राजनीति

राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई

राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई

Featured, राजनीति
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका हुन् । पराजित थापाले नवनिर्वाचित अध्यक्ष लिङदेनलाई वधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन् । ‘ प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु, ’ थापाले ट्वीट गरेका छन् । मतदानमा लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।...
कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका शाही विजयी

कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका शाही विजयी

Featured, राजनीति
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय भएका छन् । शाही संस्थापन (सभापति शेरबहादुर देउवा)समुहका हुन् । कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलमे ७ मत प्राप्त गरेका छन् । खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ । भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल)समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन् । सभापतिबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदको मतगणना भइरहेकाे छ ।...
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, औपचारिक घोषणा हुन बाँकी

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, औपचारिक घोषणा हुन बाँकी

Featured, राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन्। मतगणना सकिनु अगावै उनको जित निश्चित भएको हो। ५० भोट मात्रै गणना गर्न बाँकी रहेको अवस्थामा लिङदेनले करिब २०० मतको अग्रता लिएको पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले जानकारी दिए। केहीबेरमै मतगणना सकेर औपचारिक घोषणा गर्ने तयारी निर्वाचन समितिको छ। औपचारिक घोषणा हुन बाँकी रहे पनि लिङ्देनले जित पक्का गरेका छन्।...
कांग्रेस बागमती सभापतिमा प्रधान, जोशी र बानियाँको उम्मेदवारी, आज मतदान

कांग्रेस बागमती सभापतिमा प्रधान, जोशी र बानियाँको उम्मेदवारी, आज मतदान

Featured, राजनीति
मकवानपुर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ । प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान, गोविन्दराज जोशी र ईन्द्रबहादुर बानियाँको मनोनयन दर्ता भएको हो । उम्मेद्‌वारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने जोशी र बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् । प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक केशवप्रसाद काफ्लेका अनुसार सभापतिमा आज शनिबार बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका २ हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।...
कांग्रेस प्रदेश १ अधिवेशन : नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी

कांग्रेस प्रदेश १ अधिवेशन : नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी

Featured, राजनीति
विराटनगर : नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत नौ पदाधिकारीका लागि २० जनाले उम्मेदवार दिएका छन् । सभापति पदमा गुरु घिमिरे र उद्धव थापाले उम्मेदवारी दिएका छन् । थापा संस्थापन पक्षका नेता हुन भने घिमिरे इतर समूहका नेता हुन् । दुई जना उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन् । दुई जना महामन्त्रीका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गा उम्मेदवार बनेका छन् । सहमहामन्त्री महिला दुई र खुला दुई गरी चार जना हुने व्यवस्था भए पनि १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा प्रमीला गच्छदार, मानबहादुर लिम्बू, अञ्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापाले रहेक...
कांग्रेस अधिवेशनः लुम्बिनीमा मुस्लिम समुदायकी कान्छी उम्मेदवार

कांग्रेस अधिवेशनः लुम्बिनीमा मुस्लिम समुदायकी कान्छी उम्मेदवार

राजनीति
बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बनेकी छन् । मुस्लिम महिलातर्फबो कोटाबाट उम्मेदवार बनेकी उनी शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहेकी थिइन् । शनिबार पनि उनले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहेकी छन् । कांग्रेसको १३औँ महाधिवेशनबाट क्रियाशिल सदस्यता लिएको उनले बताइन् । 'मैले १८ वर्षको उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएकी हुँ, अहिले २४ वर्षकी भएँ, प्रदेश सदस्य भएर जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने लागेको छ,' डा. अलविराले भनिन् । बाबु अंकित मियाको प्रेरणाबाट आफू राजनीतिमा लागेको उनको भनाइ छ । अंकित ३० वर्षदेखि कांग्रस क्रियाशिल सदस्य छन् । पूर्वक्षेत्रीय सभापति रहेका अंकित अहिले महाधिवेशन प्रतिनिधि छन् । चिकित्सक पेशा अंगालेकी हुनाले आफू बिरामीको उपचारमै केन्द्रित ह...
एनआरएनए विवादमा फेरि तानिइन् आरजु देउवा

एनआरएनए विवादमा फेरि तानिइन् आरजु देउवा

राजनीति
लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिएकी छन् । गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले आयोजना गरेको राष्ट्रिय अध्यक्षहरुको भेलाद्वारा जारी विज्ञप्तिमा आरजुमाथि अध्यक्ष पन्तले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै खेद व्यक्त गरे पछि उनी औपचारिक रुपमा विवादमा तानिएका हुन् । यसअघि संघका केन्द्रीय पदाधिकारीले आरजुमाथि आराेप लगाएका थिए तर संस्थागत रुपमा आरजुको नाम पहिलो पटक भेलामै मुछिएकाे हाे । पन्तले देशका प्रधानमन्त्री, संस्थाका प्रमुख संरक्षक, उनीहरूका धर्म पत्नी लगायतविरुद्ध दिएको सार्वजनिक अभिव्यक्तिले संस्थाको मर्यादा तल झार्ने काम गरेका निश्र्कष निकालेको छ । भेलाले ६ बुँदे सुझाव निकाल्दै पाटन उच्च अदालतले संघको निर्वाचनका सम्बन्ध जारी गरेको अन्तरिम आदेशको अवहेलना गर्दै ६५ प्रत...
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्यादेश जारी गरेकी थिइन् । संसदलाई छल्दै अध्यादेश ल्याउने गरेको भन्दै सरकारको आलोचना समेत हुने गरेको छ ।...
कांग्रेसको प्रदेश अधिवेशन आज : सात प्रदेशमा को-कोबीच हुँदैछ भिडन्त ?

कांग्रेसको प्रदेश अधिवेशन आज : सात प्रदेशमा को-कोबीच हुँदैछ भिडन्त ?

Featured, राजनीति
काठमाडौं : देश संघीयतामा गएपछि कांग्रेसले पार्टीको संगठनलाई संघीय संरचना पनि त्यहीअनुसार ढालेको छ । जसअनुसार कांग्रेसले वडा, पालिका, प्रतिनिधिसभारप्रदेश क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएको छ । बुधबारसम्म कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । बिहीबार एकसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ । १४औँ महाधिवेशनपछि कांग्रेसले आफूलाई संघीय संरचनामा रूपान्तरण गर्न पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो । कांग्रेस कार्यतालिकाअनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुनेछ । १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ । कांग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएका जनाएको छ । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले सबै तयारी पूरा गरी प्रदेश अधिवेशनका लागि निर्वाचन अधिकृत खटाएको जानकारी दिए । उनका अनुसार सात प्रदेशका लागि तीन–तीनजनाका दरले २१ अध...
कांग्रेस चुनावः भक्तपुर १ मा संस्थापन पक्षले धाँधली गरेकाे आराेप, पुन: मतदानको माग

कांग्रेस चुनावः भक्तपुर १ मा संस्थापन पक्षले धाँधली गरेकाे आराेप, पुन: मतदानको माग

राजनीति
भक्तपुर : नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ मा भएको चुनावमा एक पक्षीय मतगणना भएको भन्दै पुनः मतदानको माग गरिएकाे छ । संस्थापनइतरले प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रीय समितिको निर्वाचनमा संस्थापन समूहले एक पक्षीय रुपमा मतगणना गरेको आरोप लगाएको हाे । विज्ञप्तिमा उल्लेख भएअनुसार पार्टीका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेँलले मतपत्र नै साटेको आरोप लगाइएको छ । तरुण दलका पूर्वकेन्द्रीय अयक्ष विनोद कायस्थका अनुसार जिल्ला सभापति थापाले चाँगुनारायण प्रदेशसभाका नवनिर्वाचित सभापति जयन्द्र खड्का र रविन्द्र प्रधानको गलत कामलाई साथ दिएको र क्षेत्रीय अधिवेशनपछि मतगणना सुरु हुँदा पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भडेँलको नेतृत्वमा केही युवाले होहल्ला गरेर मतगणना गर्न दिएको थिएनन् । जिल्ला...