राजनीति

एमालेले आफ्ना सांसदलाई गरायो खाली कागजमा हस्ताक्षर, कहाँ होला प्रयोग ?

एमालेले आफ्ना सांसदलाई गरायो खाली कागजमा हस्ताक्षर, कहाँ होला प्रयोग ?

राजनीति
काठमाडौं – नेकपा (एमाले)का ९८ जना सांसदले खाली कागजमा हस्ताक्षर गरेर ‘महाअभियोगका लागि प्रयोग गर्ने’ अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगलाई ‘आफू विरुद्धको प्रहार’का रूपमा अर्थ्याउँदै एमालेले ‘अर्को महाअभियोग’को तयारी गरेको छ । तर, त्यो महाअभियोग संसद् पुनर्स्थापना गर्ने संवैधानिक इजलासका बाँकी चारजनाविरुद्ध हुन्छ वा सभामुख अग्नि सापकोटाविरुद्ध हुन्छ वा कुनै संवैधानिक निकायका पदाधिकारीविरुद्ध हुन्छ भन्नेबारे हस्ताक्षर गर्ने सांसदहरू नै अनभिज्ञ छन् । सचिवालय बैठकमा पदाधिकारीहरूले र संसदीय दल बैठकमा सांसदहरूले अनिर्णित हुँदै निर्णयको अधिकार अध्यक्ष तथा संसदीय दलका नेता ओलीलाई सुम्पिएका हुन् । आइतबार प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव आएपछि शान्त रहेको प्रतिपक्षलाई सत्तापक्षले ‘ढुंगा हानेको’ टिप्पणी एमालेले गरेको ...
एमालेका यी पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्

एमालेका यी पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्

Featured, राजनीति
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले ६ पृष्ठ खाली कागजमा सांसदहरुको हस्ताक्षर संकलन गर्दा पाँच सांसदले त्यसमा हस्ताक्षर गर्न नमानेको खुलेको छ। सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा एमालेले विषय बस्तु नखुलाई खाली कागजमा आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो। त्यो हस्ताक्षरलाई जुनसुकै बेला प्रयोग गर्न सकिने एमालेका नेताहरुले बताइरहेका छन्। एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा नेताहरु भीम रावल, घनश्याम भूसाल, दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपट रावलले खाली कागजमा हस्ताक्षर नगर्ने भन्दै अस्वीकार गरेका हुन्। उनीहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेको बताएका छन्। तर बाँकी पाँचवटा खाली पत्रमा हस्ताक्षर नगरेको सांसद झपट रावलले बताए। कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै उनीहरुले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्। बैठकमा सांसद...
महामन्त्री थापाले भने-‘निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ’

महामन्त्री थापाले भने-‘निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ’

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन्। बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरे। ‘कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निक्र्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छु, थापाले भने। केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उनले बताए। उनले भने, ‘निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ, कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ।’ नेता थापाले टोल समितिले पार्टी बलियो हुने बताए। उनले पार्टी सङ्गठनको सबैभन्दा तल्लो निका...
एमसीसी सम्झौताका सबालमा नेपाली नेतालाई कुनै धम्की दिएका छैनौँ : अमेरिकी राजदूत बेरी

एमसीसी सम्झौताका सबालमा नेपाली नेतालाई कुनै धम्की दिएका छैनौँ : अमेरिकी राजदूत बेरी

राजनीति
काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका सबालमा नेपालका नेताहरुलाई कुनै पनि धम्की नदिएको अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्पष्ट पारेका छन् । केही दिनअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई एमसीसी पास गर्न टेलिफोन वार्तामार्फत दबाव दिएको समाचार बाहिरिएका थिए । सोही धम्की दिएको विषयमा अमेरिकाले खण्डन गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले धम्की दिएको घट्ना पूर्णरुपमा गलत भएको स्पष्ट पारेको हो । राजदूत बेरीले भने, ‘हामीले नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह गरेका हौं। एमसीसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो र नेपाल एक्लैको निर्णय हो।’ अमेरिकाले एमसिसी अनुमोदनका सन्दर्भमा धम्की दिएको भनी आएका टिप्पणीको जवाफ दिँदै सोमबार राजदूत बे...
जनयुद्धको उपलब्धिलाई प्रचण्डले कुर्सीसँग साटे: प्रभु साह

जनयुद्धको उपलब्धिलाई प्रचण्डले कुर्सीसँग साटे: प्रभु साह

Featured, राजनीति
गौर - नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले 'जनयुद्ध'को उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको आरोप लगाएको छन् । २७ औं जनयुद्ध दिवसको अवसरमा आइतबार रौतहटको फतुवा विजयपुरमा आयोजित शहिद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले प्रचण्डलाई 'लाल गद्दार'को संज्ञा दिए । परिवर्तनको एजेन्डाका साथ भएको जनयुद्धको मुल मर्मलाई लत्याउदै प्रचण्डले सत्तामा पुग्ने बाटोको रूपमा मात्र लिएको नेता साहको भनाइ छ । सयौं शहिदको रगतको बलमा जनयुद्धमार्फत देशमा प्राप्त उपलब्धिहरु कांग्रेसको पाउँमा चढाएको उनको आरोप छ । नेता साहले रौतहटका प्रथम 'जनयुद्ध' शहिद मनरुप महतोको नाममा फतुवा विजयपुर नगरपालिकाको भैंसहीमा निर्मित पार्क तथा भवनको उद्घाटन गरे । फतुवा विजयपुर नगरपालिकाकि उपमेयर समेत रहेकी सहिद मनरुप महतोको श्री...
गोरखा जिल्ला टुक्र्याएर दुई वटा बनाउने निर्णय

गोरखा जिल्ला टुक्र्याएर दुई वटा बनाउने निर्णय

Featured, राजनीति
काठमाडौँ । केही महिनाअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएपछि हलचल मच्चियो । उनले धार्चे र चुमनुब्री गाउँपालिकाको छुट्टै जिल्ला बनाउनुपर्ने बताएका थिए । त्यहाँको भूगोल र स्थानीय रहनसहन अरु भूभागभन्दा छुट्टै भएको भन्दै जिल्ला नै अर्को बनाउनुपर्ने भट्टराईको भनाइ थियो । अहिले त्यहाँका स्थानीय राजनीतिक दलहरूले पनि जिल्ला टुक्र्याउने निर्णय गरेका छन् । सर्वदलीय बैठक बसेर सबैजसो राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक अगुवाहरूको भेलाले धार्चे र चुमनुब्रीलाई छुट्टै स्वायत्त जिल्लाको रूपमा घोषणा गर्नुपर्ने माग राखेका हुन् । यसका लागि दुई पालिकाको छुट्टाछुट्टै समन्वय समिति गठन भएको छ । धार्चेका विश्व गुरुङको संयोजकत्वमा चार सदस्यीय र चुमनुब्रीका गणेश कार्कीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । दुई पालिकाको जिल्ला...
एमसीसीको पक्षमा देशभर अभियान सञ्चालन गर्ने काग्रेसको निर्णय

एमसीसीको पक्षमा देशभर अभियान सञ्चालन गर्ने काग्रेसको निर्णय

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को पक्षमा देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले एमसीसीबारे भ्रम छर्ने कोशिष भएको भन्दै देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। साथै कांग्रेसले संसदमा प्रस्ताव पारित गर्नको लागि पहल गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले एमसीसीबारे पार्टीमा कुनै विवाद नरहेको र संसदमा लगेर पारित गर्न विशेष पहल गर्ने बताए । एमसीसीबारे देशमा भ्रम गर्ने कोशिष भएको छ, भ्रम चिर्न देशभरी अभियानको रुपमा जाने र संसदमा लगेर प्रस्ताव पारित गर्नको लाग्ने निर्णय भएको जानकारी दिए ।...
जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग पारित नहुने सम्भावना

जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग पारित नहुने सम्भावना

पत्रपत्रिका, राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग पारित नहुने सम्भावना देखिएको छ । सत्ता गठबन्धनमा रहेका सांसदले मात्र महाअभियोग पारित गर्न आवश्यक संसद्मा कायम भएको संख्याको दुई तिहाइ बहुमत पुग्ने अवस्था छैन । महाअभियोग पारित गर्न निर्णायक बन्न पुगेको एमालेले भने महाअभियोगको पक्षमा समर्थन नगर्ने नीति लिएको छ । प्रतिनिधिसभामा २ सय ७५ सदस्य भए पनि महाअभियोग पारित गर्न संसद्मा तत्काल कायम रहेको संख्याको दुईतिहाइ चाहिन्छ । हाल प्रतिनिधिसभामा २ सय ७१ जना सांसद छन् । तीमध्ये विजयकुमार गच्छदार, अफ्ताफ आलम, रेशम चौधरी र हरिनारायण रौनियार निलम्बनमा छन् । प्रतिनिधिसभाबाट महाअभियोगको प्रस्ताव पारित हुन १ सय ८१ जना आवश्यक पर्छ । गठबन्धनमा रहेको जनता समाजवादी पार्टी पनि महाअभियोगको विषयमा मौन छ । हाल संसद्मा एमालेका ९७, कांग्रेसका ६१, माओवादी केन्द्रका सभामुखबाहेक ४...
सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आज बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बैठक बोलाइएको हो । बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगको विषयमा छलफल हुने बुझिएको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई सभामुखले छलफलमा बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बैठकमा सहभागि हुने/नहुने टुंगो छैन । एमाले सभामुखप्रति रुष्ट छ । यसअघिका बैठकमा एमाले उपस्थित भएको छैन् ।...
एमसीसीबारे निर्णय लिन ओलीलाई प्रचण्डको आग्रह, ओलीले भने : पहिला आफूले निर्णय गर्नूस्

एमसीसीबारे निर्णय लिन ओलीलाई प्रचण्डको आग्रह, ओलीले भने : पहिला आफूले निर्णय गर्नूस्

राजनीति
काठमाडौं : अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्दै चाँडो पारित गर्न अमेरिकाले सत्ता गठबन्धलाई दबाब दिइरहेका बेला सत्ताघटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ खोजेका छन् । प्रचण्डले हिजो बिहीबार साँझ ओलीलाई फोन गरी एमसीसीबारे सहयोगको अपिल गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले ओली र प्रचण्डबीच यस विषयमा टेलिफोन सम्वाद भएको पुष्टि गरेका छन् । उनका अनुसार सम्वादका क्रममा प्रचण्डले एमसीसीमा ओलीकै निर्णय आवश्यक भएको भन्दै साथ दिन आग्रह गरेका छन् । ओलीले ‘पहिले आफूले निर्णय गर्नूस्, नेकपा (एमाले) त निर्णय गरिहाल्छ’ भन्ने जवाफमा फर्काएको नेता रिजालको भनाइ छ । नेता रिजालले सामाजिक संजालमा लेखेका छन्, 'एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशील...