राजनीति

महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

Featured, राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छिन् । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश दिँदै उनले ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गरिन् । “नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ, परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको छ”, सन्देशमा भनिएको छ, “यद्यपि कानूनले निषेध गरेका बोक्सी, छाउपडी, दा...
कांग्रेस १४औं महाधिवेशन : २८ जिल्लामा नयाँ नेतृत्व, कुन समूह अगाडि ?

कांग्रेस १४औं महाधिवेशन : २८ जिल्लामा नयाँ नेतृत्व, कुन समूह अगाडि ?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । हालसम्म चयन भएका जिल्लाको नेतृत्व हेर्दा कांग्रेसको केन्द्रीय नेतृत्वकै दुई गुटबीच कडा टक्कर देखिएको छ । १४औं महाधिवेशनअन्तर्गत एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी गरी ३५ निर्वाचन क्षेत्र छन् । तीमध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको हो । जिल्ला अधिवेशन सम्पन्न भएका २८ जिल्लाको परिणाममा कांग्रेसको संस्थापन पक्ष अगाडि देखिएको छ । सार्वजनिक मत परिणामअनुसार २८ मध्ये १५ जिल्लामा हालका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्दै आएको संस्थापन समूहले नेतृत्व हात पारेको छ । यस्तै, १३ वटा जिल्लामा संस्थापनइतर समूहले नेतृत्व पाएको छ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा भने जिल्ला नेतृत्व चयन गर्न १० मंसिरमा जिल्ला अधिवेशन तो...
कांग्रेस होसियार ! प्रचण्डले सिध्याउलान् : केपी ओली

कांग्रेस होसियार ! प्रचण्डले सिध्याउलान् : केपी ओली

राजनीति
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी गरेका छन् । युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब कांग्रेसलाई बिगार्न सक्ने बताएका हुन् । एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार कांग्रेस प्रचण्डले सिध्याउलान् ।’ कांग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताए ।...
नेपालमा धार्मिक अतिवाद र आतंकवादको खतरा बढदै

नेपालमा धार्मिक अतिवाद र आतंकवादको खतरा बढदै

राजनीति
वीरगञ्ज । मुलुकलाई धार्मिक अतिवाद र आतंकवादबाट जोगाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । उनीहरुले यी दुवै क्रियाकलापले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती थपिन सक्ने बताएका छन् । राष्ट्रिय एकता अभियान पर्साले वीरगञ्जमा आयोजना गरेको नेपालको राष्ट्रिय सुरक्षा र २६÷११ मुम्बई हमला विषयक परिचर्चामा बोल्ने वक्ताहरुले त्यस्तो बताएका हुन् । धार्मिक अतिवादी संगठन र वाह्य आतंकवादी संगठनहरुबाट भारतमा विभिन्न आपराधिक घटना भएको उदाहरण बताउँदै ती वक्ताहरुले त्यसतर्फ राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार अनिल तिवारीले नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमलाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नेपालमा कुनै पनि देशको नागरिक सहजै आउन सक्ने, खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण बेला बेलामा देखिएको घुसपैठ हुने गरेको, पाकिस्तानले नेपाली भूमि, नाका मार्फत भारत विर...
रोङ गाउँपालिका अध्यक्ष राई कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

रोङ गाउँपालिका अध्यक्ष राई कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

राजनीति
इलाम : नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा समशेर राई निर्वाचित भएका छन् । उनी २ सय ४७ मतसहित क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित राई रोङ गाउँपालिकाका अध्यक्ष हुन् । उनका निकटतम प्रतिष्पर्धी भीष्म प्रधानले २ सय १४ मत प्राप्त गरे । सभापतिका अर्का प्रतिस्पर्धी दुर्गा बरालले १ सय ९७ मत पाए । क्षेत्रीय सभापतिका चार उम्मेदवारमध्ये मिलन क्षेत्रीले २१ मत ल्याएका छन् । क्षेत्रीय सचिवमा राजकुमार लिम्बु र यामन लामा विजयी भएका छन् । लिम्बुले २ सय ५४ मत र लामाले २ सय ३१ मत प्राप्त गरे । सहसचिवमा प्रज्वल भट्टराइले ३ सय १० र बुद्रधराज लिम्बुले २ सय ६६ मत ल्याएका छन् ।...
सवारी दुर्घटनामा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधन

सवारी दुर्घटनामा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधन

राजनीति
बुटवल : नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि' को सवारी दुर्घटनामा निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका थिए । सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पार्टी कामकै शिलशिलामा उनी दाङबाट बुटवल फर्किदै थिए । बञ्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले बुटवलको जितगढीमा ठक्कर दिएको थियो । जितबहादुर रानामगरले चलाएको मोटरसाइकलमा उनी पछाडि सवार थिए । दुर्घटनामा परी रानामगरसमेत घाइते भएका छन् । बुटवलको जितगढीका स्थायी बासिन्दा रहेका ५६ वर्षीय बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । बञ्जाडेको निधनप्रति नेकपा माओवादी केन्द्र रुपन्देहीले गहिरो दु:ख प्रकट गरेको छ । उनको...
प्रधानन्यायाधीश जबरालाई महाभियोग ? साना दल आक्रामक, ठूला दल कुरा चपाउँदै

प्रधानन्यायाधीश जबरालाई महाभियोग ? साना दल आक्रामक, ठूला दल कुरा चपाउँदै

Featured, राजनीति
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले राजनीतिक दल गुहारेका छन् । जबराले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया (महाभियोग)बाटै अघि बढ्ने भनेपछि महिना दिनदेखि आन्दोलनरत कानुन व्यवसायी सोमबारदेखि राजनीतिक दलको दैलोमा पुगेका छन् । न्यायालयमा विकृति, विसंगती, बिचौलिया र भ्रष्टाचार अन्त्य गर्न प्रधानन्यायाधीशको बहिर्गमन बटमलाइन बनाएर आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले विभिन्न चरणको आन्दोलनपछि सोमबार प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षसहित संसदमा प्रतिनिधि दलका नेता तथा प्रमुख सतेचकलाई ज्ञापनपत्र बुझाए । न्यायालयमा विकृतिको मुख्य जिम्मेवार जबरालाई देखाउँदै संवैधानिक प्रक्रियाबाट बहिर्गमन गराउन बारले संसदमा प्रतिनिधित्व गर्ने दल गुहारेको हो । नेपाल बारका अध्यक्ष चण्डेश्...
कांग्रेस महाधिवेशन : मन्त्री चौधरी निर्विरोध महाधिवेशन प्रतिनिधि

कांग्रेस महाधिवेशन : मन्त्री चौधरी निर्विरोध महाधिवेशन प्रतिनिधि

राजनीति
दाङ : दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन् । थारु कोटाबाट उम्मेदवार बनेका चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका हुन् । त्यस्तै थारु महिना कोटाबाट कल्पना चौधरी निर्विरोध निर्वाचित भएकी छन् । क्षेत्र नम्बर ३ मा एक सयभन्दा बढी थारु प्रतिनिधि चुनिएका छन् । त्यसै गरेर ऊर्जा जलस्रोत तथा सिँचाई राज्य मन्त्री अर्जुनकुमार श्रेष्ठ आदिवासी जनजातिको कोटाबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । उनी पनि निर्विरोध निर्वाचित भएका हुन् । त्यसै गरेर आदिवासी जनजाति कोटाबाट नै नेपाली कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना पनि निर्विरोध निर्वाचित भएकी छन् । अन्य सबै पदमा निर्वाचन हुने भएको छ ।...
कांग्रेस केन्द्रीय सभापतिका उम्मेदवार विमलेन्द्र निधिद्वारा २३ बुँदे घोषणापत्र सार्वजनिक

कांग्रेस केन्द्रीय सभापतिका उम्मेदवार विमलेन्द्र निधिद्वारा २३ बुँदे घोषणापत्र सार्वजनिक

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। निधिले सोमबार बेलुकी २३ बुँदे संक्षिप्त घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमार्फत उनले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको जानकारी गराएका छन्। निधिको २३ बुँदे घोषणापत्र वैचारिक रुपमा स्पष्ट कांग्रेस, एकताबद्ध कांग्रेस र गतिशील कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस सभापति पदमा मेरो उम्मेदवारी किन ? आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउन। नेपाली कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न। नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाल...
कांग्रेस महाधिवेशन : ६० जिल्लाका १४८ प्रतिनिधिसभा क्षेत्रमा आज अधिवेशन

कांग्रेस महाधिवेशन : ६० जिल्लाका १४८ प्रतिनिधिसभा क्षेत्रमा आज अधिवेशन

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले आज ६० जिल्लाका १ सय ४८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन गर्ने भएको छ। वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो। यो अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुनिनेछन् भने अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन्। कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँछन्। तिनै महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्य हुन्छन्। बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाट आइराख्नुपर्दैन स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् भने वैकल्पिक केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि चुनिएरै आउनुपर्ने हुन्छ। कांग्रेसले यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन गरिसके...