राजनीति

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

राजनीति
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ’, खतिवडाले भने । उनले सरकारमा जाने र एमसीसीको विरोधसँग कुनै कुरा जोड्न नहुने पनि बताए । ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ’, खतिवडाको भनाइ छ ।...
गठबन्धनप्रति विष्णु रिमालको आक्रोश : गठबन्धन ‘घिउ बेचुवा र तरवार बेचुवा’ जस्तो !

गठबन्धनप्रति विष्णु रिमालको आक्रोश : गठबन्धन ‘घिउ बेचुवा र तरवार बेचुवा’ जस्तो !

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धन ‘घिउ बेचुवा र तरवार बेचुवा’ जस्तो रहेको आरोप लगाएका छन् । अमेरिकी सहायता सम्झौता एमसीसी संसदमा टेलब गरिएको भोलिपल्ट आज बिहानै सामाजिक सञ्जालमार्फत उपमहासचिव रिमालले गठबन्धविरुद्ध कडा शब्दमा आक्रोश पोखेका हुन् । उनले प्रधानमन्त्रीको दल र सभामुखको दल एमालेलाई देखाएर एक अर्कामाथि हावी हुने दाउमा रहेको समेत बताएका छन् । उनले क्याविनेटमा सुरक्षा टाइट गर्ने निर्णय गरेर सडकमा हिंसात्मक विरोधका लागि कार्याकर्ता उकासेको समेत आरोप लगाएका छन् । एमसीसी संसदमा टेबल भएपछि अहिले गठबन्धनमाथि विभिन्न प्रश्न उठिरहेको छ । सोही विषयलाई लिएर उपमहासचिव रिमालले भनेका छन्, हाउसमा दलको जानकारी बेगर-‘सिखण्डी’ खडा गरेर “बहस पनि यसैगरी, निर्णय पनि यसैगरी” हुने भन्दै​ कपटपूर्ण अभ्यासमा ‘गठबन्धन’ छ । ‘गठबन्धन’वालाहरू घिउ बेचुवा र तरबार बेचुवा’ जस्ता! प...
एमसीसीबारे शक्ति केन्द्रहरूका दबाबमा होइन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं : भट्टराई

एमसीसीबारे शक्ति केन्द्रहरूका दबाबमा होइन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं : भट्टराई

Featured, राजनीति
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरुका दबाबमा नभइ एमसीसी सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन् । जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितकानिम्ति सकारात्मक रहेको बताएका छन् । भट्टराईले भनेका छन्, 'जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ । संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं! दलीय/गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं !'...
एमसीसी सम्झौता निर्णयार्थ पेस हुनुअघि माओवादी सरकारबाट बाहिरिन्छ : नारायणकाजी श्रेष्ठ

एमसीसी सम्झौता निर्णयार्थ पेस हुनुअघि माओवादी सरकारबाट बाहिरिन्छ : नारायणकाजी श्रेष्ठ

Featured, राजनीति
काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमसीसी सम्झौता निर्णयार्थ पेश हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले एमसीसी बलजफ्ती संसदमा टेबल गरिए सरकार छोड्ने पार्टी संसदीय दल र सचिवालयको बैठकको निर्णय परिवर्तन नहुने अडान समेत राखेका हुन्। एमसीसी संसदमा टेबल भएपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीको निर्णय अनुसार अब आफूहरू सरकारमा बस्न नसक्ने स्पष्ट पारे । नेता श्रेष्ठले एमसीसी जस्तो नेपाललाई दूरगामी असर पुर्‍याउने र राष्ट्रियतासँग सम्बन्धित तथा सिङ्गो नेपाली समाज विभाजित भएको संवेदनशील सम्झौतालाई प्रधानमन्त्री शेरबहादुर देउवा र उनी नेतृत्वको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध पारिरहेको बेला संसदमा टेबल गरेको भन्दै आपत्ति जन...
एमसिसीमा देउवाको दर्बिलो अडान

एमसिसीमा देउवाको दर्बिलो अडान

राजनीति
काठमाडौं- देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा एमसिसी पेस गरेका हुन्। सरकारको नेतृत्व गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दर्बिलो अडानले एमसिसी संसद्मा टेबुल भएको हो। संसद्को नेतृत्व, सत्ता साझेदार केही दल र केही शक्ति एमसिसी संसद्मा लैजाने प्रस्तावको विरोधमा रहे पनि कांग्रेस र प्रधानमन्त्री देउवाको अडानमा एमसिसी संसदीय प्रक्रियामा प्रवेश गरेको हो। ‘एमसिसीका विषयमा कत्रो भ्रम फैलाइएको थियो। नेपालमा अमेरिकी सेना आउँछ। नेपाल अफगानिस्तान जस्तै हुन्छ। यस्तै यावत भ्रमले सबैलाई ग्रसित पारिसकेको थियो,’ वर...
अपराधबाट उम्कन शक्तिकेन्द्रमा दौडधुप

अपराधबाट उम्कन शक्तिकेन्द्रमा दौडधुप

पत्रपत्रिका, राजनीति
काठमाडौं - २५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा छानबिनमा परेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रमा दौडधुप गरिरहेको पाइएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्सका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर छानबिन गर्दै आइरहेको छ । छानबिनकै क्रममा राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरे पनि उनीहरूले सो विवरण दिन आलटाल गरिरहेका छन् । राजस्व अनुसन्धान कार्यालयले ढेड साताअघि नै सबै सञ्चालकसँग विवरण माग गरे पनि हालसम्म उनीहरूले कुनै विवरण बुझाएका छैनन् । विवरण बुझाउनुको साटो केही सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रकहाँ धाइरहेको बुझिएको छ । केही समय अघि मात्रै राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिका...
प्रचण्ड र माधव नेपाल एक ठाउँमा, एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने

प्रचण्ड र माधव नेपाल एक ठाउँमा, एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने

Featured, राजनीति
काठमाडौं - एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा उभिएका छन् । उनीहरुले संसदमा एमसीसी टेबल भएपनि यथास्थितिमा पास हुन नसक्ने बताएका छन् । अध्यक्ष नेपालले आइतबार राति सामाजिक सञ्जालमार्फत यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् । असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति सांसदहरूको नभइ सबै तहका जनताको विरोध वा समर्थन हुन हुन सक्ने बताएका छन् । यसो गर्न पाउनु संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको बिषय भएको नेपालको भनाइ छ । ‘अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमति सहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहाँहरूको सम्पूर...
कमल थापाालाई आफ्नै छोरी र भतिजाले दिएनन् साथ

कमल थापाालाई आफ्नै छोरी र भतिजाले दिएनन् साथ

Featured, राजनीति
काठमाडौँ । राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष भएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित पारिवारिक सदस्यको असहयोग देखिएको छ । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि लाक्पा शेर्पाले दर्ता गरेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएका थापालाई उनकै पारिवारिक सदस्यको साथ देखिएन । काठमाडौंमा शनिबार उनले ‘राप्रपा नेपाल’ पार्टीको घोषणा गरे । तर, राप्रपाको सदस्यमा निर्वाचित भएका छोरी प्रतिष्ठा थापा र भतिजा अभिषेक थापा राप्रपा नेपालको घोषणा कार्यक्रममा गएनन् । उनीहरुले राप्रपाको सदस्यबाट पनि राजीनामा दिएका छैनन् । राप्रपा सदस्यमा निर्वाचित प्रमाणपत्र नबुझेका प्रतिष्ठा र अभिषेक औपचारिक रुपमा कुनै पार्टीमा आवद्ध भएका छैनन् । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालको घोषणा कार्यक्रम नदेखिनुले पनि उनीहरू सो पार्टीमा नरहेको स्पष्ट हुन्छ । पुराना साथीलाई आफूलाई सहयोग...
एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

राजनीति
काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दै छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् । तर संसद् सुचारु गरेपछि तथा दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् । अर्को घटक जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने संसद्बाट तत्काल एमसीसी अनुमोदन गर्नुपर्ने बताउँदै आएका छन् । बिहीबार साँझ प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गरी एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेका थिए । सहमतिअनुसार यही फागुन १...
सत्ता गठबन्धनको बैठक बस्‍दै, एमसीसीबारे जुट्‌ला त सहमति ?

सत्ता गठबन्धनको बैठक बस्‍दै, एमसीसीबारे जुट्‌ला त सहमति ?

Featured, राजनीति
काठमाडौँ- सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान १० बजे बस्‍दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक बस्‍न लागेको हो । आज संसद्‌मा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । संसद्‌ अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनले छलफल गर्न लागेका हुन् । बिहीबार दुई घण्टा बढी समयसम्म बसेको बैठकले निर्णय दिन नसकेपछि आज बैठक बस्‍न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको बैठकमा एमसीसी सम्झौता जसरी पनि संसदमा पेस गर्ने अडान दोहोर्‍याएका थिए भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरूले भने एमसीसी संसद्‌मा टेबल हुन नहुने अडान राखेका थिए ।...