राजनीति

‘प्रचण्ड चीनबाट सञ्चालित नेता हुन्’

‘प्रचण्ड चीनबाट सञ्चालित नेता हुन्’

राजनीति
काठमाडाैँ – तराई मधेस केन्द्रित दलका नेताले मधेसवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको निन्दा गरेका छन्। सँगसँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप पनि लगाएका छन्। दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा मधेस केन्द्रित दलहरू विदेशी शक्तिले बनाएको आरोप लगाएका थिए। दाहालले शान्तिसम्झौतापछि सिंगो मधेस माओवादीमय भएको र यसबाट आत्तिएका विदेशी शक्तिले मधेस केन्द्रित दलहरू बनाएको आरोप लगाएका थिए। जनता समाजवादी पार्टीका नेता मनिष सुमनले दाहालबाट यस्तो अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र दुभाग्र्यपूर्ण भएको बताउँदै भने, ‘दाहाल आफैं विदेशबाट सञ्चालित छन्। उनी चीनबाट सञ्चालित नेता हुन्।’ आफूहरू राष्ट्रियताप्रति हृदयदेखि नै प्रतिबद्ध भएको बताउँदै सुमनले थपे, ‘यो देशको मूल नेपाली भनेको हामी हौं। हामी कतैबाट सञ्चालित छैनौं। आफ्नो माटोप्रति प्रत...
‘नेपाल-चीन सीमा समस्याबारे सरकरले अधिकारिक धारणा सार्वजनिक गर्ने गरेकाे घाेषणा स्वागत याेग्य’

‘नेपाल-चीन सीमा समस्याबारे सरकरले अधिकारिक धारणा सार्वजनिक गर्ने गरेकाे घाेषणा स्वागत याेग्य’

राजनीति
काठमाडौं । राष्ट्रिय एकता अभियानले सरकरले नेपाल-चीन सीमा समस्याबारे आधिकारिक धारणा सार्वजनिक गर्न गरेकाे घाेषणाकाे स्वागत गरेकाे छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा समस्याबारे अध्ययन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने गरेकाे सरकारी घोषणाको अभियानले स्वागत गरेकाे हाे । अभियानले नेपालको भौगोलिक अखण्डता, स्वाधीनता एवम् सार्वभौमिकताको पक्षमा निरन्तर आवाज उठाउदै आएको आएकाे छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ,'नेपालको उत्तरी सिमानामा निरन्तर रूपमा भइरहेको चिनियाँ अतिक्रमण रोक्नु तपाईं हामी सबै सच्चा नागरिकको दायित्व हो। यही मिति २०७८ माघ २४ गते अभियानले चिनियाँ अतिक्रमणविरुद्ध नेपाललाई साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको स्मरण गराउन चाहन्छ।' यसै सन्दर्भमा नेपाल सरकारले आज ने...
अन्ततः यस्तो शर्तमा तयार भए सभामुख एमसीसी कार्यसूचीमा राख्न

अन्ततः यस्तो शर्तमा तयार भए सभामुख एमसीसी कार्यसूचीमा राख्न

राजनीति
काठमाडौं । एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न दिनुपर्ने गरी कार्यक्रम बनाइरहेका छन् । सरकारले माघ २६ गतेको बैठकमा एमसीसी सदनमा टेबुल गर्ने तयारी गरिरहेका बेला सभामुखले यसबारे गृहकार्य गरिरहेका हुन् । उनले यो प्रस्ताव कार्यव्यवस्था परामर्श समितिको बैठकमा राख्दैछन् । उनले संसद् बैठक बस्ने दिनमै २६ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भए मात्र एमसीसी कार्यसूचीमा राखिने भएको छ । माओवादी केन्द्रले २८ गते एमसीसीको विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । यसैबीचमा एमालेले भने सदनमा टेबुल भएपछि आफ्नो धारणा बनाउने तयारी गरेको छ । नागरिक दैनिकमा समाचार छ ।...
आखिर एमसीसीमा के छ ? पास गर्नु सही कि गलत ? (पूर्णपाठसहित)

आखिर एमसीसीमा के छ ? पास गर्नु सही कि गलत ? (पूर्णपाठसहित)

राजनीति
काठमाडौँ । पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता निकै पेचिलो बन्दै गएको छ।एमसीसीको समर्थन गर्नेहरु भन्दा पनि बिरोध गर्नेहरुको जमात धेरै रहेको छ । एमसीसी पारित गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा जोडबल गरिरहेका छन्। तर, धेरैले यो सम्झौता राष्ट्रघाती भएको दाबी गरे पनि प्रधानमन्त्री देउवा भने यो मान्न तयार छैनन्। उनले राष्ट्रघाती भन्नेहरुलाई सम्झौताको पूर्णपाठ पढ्न सुझाव समेत दिएका छन् । कतिपयले नेताहरूको लहैलहैमा लागेर त कतिपयले हल्लाकै भरमा यसको विरोध गरिरहेको देउवाको भनाइ छ। नेपालले अमेरिकासँग चार वर्षअघि ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)’ सम्झौता गरेको थियो । २९ भदौ २०७४ मा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकाको वासिङ्टन डीसीमा एमसीसीका कामुप्रमुख कार्यकारी अधिकृत जोनाथन नाशसँग ५०० मिलियन डलर (क...
मन्त्री आलेले किने ८ कट्ठा सरकारी जग्गा !

मन्त्री आलेले किने ८ कट्ठा सरकारी जग्गा !

राजनीति
कैलाली – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले सरकारी जग्गा खरिद गरेका छन् । मन्त्री आलेले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा ८ कट्ठा सरकारी जग्गा खरिद गरेको स्रोतले दाबी गरेको छ । मन्त्री आलेले ६ लाखका दरले ४८ लाखमा ८ कट्ठा पर्ती जग्गा खरिद गरेको हाटखोलीका दलबहादुर मगरले बताए । मन्त्रीलाई आफूले नै जग्गा बिक्री गरेको पनि मगरले जनाएका छन् । उनले मन्त्री आलेका नाममा कागजपत्र गरेर जग्गा कारोबार भएको बताए । जग्गाका बारेमा कुरा गर्न मन्त्री आले आफैँ हाटखोली पुगेको बताइएको छ । तर, सरकारी र सार्वजनिक जग्गाको कारोबार गर्न नपाउने कानूनी व्यवस्था रहेको छ । ऐलानी र पर्ती जग्गाको कारोबार गर्नु कानूनी रुपमा अबैध मानिन्छ । मुलुकी देवानी संहिताको परिच्छद ५ को २९९ को (ङ) मा नहर, कुलो वा ऐलानी, पर्ती जग्गालाई पनि सरकारी जग्गा भनिएको छ । सोही परिच्छेदको ३००(२) मा सार्वज...
गृहमन्त्री खाणद्धारा ६ महिनामा गरेका कामहरूको विवरण सार्वजनिक (विवरणसहित)

गृहमन्त्री खाणद्धारा ६ महिनामा गरेका कामहरूको विवरण सार्वजनिक (विवरणसहित)

Featured, राजनीति
काठमाडौं । गृह मन्त्रालयले ६ महिनाको अवधिमा सम्पादन गरेका कार्यहरूको प्रगति विवरणहरु सार्वजनिक गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले कार्यकालमा भएका नीतिगत र कार्यगत प्रगति विवरण बिहीबार सार्वजनिक गरेका हुन् । ७१ बुँदे प्रगति विवरणमा संस्थागत नीतिगत तथा कार्यविधिमा गरेका सुधार, प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र लागु औषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समेटिएको छ । यो अवधिमा गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको छ । यस्तै अन्तर प्रदेश प्रहरी परिचालन निर्देशिकाको मस्यौदा तयार भएको, नेपाल प्रहरी र प्रदेश प्रहरीबीच अपराध नियन्त्रण र अनुसन्धान सहयोग समन्वयको कार्यविधि पनि तयार भएको उनले जानकारी दिए ।...
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

Featured, राजनीति
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले उत्पादन गरेको दूधको मूल्य बढाउनेसहितको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यस अघि ४९.५२ रुपैयाँ रहेको दूधको मूल्य ५६.०४ रुपैयाँ कायम गरेको हो । सरकारले दूध प्रतिलिटरमा १३.७ प्रतिशत बढाएको हो । यो समर्थन मूल्यमा दुग्ध विकास संस्थानले प्रशोधित दूधको मूल्य निर्धारण गर्ने गर्छ । दूधको फ्याट र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ)को आधारमा जति बढी हुन्छ किसानले यसकै आधारमा दूधको मूल्य पाउने गर्छन् । फ्याट बढी आउनेले बढी मूल्य र कम आउनेले कम मूल्य पाउने गर्छन् । त्यस्तै, मन्त्रिपरिषद् बैठकले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय पनि गरेको छ । चितवनको भरतपुर महानगरपालिका १५ वडामा शिक्षक अस्पताल बनाउने निर्णय सरकारले गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भगवानपुरमा अस्पताल निर्माणको गर्न सैद्धान्त...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कार्य सम्पादन समिति गठन हुने

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कार्य सम्पादन समिति गठन हुने

राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका हुन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको छ। भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषय मुख्य एजेन्डा रहेको बताइएको छ । कार्यसम्पादन समितिमा १४ जना पदाधिकारी र ३१ जना भने मनोनीत सदस्य रहने व्यवस्था छ । सभापति देउवाले १४ औँ महाधिवेशन सम्पन्न भएको २ महिना भइसक्दासमेत पार्टीको कोषाध्यक्ष र प्रवक्ता तोक्न सकेका ...
काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३ औं गणतन्त्र दिवस मनाइयो

काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३ औं गणतन्त्र दिवस मनाइयो

राजनीति
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको हो । राजदूत क्वात्राले कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् । मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको भारतीय राजदूतावासले जनाएको छ । आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिनेछन् । नेपालमा ‘India@7...
आज राष्ट्रियसभा निर्वाचन : बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान

आज राष्ट्रियसभा निर्वाचन : बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान

Featured, राजनीति
काठमाडौं । राष्ट्रियसभा सदस्यको लागि निर्वाचन हुँदैछ । १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा मतदान हुन लागेको हो । त्यसका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधवार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । संघीय संसद्मा प्रतिनिधित्व गर्न...