राजनीति

आज संसद् बैठक बस्‍दै, यस्तो छ सम्भावित कार्यसूची

आज संसद् बैठक बस्‍दै, यस्तो छ सम्भावित कार्यसूची

राजनीति
काठमाडौं – संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले 'आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८' पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् । बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सभामुख अग्नि सापकाेटाले संसद बैठक अघि छलफलका लागि कार्य व्यवस्थाकाे बैठक ११:३० मा बोलाएका छन्।...
संसद् खोल्न र एमसीसीमा सघाउन ओलीलाई देउवाको प्रस्ताव

संसद् खोल्न र एमसीसीमा सघाउन ओलीलाई देउवाको प्रस्ताव

Featured, राजनीति
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधुप बढेको छ । बिहीबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसीका विषयमा सहमत गराउन अघि सरेका देउवा राति अबेरसम्म पनि सफल नभएपछि एमाले अध्यक्ष केपी ओलीलाई मनाउन राति नै उनको बालकोटस्थित निवास पुगेका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना एमालेकै विगतको सरकारले अघि सारेको विषय भएकाले सो परियोजनासम्बन्धी प्रस्ताव संसद्बाट अघि बढाउन सरकारलाई सघाउन सहयोग मागेका थिए । त्यसका लागि एमालेले जारी राख्दै आएको संसद्को अवरोध खोलेर सहयोग गर्न प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्षलाई भनेका थिए । देउवाको प्रस्तावमा एमाले अध्यक्ष ओलीले भने कारणसहित एमाले सदनको संघर्षमा रहेकाले माग पूरा गरे संसद् तत्कालै सुरु हुने जवाफ दिएका थिए । एमाले नेता वि...
स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

राजनीति
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने उनले बताए । सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो । स्थानीय तहको मितिविरुद्ध सर्वोच्चमा रिट परेको थियो र उक्त मुद्दा दरपीठ भएको थियो । तर सर्वोच्चले निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्न बुधबार आदेश दिएको छ ।...
सत्तारुढ दलले गर्ला त आज एमसीसीको छिनोफानो ?

सत्तारुढ दलले गर्ला त आज एमसीसीको छिनोफानो ?

Featured, राजनीति
काठमाडौँ- एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलहरुबीच मतभेद जारी रहेका बेला बिहीबार निर्णायक छलफल हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग बिहीबार निर्णायक छलफल गर्न लागेका हुन् । बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री त्यसमा सफल हुन सकेनन् । गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि देउवाको एमसीसी जसरी नि टेबल गर्ने योजना सफल हुन सकेन । गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल एकीकृत समाजवादीले निर्णय गरेको छैन तर उ पनि संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा रहेपछि देउवाले निर्णायक छलफल गर्न लागेका हुन् । माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णयबारे जानकारी गराउन र एमसीसीबारे थप छलफ...
‘राजनीतिकै बेइज्जत भयो, कि सत्ता छाड्नुस् कि सडक’

‘राजनीतिकै बेइज्जत भयो, कि सत्ता छाड्नुस् कि सडक’

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेकी पोलिटब्युरो सदस्य एवम् सचेतक शान्ता चौधरीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कि सत्ता छाड्न कि सडक छाड्न अनुरोध गरेकी छन् । एमसीसीको विरुद्धमा आन्दोलनमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता कार्यकर्ता सडकमा आएपछि उनले यस्तो आग्रह गरेकी हुन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले सत्ता, सडक र सदन सबै एकैचोटी चाहिने भन्दै प्रश्न समेत गरेकी छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीको नाम उल्लेख नगरी चौधरीले यस्तो लेखेकी हुन् । साथै उनले नेकपा माओवादी र एकीकृत समाजवादीले राजनीतिकै बेइज्जत गरेको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘सत्ता, सडक र सदन सबै चाहिने एकै चोटी ? दोहोरो चरित्रको पराकाष्टा भयो, कि सत्ता छाड्नुस् कि सडक, राजनीतिकै बेइज्जत भयो ।’...
एमसीसी पास नहुँदा के श्रीलंकाकै बाटोमा जाला नेपाल ?

एमसीसी पास नहुँदा के श्रीलंकाकै बाटोमा जाला नेपाल ?

राजनीति
काठमाडौँ । कोरोना महामारीका कारण विश्वभर नै आर्थिक संकट छ। त्यसको असर नेपाल जस्तो विकासशिल राष्ट्रमा नपर्ने कुरै भएन। नेपालमा अहिले आर्थिक संकट आउनुको मूल कारण आपूर्ति र माग पक्ष कमजोर हुनु हो। कोरोनाले नेपालको पर्यटकिय क्षेत्र थिलथिलो भएको छ। कोरोना भाइरसले चीनको वुहानमा प्रभाव पार्न थाल्ने बित्तिकै पर्यटन क्षेत्रमा शिथिलता आयो। होटल, रेष्टुरेन्ट, यातायात, हवाई उडान जस्ता क्षेत्रले दिने सेवाको समष्टिगत माग कम भयो। यसले हाम्रो पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ। पर्यटन क्षेत्रमा धक्का लागेपछि हजारौंले रोजगारी गुमाए। होटल, उद्योग, ब्याङ्क लगायतका सबै खालका व्यवसाय प्रभावित भएका छन् । पर्यटन लगायतका उद्योगहरुको आम्दानी छैन, आम्दानी नभएपछि उनीहरुको ऋण तिर्ने क्षमता खस्किएको छ। भएको रकम ऋण तिर्न प्रयोग गर्नुपर्दा वस्तु र सेवा उत्पादनका लागि मालसामान किन्न उनीहरूसँग रकम अभाव हुँदै गएृको ...
एमसीसी विवाद : सडकदेखि संसद्सम्म सरकार पक्ष नै दुई धार

एमसीसी विवाद : सडकदेखि संसद्सम्म सरकार पक्ष नै दुई धार

Featured, राजनीति
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न रातारात एक भएका गठबन्धन आबद्ध दलहरू एमसीसीको विषयमा फेरि विभाजित बनेका हुन् । सरकारले बुधबारको बैठकमार्फत संसद्मा एमसीसीसम्बन्धी प्रस्ताव टेबुल गर्ने तयारी गरेको थियो । तर, गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले सहमति नगरी एमसीसी टेबुल गरिए सरकार छाड्नेसम्मको चेतावनी दिएपछि सरकार प्रस्ताव पेस गर्नबाट पछि हटेको हो । सभामुख अग्निप्रसाद सापकोटाले समेत बुधबारको संसद्को कार्यसूचीमा एमसीसीसम्बन्धी विषय समावेश नगरेपछि सो प्रस्ताव संसद्को प्रक्रियामा नै अघि बढेन । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था समितिको बैठकमा समेत एमसीसीमा सहमति नजुटेपछि...
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, एमसीसीबारे ‘निर्णायक’ वार्ता हुने

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, एमसीसीबारे ‘निर्णायक’ वार्ता हुने

राजनीति
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आज सत्ता गठबन्धन दलमा निर्णायक वार्ता हुँदै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बस्न लागेको हो । सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरु एमसीसी बारे छलफल गर्न जुटेका हुन् । बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको हो । एमसीसी अनुमोदनका लागि बुधबार प्रतिनिधिसभामा टेबल गर्ने चर्चा थियो । तर, कार्यसूचीमै परेन । प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अघि बढाउने पक्षमा रहेको पछिल्ला गतिविधिले देखाएको छ । एमसीसी जसरी पनि टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका हुन् ।...
देउवाले प्रचण्डलाई भने : एमसीसी पास गर्ने निर्णय भइसक्‍याे, ब्याक हुन मिल्दैन

देउवाले प्रचण्डलाई भने : एमसीसी पास गर्ने निर्णय भइसक्‍याे, ब्याक हुन मिल्दैन

Featured, राजनीति
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बुधबार एक्ला एक्लै वार्ता भयो । प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्न प्रधानमन्त्री देउवाले जोड गरिरहँदा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय गरेपछि दुई नेताबीच भेटवार्ता भएको थियो । एक्ला एक्लै भएको भेटपछि नेताहरुले आफूहरु निकटका नेताहरुलाई छलफलबारे जानकारी गराएका थिए । प्रचण्डले पार्टीमा अधिकांश एमसीसीको बिपक्षमा रहेकाले परिमार्जन नगरि एमसीसी पास गर्न नसक्ने स्थानमा पुगेको बताएपछि प्रधानमन्त्री देउवाले जसरी पनि पास गर्नुको विकल्प नभएको बताएका थिए । गठबन्धन भित्र नै बिरोध देखिएपछि आफू समस्यामा परेको भन्दै देउवाले दुखेसो पोखेको स्रोतको भनाइ छ । 'गठबन्धन बनाइयो तर तपाईंहरुले नै बिरोधमा निर्णय गर्नु भयो यसले समस्या पर्‍यो' देउवाक...
लुम्बिनीमा आज सार्वजनिक बिदा

लुम्बिनीमा आज सार्वजनिक बिदा

राजनीति
बुटवल – लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभाका सभामुख पूर्ण घर्ती, प्रदेशका मन्त्रीहरूलगायत व्यक्तिको सहभागिता रहनेछ । उनीहरू दाङ पुगिसकेका छन् । कार्यक्रममा मन्त्रालयहरूको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने बताइएको छ । प्रदेशका सबै प्रशासनिक गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । १७ महिनाअगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले सबै काम गर्दै आए...