले केपी शर्मा ओलीमाथि गर्व गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री ओली राष्ट्रवादी, स्वाभिमानी एवम् दुरगामी सोच भएको नेता रहेको बताउदै साहले मुलुकलाई समृद्ध बनाउने मौलिक दिशा समेत ओलीसँग रहेको बताए । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक़ रहेको चुनौतीपूर्ण अवस्थामा केपी ओली जीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नया उचाई दिएको नेता साहको भनाइ छ । "संसारका जुनसुकै देशका नेताहरुले आफ्नो मुलुकको स्वाधीनता एवम् राष्ट्रियताको रक्षा गर्न प्रतिबद्ध हुन्छ । तर नेपालको जुन प्रकारको भूगोल छ, हाम्रो देश दुई विशाल महाशक्ति राष्ट्रहरुको बीचमा अवस्थित छ । दुवै देशसहित व...
प्रधानमन्त्री नभए पनि सरकारमा बलियो नै छु : प्रचण्ड

प्रधानमन्त्री नभए पनि सरकारमा बलियो नै छु : प्रचण्ड

Featured, राजनीति
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री नभएपनि शक्तिशाली नै रहेको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले फू प्रधानमन्त्री नभए पनि अहिलेको सरकारमा बलियो नै भएको अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘गठबन्धन सरकारमा म बलियो नै छु । म प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएको छु । त्यसकारण म सरकारमा बलियो नै छु ।’ प्रदेश २ मा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको लागि आफूले पहल गर्न सक्ने भन्दै उनले सरकारमा आफू बलियो नै भएको बताएका हुन् । रामगोपालपुर नजिकै ३३ बिघा जग्गा अलपत्र अवस्थामा रहेको र त्यसमा परियोजना बनाउनको लागि आफूले पहल गर्ने बताउँदै उनले सरकारमा बलियो उपस्थिति रहेकाले त्यो काम आफूले गर्न सक्ने बताएका हुन् । समग्र मधेशमा सिँचाइको राम्रो व्यवस्था गर्न आफू लागिपरेको बताउँदै उनले मिटरव्याजीबाट पीडित किसा...
शेखर र शशांक मिलेर अघि बढ्ने संकेत

शेखर र शशांक मिलेर अघि बढ्ने संकेत

Featured, राजनीति
काठमाडौं । महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइराला नातामा दाजुभाइ पर्छन् । महामन्त्री कोइरालाले सर्लाहीमा केही दिनअघि एक कार्यक्रममा शेखरको बयान गर्दै सभापतिमा उनको पनि आकांक्षा रहेको बताएका थिए । सो भिडियो अहिले चर्चामा छ । सो कार्यक्रममा महामन्त्री कोइरालाले शेखरले सबैलाई समेट्ने अवस्था आए आफू ब्याक हुन सक्नेसमेत संकेत गरेका थिए । ‘रामचन्द्रजी एकपटक लडिसक्नुभयो, सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ, उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ, किनभने सिटौलाजीसँग धेरै मान्छेको आशा छ, उहाँलाई तानेर एउटै मात्र उम्मेदवार बनायौं भने शेरबहादुर देउवा हार्नुहुन्छ,’ सो भिडियोमा उनले अघि भनेका छन्, ‘अर्को प्रकाशमान, भन्दाखेरि मलाई नराम्रो लाग्छ तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ, बाहिर निस्केपछि प्रकाशमान सिंहलाई चिन्दैनन् मान्छेहरूले, हुन त उहाँ महामन्त्री हुनुभयो, त्यो अलग पाटो हो ...
३० वर्षदेखिको सहकार्यमा पूर्णविराम, एकअर्कासँग भिड्न तयार

३० वर्षदेखिको सहकार्यमा पूर्णविराम, एकअर्कासँग भिड्न तयार

राजनीति
काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे । पार्टीको १४ औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर मङ्सिर २४ देखि काठमाडौँमा तोकिएको १४ औँ महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन् । दुवैले सभापतिको प्रत्याशी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३ औँ महाधिवेशनबाट देउवालाई सभापतिमा निर्वाचित गराउन निधिको महत्त्वपूर्ण रहेको थियो । फरक पार्टी गठन गर्न होस् वा तत्काल...
चोलेन्द्रविरुद्ध थप शसक्त बन्यो बार एसोसिएसन

चोलेन्द्रविरुद्ध थप शसक्त बन्यो बार एसोसिएसन

राजनीति
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताको नाममा राजिनामा टार्न खोजेपछि नेपाल बार एसोसियसनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मंगलबार साँझ बसेको बार कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको हो । नेपाल बार एसोसियसनले सर्वोच्च अदालतअगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देशभरका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । शुक्रबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने पनि निर्णय भएको छ । नेपाल बार एसोसियसनले मंसिर ३ गते संसदमा रहेका सबै दलहरूको कार्यालयमा ज्ञापनपत्र बुझाउने जनाएको छ । यस्तै, नेपाल बारले प्रधानन्यायाधीशविना संबैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । यस्तै, जबर...
कांग्रेस केन्द्रीय सभापतिमा उठ्न ३० हजार शुल्क, अन्य पदका लागि कति ?

कांग्रेस केन्द्रीय सभापतिमा उठ्न ३० हजार शुल्क, अन्य पदका लागि कति ?

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेस केन्द्रीय सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार उम्मेदवारी तिर्नुपर्ने छ। यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने २० हजार शुल्क तोकिएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ। प्रदेश महाधिवेशन प्रतिनिधिका लागि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५ हाजार र केन्द्रीय महासमिति सदस्यका लागि सात हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ । पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।...
शुक्रबार ‘चोरबाटो’बाट सर्वोच्च पसेका जबरालाई रोक्न आज बारले गर्‍यो कडा तयारी

शुक्रबार ‘चोरबाटो’बाट सर्वोच्च पसेका जबरालाई रोक्न आज बारले गर्‍यो कडा तयारी

Featured, राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन जारी नै छ। विशेषगरी नेपाल बार एसोसिएसनले विरोध तथा प्रदर्शनका कार्यक्रम गर्नुका साथै सर्वोच्चमा धर्ना दिँदै आएको छ। जबराको राजीनामा माग गर्दै शुरु भएको आन्दोलन तत्काल मथ्थर हुने देखिँदैन। बारले जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेपनि उनी चोरबाटोबाट सर्वोच्च पसेका थिए। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्न धर्ना दिने बताए । श्रेष्ठले सकेसम्म सर्वोच्च अदालतभित्रै छिरेर गेटमा धर्ना दिने तर शुक्रबारजस्तै प्रहरी खटाएर भित्र जान रोके भने बाहिरै धर्नालाई जारी राख्ने बताएका छन्। आइतबार बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने प्रवेशद्वारमै धर्ना दिने तयारी बारले गरेको छ। ...
कहाँबाट को छानिए एमाले महाधिवेशन प्रतिनिधि ? (सूचीसहित)

कहाँबाट को छानिए एमाले महाधिवेशन प्रतिनिधि ? (सूचीसहित)

Featured, राजनीति
काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि छनोट भएका छन् । एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ । एमालेले चयन गरिएका प्रतिनिधिको विवरण यहि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ । एमालेले महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन गर्ने छ । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवेशनमा नेतृत्व चयन गर्नेछ । अहिलेसम्म प्राप्त निर्वाचित महाधिवेशन प्रतिनिधिहरू १.प्यूठान खुला : हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर । महिला : कमला रिजाल र गोमा रेग्मी । दलित : झगबहादुर विश्वकर्मा २. संखुवासभा खुला : तुलसी न्यौपाने, मुरारी खतिवडा,वीरेन्द्र केसी, जि...
एमाले बैतडी : १५ जना महाधिवेशन प्रतिनिधि छनाेट

एमाले बैतडी : १५ जना महाधिवेशन प्रतिनिधि छनाेट

राजनीति
बैतडी : नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनका लागि बैतडीमा १५ जना महाधिवेशन प्रतिनिधि छ्नोट गरिएको छ । एमालेले दामोदर भण्डारी, सुरेेन्द्र पाल, मोहन थापा, पुष्करराज जोशी, लिलाधर भट्ट, जसवीर बोहरा, भरत मडै, गोरखबहादुर चन्द, जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट कपाडी, नरेेश विक, लिला विष्ट, सरस्वती नेपाली र धना पहरीलाई महाधिवेशन प्रतिनिधिमा चयन गरेकाे हाे । एमालेले आगामी १०-१२ मा चितवनमा महाधिवेशन आयाेजना गर्दैछ । त्यसका लागि वडा, गाउँ/नगर अधिवेशन यसअघि नै सम्पन्न भइसकेकाे छ ।...