‘राजनीतिकै बेइज्जत भयो, कि सत्ता छाड्नुस् कि सडक’

काठमाडौं । नेकपा एमालेकी पोलिटब्युरो सदस्य एवम् सचेतक शान्ता चौधरीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कि सत्ता छाड्न कि सडक छाड्न अनुरोध गरेकी छन् ।

एमसीसीको विरुद्धमा आन्दोलनमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता कार्यकर्ता सडकमा आएपछि उनले यस्तो आग्रह गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले सत्ता, सडक र सदन सबै एकैचोटी चाहिने भन्दै प्रश्न समेत गरेकी छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीको नाम उल्लेख नगरी चौधरीले यस्तो लेखेकी हुन् ।

साथै उनले नेकपा माओवादी र एकीकृत समाजवादीले राजनीतिकै बेइज्जत गरेको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘सत्ता, सडक र सदन सबै चाहिने एकै चोटी ? दोहोरो चरित्रको पराकाष्टा भयो, कि सत्ता छाड्नुस् कि सडक, राजनीतिकै बेइज्जत भयो ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.