राजनीति

कांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व, सभापतिमा कसको सम्भावना कति ?

कांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व, सभापतिमा कसको सम्भावना कति ?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदैछ । कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान श्रेष्ठ र नेत्री सुजाता कोइराला अघि बढेका छन् । कतिपय नेताहरूले त सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियान सुरु गर्दै आइसकेका छन् । कतिपय आन्तरिक रूपमा भेटघाटका लागि दौडाहामा छन् । कांग्रेस विधानमा सभापतिमा जति जना मैदानमा उत्रिए पनि निर्वाचित सभापतिपछि हार्नेमध्ये दोस्रो बढी मत ल्याउने व्यक्ति मात्रै सम्बन्धित कार्यसमितिको सदस्य हुन्छन् । दोस्रो मत नपाए अन्य उम्मेदवारहरू त्यो कार्यसमितिको कार्यकालभर कार्यसमिति बाहिरै बस...
रुपन्देही–३ (क)मा मतगणनामा लफडाको नालीबेली, हारको रिस फेर्न गृहमन्त्री खाणलाई दोष

रुपन्देही–३ (क)मा मतगणनामा लफडाको नालीबेली, हारको रिस फेर्न गृहमन्त्री खाणलाई दोष

राजनीति
काठमाडौँ । आफ्नो पक्षले पदाधिकारीमा हार्ने निश्चित भएको र प्रदेश प्रतिनिधिमा हारेपछि नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेल समूहले रुपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ (क)मा लफडा झिकेको छ । लफडा झिकेर सो समूहका मत गणना प्रतिनिधि बाहिरिएपछि प्रदेश सभा क्षत्रीय समितिका पदाधिकारीसहित कार्यसमितिको मत गणना रोकिएको छ । क्षेत्रीय प्रतिनिधिको मतगणना सकिँदा १६ प्रतिनिधिमध्य पौडेल समूहबाट एक जनामात्र निर्वाचित भएका थिए । कार्यसमितिमा एक सय मतगणना हुँदा संस्थापनका उम्मेद्वार सुरेन्द्रजंग थापा १९ भोटले अगाडि थिए । प्रदेश सभा क्षेत्रीय सभापतिमा पौडेल समूहबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार छन् । प्रतिनिधिमा आफ्नो समूहको लज्जास्पद् हार भएको र कार्यसमितिमा पनि हार हुने निश्चित भएपछि कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकाल, प्रतिनिधि सभा सांसद भरतकुमार शाह, लुम्बिनी प्रदेश सभा सांसद रमा ...
एमालेमा वरिष्ठ उपाध्यक्ष को ?

एमालेमा वरिष्ठ उपाध्यक्ष को ?

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पदाधिकारी र केन्द्रीय सदस्य को हुने चर्चासमेत सुरु भएको छ । महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने दाबी हुँदै गर्दा नेताहरूले विभिन्न पदमा आफ्नो दाबी पेस गरिरहेका छन् । यही जोडघटाउ र रस्साकस्सीबीच १०औं महाधिवेशनबाट १५ पदाधिकारीमा कोको आउने भन...
अदालतमा राजनैतिक हस्तक्षेप नदेखियोस् भन्नेमा छौँ: प्रचण्ड

अदालतमा राजनैतिक हस्तक्षेप नदेखियोस् भन्नेमा छौँ: प्रचण्ड

राजनीति
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेको बताएका छन्। शनिबार जिल्ला सदरमुकाम भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालतमा देखिएको समस्या अदालतभित्र बाटै समाधान हुनुपर्ने बताएका हुन् । ‘अहिले अदालतमा देखिएको समस्या सकेसम्म अदालतभित्रबाटै समाधान होस् भन्ने हाम्रो चाहना हो, राजनैतिक दलहरुले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना हो, प्रचण्डले भने । अदालतमा देखिएको समस्याप्रति दलहरु चिन्तित रहेको उनको भनाइ थियो । प्रचण्डले भने, ‘गठबन्धनका तर्फबाट हामीले बनाएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यसको गरिमा स्वतन्त्रतालाई अविच्छिन्न राख्ने गरी छिटोभन्दा छिटो समाधान होस् भन्न...
एमसीसीलाई मतदानमा लैजान प्रचण्डले दिए सहमति

एमसीसीलाई मतदानमा लैजान प्रचण्डले दिए सहमति

Featured, राजनीति
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदको मतदानमा लैजान तयार भएका छन् । सम्भवतः सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनपछि बस्ने संसद बैठकमा एमसीसी सम्झौतामाथि मतदान हुनेछ । एमसीसी सम्झौता साढे २ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन छ । ३० असार २०७६ मा संसद सचिवालयमा दर्ता भएको यो सम्झौता संसदीय अनुमोदनमा लागि भन्दै पछिल्लो पटक थपेको म्याद मंसिर २८ (डिसेम्बर १४) मा सकिँदैछ । भदौमा नेपाल आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपालका लागि यो अन्तिम मौका हो भनेर फर्किएकी थिइन । तर पछिल्लो पटक प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसबारे सहमति खोज्न समय चाहिएको भन्दै एमसीसीलाई पत्र समेत लेखेका थिए । सम्झौताको म्याद सकिने अवधि नजिकिँदै जाँदा अमेरिकाले निर्णय लिन नेपालमाथि दबाव बढाएको छ । नेप...
वार्ता प्रस्ताव अस्वीकार गर्दै बारले घोषणा गर्‍यो थप आन्दोलन

वार्ता प्रस्ताव अस्वीकार गर्दै बारले घोषणा गर्‍यो थप आन्दोलन

Featured, राजनीति
काठमाडौं । प्रधानन्यायाधीश जबराले आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई शुक्रबार पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए । शुक्रबार नै बसेको बारको बैठकले जबराले राजीनामा दिनुपर्ने अडान कायम राख्ने र वार्ता नगर्ने निर्णय गरेको छ । साथै आइतबार देशभरका अदालतमा कानुन व्यवसायीहरुले बहस पैरवी नगर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । उनका अनुसार सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई ज्ञापनपत्र र प्रधानन्यायाधीश जबरामाथिको आरोप पत्र बुझाइने छ । मंगलबार कानून व्यवसायीहरुले देशभरका अदालतमा कुनैपनि मुद्दा दर्ता नगरी सांकेतिक विरोध गर्नेछन् । तर हदम्यादको अन्तिम दिन भएका मुद्दा भने दर्ता गर्न छुट दिने निर्णय भएको छ । बुधबार केन्द्रीय बारबाट प्रतिनिधि पठाई उच्च अदालत केन्द्रित धर्ना हुनेछ भने बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन...
वार्ताका लागि प्रधानन्यायाधीले पठाए बार अध्यक्ष श्रेष्ठलाई पत्र

वार्ताका लागि प्रधानन्यायाधीले पठाए बार अध्यक्ष श्रेष्ठलाई पत्र

राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएका छन् । उनले वार्ताका लागि उक्त पत्र पठाएका हुन् । बारको सल्लाहकार समितिको बैठक शुरु हुनलाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको हो । बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए । बारका एक पदाधिकारीका अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन् ।...
एमसीसी पारित गर्न प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्रीले दिए २५ दिनकाे ‘अल्टिमेटम’

एमसीसी पारित गर्न प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्रीले दिए २५ दिनकाे ‘अल्टिमेटम’

Featured, राजनीति
काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले अमेरिकी सहयाेग मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न नेपाललाई २५ दिनकाे अल्टिमेटम दिएका छन् । एससीसी सम्झौतामार्फत् आर्थिक सहयोग नेपालले लिने वा नलिने विषयमा मंसिर २८ गतेसम्म टुंगोमा पुग्न अमेरिकी सहायक विदेशमन्त्री लूले समयसीमा दिएका हुन्। नेपाल भ्रमणमा रहेका लूले शुक्रबार सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा यस्तो समयसीमा तोकेको स्वीकय सचिव रमेश मल्लले जानकारी दिए। मल्लले दाहालसँगको भेटमा लूको भनाइ उद्धृत गर्दै भने,‘एमसीसी परियोजना बारे सम्झौता अघि बढाउने वा नबढाउने भन्ने विषयमा १४ डिसेम्बरभित्र निश्चित गर्नुपर्छ। नभए हामी फिर्ता लैजान सक्छौं।’ जवाफमा प्रचण्डले यसबारे सल्लाह गर्ने बताएका थिए। प्रचण्डको भनाइ थियो, ‘हामी राजनीतिक दल, नागरिक समाज, बु...
१४ जिल्लामा काँग्रेसले पायो नयाँ नेतृत्व : देउवा र पौडेलमध्ये को बलियो ?

१४ जिल्लामा काँग्रेसले पायो नयाँ नेतृत्व : देउवा र पौडेलमध्ये को बलियो ?

Featured, राजनीति
काठमाडौं : नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएका छन्। बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनबाट केन्द्रीय सभापति शेरबहादुर देउवा निकट गर्बुजा सर्वसम्मत चयन भएका हुन् । सभापति पदमा गर्बुजाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । गर्बुजा यसअघिको कार्यसमितिका पनि सभापति थिए । छैटौं जिल्ला अधिवेशनमा नेत्रबहादुर महतसँग चुनाव लडेका गर्बुजा दोस्रो पटक सर्वसम्मत नेतृत्व दोहरिइने अवसर पाएका हुन्। योसँगै १४ जिल्लामा काँग्रेसको नयाँ नेतृत्वको चयन भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल चुनिएका छन्। यद्यपि, रोका र न्यौपाने आफू निकट रहेको दे...
न्यायको मन्दिरमा दमन र धम्की

न्यायको मन्दिरमा दमन र धम्की

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन्। प्रहरीको दमन भोगिन्। कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए। झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो न्यायको मन्दिर। न्यायालय शुद्धीकरणको अभियानअन्तर्गत धर्नारत अन्य कानुन व्यवसायीभन्दा अगाडि थिइन् बराल। त्यही बेला महिला प्रहरी आएर लछारपछार गरेको उनले सुनाइन्। ‘हातले धकेलेजस्तो देखाउने तर तलबाट बुटले हिर्काउने रहेछन्’, उनले भनिन्, ‘हातमा पनि सामान्य चोट लागेको छ।’ प्रहरीले शान्तिपूर्ण धर्नामा हस्तक्षेप गर्दा बरालसँगै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएका छन्। अध्यक्ष श्रेष्ठलाई जोगाउन खोज्दा नेपाल बारका केन्द्रीय सदस्य प्रकाश महर्जनको टाउकोमा चोट लागेको छ। उनी अस्पताल भर्ना भएका छन्। सर्वोच्च बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे, अधिवक्ताहरू कपिलचन्द्र प...