राजनीति

‘एमसीसीका कारण देशमा राजनीतिक सङ्कट’

Featured, राजनीति
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताए। उनले एमसीसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राखे । अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।...
एमाले-कांग्रेस वार्ता : सभामुखको विकल्प खोज्न कांग्रेस तयार

एमाले-कांग्रेस वार्ता : सभामुखको विकल्प खोज्न कांग्रेस तयार

Featured, राजनीति
काठमाडौं - अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ । पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार भएका हुन् । बिहीबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच एकै दिन दुई चरणमा वार्ता भएको थियो । दिउँसो संसद् भवनमै र साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता भएको हो । प्रमुख सत्तारूढ दल कांग्रेसले गठबन्धनभित्रबाट एमसीसीमा सहमति हुने अवस्था नदेखेपछि एमालेको साथ खोज्दै आइरहेको छ । बिहीबार डाकिएको प्रतिनिधि सभाको बैठकअघिसमेत गबन्धनभित्र एमसीसीका विषयमा सहमति नजुटेपछि कांग्रेस विकल्पको रोज्न अघि बढेको हो । कांग्रेस पछिल्ला केही दिनयता सभाम...
प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे संसद बैठक बस्न लागेको हो । बिहीबार बस्न लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए । संसदमा अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले बैठक रोक्न लगाएका हुन् । आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यक्रममा पनि एमसीसी समेटिएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।...
कांग्रेस-एमाले छलफल : सरकारका प्रवक्ता यसो भन्छन्

कांग्रेस-एमाले छलफल : सरकारका प्रवक्ता यसो भन्छन्

Featured, राजनीति
काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफल सकिएको छ । बिहीबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा करिब २ घण्टा चलेको छलफलमा संसद सुचारु गर्ने विषयमा छलफल केन्द्रीत रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । बैठक सकिएसँगै एमाले नेताहरु कुनै प्रतिक्रिया नदिइ बाहिरिएका थिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता सहभागी थिए । बैठकपछि सरकारका प्रवक्ता कार्कीले प्रधानमन्त्रीले ६ महिनादेखि अवरुद्ध संसद व्यवस्थित रुपमा सञ्चालन गर्न पहल गरेको जानकारी दिए । 'प्रधानमन्त्रीले ६ महिनादेखि अवरुद्ध संसद व्यवस्थित रुपमा सञ्चालन गरौं, सबैको सहयोगमा संसदबाट एमसीसीलाई अनुमोदन गरौं भन्नु भयो' उनले भने, 'एमाले अध्यक्ष केपी ओलीले पुरानै कुरा राख्नु भएको छ। जुन कारणले संसदमा प्रवेश गर्न सके...
बाबुरामको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव सशंकित

बाबुरामको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव सशंकित

राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालमा आफ्नो बहुमत सिद्ध गर्न पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हस्ताक्षर अभियान जारी राखेका छन् । पार्टीमा देखिएको समस्याबारे छलफलका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका छन् तर भट्टराईले अझै हस्ताक्षर अभियानलाई निरन्तरता दिइरहेका छन् । भट्टराईले सञ्चालन गरेको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव पक्षका नेताहरुले आपत्ति जनाएका छन् । भट्टराई पक्षका कार्यकारिणी सदस्य प्रशान्त सिंह भन्छन्, ‘हामीले दुईटा कारणले यो हस्ताक्षर अभियान चलाएका हौं, पहिलो, अध्यक्ष उपेन्द्र यादवमाथि पार्टीको बैठक बोलाउन प्रेसर बनाउन र दोस्रो, हामीले जुन मुद्दा उठाएका छौं, त्यो मुद्दाप्रति पार्टीभित्र कस्तो मत छ त्यो जान्नका लागि ।’ यो हस्ताक्षर अभियानलाई पार्टी फुटाउने नजरले हेर्नु गलत हुने भन्दै उनले पार्टीलाई झन् म...
कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि स्थगित

कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि स्थगित

राजनीति
काठमाडौं - नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो । कांग्रेसले बुधबार एक सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
संसद् बैठक छल्न कुश्मा पुगे अर्थमन्त्री शर्मा

संसद् बैठक छल्न कुश्मा पुगे अर्थमन्त्री शर्मा

राजनीति
काठमाडौँ : एमसीसी पारित गर्ने तयारी भएका बेला संसद् बैठक छल्न अर्थमन्त्री जनार्दन शर्मा पर्वतको कुश्मा पुगेका छन् । पर्वत उधोग वाणिज्य संघको बिहीबार हुने साधारणसभामा सहभागी हुन अर्थमन्त्री शर्मा कुश्मा पुगेका हुन् । कुश्मामा पर्वतका व्यापारीले स्वागत गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै अर्थमन्त्री शर्माले न्यानो आतिथ्यताका लागि धन्यवाद भनेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पारित गर्ने तयारी छ । तर नेकपा माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने तयारी गरेपछि अर्थमन्त्री शर्मा संसद् छल्न अघिल्लै दिन कुश्मा पुगेका हुन् । यसअघि एमसीसी टेबल गर्दा पनि अर्थमन्त्री शर्मा संसद्मा अनुपस्थित थिए ।...
आज प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

आज प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

Featured, राजनीति
काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । संसद् सचिवालयका अनुसार आजको बैठकमा एमसीसीमाथि छलफल हुने छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ । जसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल रहेको छ। गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो।...
एमसिसीमा बाबुरामले दिए दुई विकल्प

एमसिसीमा बाबुरामले दिए दुई विकल्प

Featured, राजनीति
काठमाडौं - अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् । उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसिसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन् । तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन । पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सत्तामा रहे पनि एमसिसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन् । जसपाभित्र पनि दुई धार छ । गठबन्धनको नेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन । भट्टराईले अर्काे विकल्प अगाडि सारेका छन्- नयाँ समीकरण । नयाँ समीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ । यो विषयमा कांग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमति जुटेको...
एमसीसीको डँढेलो लगाएपछि निभाउने जिम्मा सबै दलको हो : बाबुराम भट्टराई

एमसीसीको डँढेलो लगाएपछि निभाउने जिम्मा सबै दलको हो : बाबुराम भट्टराई

Featured, राजनीति
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको टिप्पणी गरेका छन् । गएराति एक ट्वीट गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । संसदमा टेबुल भएको एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव समेत गरेका छन् । उनले अहिलेको अवस्थामा एमसीसी पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्ने समेत उनले औँल्याएका छन् । उनले लेखेका छन्, एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयॉ समीकरण बन्नुपर्यो ! अर्को बाटो छैन !’...