कांग्रेस महाधिवेशन : सभापतिमा देउवा ‘सेफजोन’मा, महामन्त्रीमा को बलियो ?
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिल्ला र प्रदेश अधिवेशनमा स्पष्ट बहुमतका साथ १४ औं अधिवेशनमार्फत पुनः पार्टी नेतृत्व हाँक्ने तयारीमा रहेका छन्।
प्रदेश २ का ८ सहित १६ जिल्लामा अधिवेशन हुन बाँकी रहे पनि ६१ जिल्ला र प्रदेश अधिवेशनको परिणाम घोषणा हुँदा देउवा पक्ष पार्टीको आन्तरिक प्रतिस्पर्धामा बहुमतमा रहन सफल भएको हो ।
केन्द्रीय निर्वाचन समितिका एक सदस्यले कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा यसपटक देउवा शक्तिशाली भएको बताए । ‘सभापतिजीको पक्षमा बहुमत छ । पार्टीभित्र झण्डै ५५ प्रतिशतभन्दा बढी उहाँको पक्षका महाधिवेशन प्रतिनिधिले जितेका छन्, प्रदेशमा पनि बलियो पकड देखिएको छ,’ ती सदस्यले भने ।
‘देउवा निर्विकल्प’ नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । सरकारको नेतृत्व गरेको दल महाधिवेशनको तयारीमा जुटिरहँदा अन्तर्राष्ट्रिय चासो पनि अवश्य हुन्छ । ने...







