राजनीति

सिटामोल वितरणको विशेष प्रबन्ध मिलाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

सिटामोल वितरणको विशेष प्रबन्ध मिलाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

राजनीति
काठमाडौँ — सर्वोच्च अदालतले सिटामोललगायतका औषधिको सहज वितरणको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुलुकभरका अस्पताल तथा औषधि पसलमा पर्याप्त मात्रामा सिटामोल/प्यारासिटामोलको व्यवस्था मिलाउन र त्यसबारेको प्रतिवेदन ल्याएर छलफलमा आउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश शर्माको इजलासले सविया तामाङ, टिकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै जारी गरेको अन्तरिम आदेश जारी गरेको हो । 'हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल/प्यारासिटामोल देशभरीका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन बाञ्छनिय देखिएको हुँदा,' अन्तरिम आदेशमा भनिए...
प्रदेश सरकार : मन्त्रालय फुटाउँदै, मन्त्री थप्दै

प्रदेश सरकार : मन्त्रालय फुटाउँदै, मन्त्री थप्दै

राजनीति
काठमाडौँ – प्रादेशिक संरचनाले पूर्णता नपाउँदै प्रदेशमा राजनीतिक खिचातानी सुरु भएको छ । संघीयता नेपालका लागि बोझ भइरहेको आलोचना भइरहेका बेला प्रदेश सरकार सत्तामा टिकिइरहन सरकारलाई आर्थिक भार थुपारिरहेका छन् । विगतमा राजनीतिक खिचातानीले नेताहरूलाई मन्त्रीको भागबन्डा गर्ने केन्द्रीय राजनीतिको विकृति अहिले प्रदेशमा सरेको छ । नेकपा एमालेलाई क्लिन स्विप गर्दै केन्द्रदेखि प्रदेशको नेतृत्व गरेको गठबन्धनले आन्तरिक एकता जोगाउन मन्त्रालयको संख्या बढाउँदै लागेका छन् । गठबन्धनमा भागबण्डा मिलाउन कतै मन्त्रालय फुटाइएको छ भने कतै मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) र कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ । प्रदेश १ मा नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राई र कर्णालीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री छन् । ...
एमालेकी फरार प्रदेश सांसदलाई पक्राउ गर्न प्रहरी परिचालन

एमालेकी फरार प्रदेश सांसदलाई पक्राउ गर्न प्रहरी परिचालन

राजनीति
विराटनगर - किर्ते जालसाजी मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरबाट दोषी ठहर भएपछि फरार रहेकी प्रदेश सांसद गुलेफुन खातुनलाई खोज्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङसहित प्रदेश प्रहरी कार्यालय विराटनगरले विशेष टोली नै बनाएर उनलाई खोज्नका लागि प्रहरी परिचालन गरेको छ । मंगलबार दिनभर उनलाई खोज्न प्रहरी परिचालन भए पनि फेला नपरेको बताइएको छ । सांसद खातुन नेकपा एमालेबाट प्रदेश १ को प्रदेश सभामा समानुपातिक तर्फकी सांसद हुन् । उनी राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आउने आशंकामा सरकार पक्षले भने जसरी पनि पक्राउ गर्न सुरक्षा संयन्त्र परिचालन गरेको छ ।राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसदको मतभार ६८ रहेको छ । निर्वाचनमा थोरै मात्र मतान्तर रहेका कारण सत्ता गठबन्धन नेकपा एमालेसँग त्रसित छ । एमाले भने एक्लै निर्वाचनमा जुटेको छ । प्रदेश...
तीनै तहको चुनावमा पाँच दल मिल्छौं: माधव नेपाल

तीनै तहको चुनावमा पाँच दल मिल्छौं: माधव नेपाल

राजनीति
काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब हुने तीनै तहको चुनावमा सत्तारूढ पाँच दल मिलेर जाने बताएका छन्। उनले अहिले नै चुनाव हुने अवस्था नरहेको बताए। अध्यक्ष नेपालका अनुसार ०७९ चैतभित्र तीनै तहको चुनाव हुनेछ। ‘चुनाव चैत वा वैशाखमा गर्ने चर्चा भइरहेको छ। ०७४ मा तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो। चुनावपछि जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुन्छ। ०७४ असोजमा चुनावबाट आएकाहरूको कार्यकाल कहिलेसम्म मान्ने, बहस चलेको छ,’ रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘संविधानमा गाउँ/नगरका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष भनेको छ। उक्त कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गर्नुपर्ने लेखेको छ।’ जसअनुसार ०७९ को चैतसम्म तीनै तहको निर्वाचन हुने उनले बताए। साथै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट आशा गर्ने ठाउँ नरहेको दाबी गरेका थ...
तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

राजनीति
काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई मिति तोक्न आग्रह गरिएको जानकारी दिएका हुन्। निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको जनाएको छ। स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने हुन्छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरवलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य तयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरे अनुसार नै मिति तोक्न आग्रह गरिएको छ। ‘वर्तमान संवैधानिक एवम् कानुनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै जान्...
चीनको अघोषित नाकाबन्दीविरुद्ध कमल थापाको आपत्ति

चीनको अघोषित नाकाबन्दीविरुद्ध कमल थापाको आपत्ति

राजनीति
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले चीनसँगका नाका खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बिहान ट्वीटमार्फत नेता थापाले नेपालसँग सीमा जोडिएका उत्तरी नाकहरु केही वर्षदेखि विभिन्न बहानामा बन्द हुनु दुःखद् भएको बताउँदै अघोषित नाकाबन्दी खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भारतले गरेको नाकाबन्दीको विषय उल्लेख गर्दै चीनले गरेको अघोषित नाकाबन्दी पनि आपत्तिजनक रहेको उल्लेख गरेका छन् । ‘विगत केही वर्षदेखि विभिन्न बहानामा नेपालको उत्तर नाका बन्दप्रायः रहेको, यसबाट नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको समाचार आएको छ । समाचार सत्य हो भने यस्तो अघोषित अप्रत्यक्ष नाकाबन्दी अन्त्य गर्न सरकारको ध्यान जाओस् । दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्ति जनक छ,’ उनले भनेका छन् । वि.सं २०७२ सालको भूकम्पपछि चीनले विभिन्न बहाना देखाउँदै नेपालसँगका सीम...
मन्त्री यादवविरुद्ध उजुरी दिए हुन्छ २ वर्ष जेल र २० हजार जरिवाना!

मन्त्री यादवविरुद्ध उजुरी दिए हुन्छ २ वर्ष जेल र २० हजार जरिवाना!

राजनीति
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवविरुद्ध कसैले उजुरी दिए उनलाई २ वर्ष जेल र २० हजार जरिवाना हुने कानुनमा उल्लेख छ । मन्त्री यादवले एउटा गल्ती ढाकछोप गर्न वक्तव्य निकाल्दा अर्को कसूरसमेत गर्न भ्याएकी छन् । गत माघ ५ गते गौरमा यादवले दिएको हिंसात्मक अभिव्यक्तिको भिडिओसहित कोही उनीविरुद्ध कानूनी उपचारमा गएको खण्डमा २ वर्ष जेल र २० हजार जरिवानासम्मको सजाय हुने कानुनका जानकारहरु बताउँछन् । मन्त्री यादवले सोमबार जारी गरेको प्रेस वक्तव्यमा आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभइ आपसी मुठभेड नगर्न वा हुन नदिन बोलेको बताएकी छन् । के रेणु यादवको अभिव्यक्ति कुनै व्यक्तिप्रति लक्षित, पूर्वाग्रहपूर्ण र हिंसात्मक गतिविधि हुन नदिनका लागि थियो त रु त्यसका लागि उनको भिडिओ र त्यसमा हिन्दी भाषाबाट अनुवाद गरिएको एक अनुच्छेद ज...
जसपामा अशोक राई बने किङ मेकर

जसपामा अशोक राई बने किङ मेकर

राजनीति
काठमाडौँ, जनता समाजवादी पार्टी नेपालमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षबीच आन्तरिक सङ्घर्ष सुरु भएसँगै कुन पक्ष कति बलियो भन्ने हिसाब किताब पनि सुरु भएको छ । यद्यपि, माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन अघि भने दुवै पक्ष आन्तरिक गठजोडमा मात्र केन्द्रित रहेका छन् । चुनाव सकिए लगतै दुवै पक्षले पार्टीमा आआफ्नो दाबी प्रस्तुत गर्ने बताइएको छ । पार्टीमा शक्ति देखाउने थलो भनेको कार्यकारिणी समिति र संसदीय दल हो । निर्वाचन आयोगले मान्यता दिएको जसपाको कार्यकारिणी समितिमा ३७ जना सदस्य रहेका छन् । यसमध्ये पनि रेशम चौधरीले आफ्नो पार्टी खोलिसकेका छन् भने पर्शुराम खपुङ्ग प्रदेश प्रमुख भइसकेका छन् । यता संसदीय दल १९ सदस्यीय रहेको छ । हालसम्म संसदीय दलमा जसपाका अध्यक्ष उपेन्द्र यादव बहुमतमा देखिन्छन् । त्यस्तै ३५ सदस्यीय कार्यकारिणी समितिमा पनि डा भट्टराई प...
ठाकुर र महतो समूहबीच चर्को विवाद : ठाकुर–महतो बोलचाल बन्द

ठाकुर र महतो समूहबीच चर्को विवाद : ठाकुर–महतो बोलचाल बन्द

राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको छ । अध्यक्ष ठाकुरको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता महतो पार्टी कार्यालय जान पनि छाडेका छन् । ‘महन्थजी र राजेन्द्रजीको बीचमा बोलचालसमेत बन्द भएको अवस्था छ । राजेन्द्रजी त पार्टी कार्यालयमा समेत आउन छाडेको छन् । महिनौं बितिसक्दा पनि राजेन्द्रजीलाई पार्टी कार्यालयमा देखिएको छैन, पार्टी बैठक नबसेको पनि लामै समय भयो, यसले सबैलाई निराश बनाएको छ,’ जसपा स्रोतले भन्यो । अध्यक्ष ठाकुरले पार्टीमा छलफल नै नगरी जिम्मेवारी बाँड्न थालेपछि पार्टी पार्टीका रूपमा अघि नबढेको एक असन्...
देउवामाथि दबाब नै दबाब, होला त वैशाखमै स्थानीय तहको निर्वाचन ?

देउवामाथि दबाब नै दबाब, होला त वैशाखमै स्थानीय तहको निर्वाचन ?

राजनीति
काठमाडौँ – काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका तर्फबाट आइतबार स्थानीय तहको निर्वाचनका सम्बन्धमा कानुन व्यवसायीसँग छलफल गरेका थिए । सो छलफलमा कानुन व्यवसायीले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै स्थानीय तह निर्वाचन धकेल्नेगरी निर्वाचन कानुन संशोधन गर्न सरकार आबद्ध सत्ता गठबन्धनलाई सुझाएका थिए । तर, प्रमुख सत्तारूढ कांग्रेसको डा। शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्षले भने निर्वाचनजस्तो विषयमा पार्टीभित्र कुनै छलफल नगरी सभापति देउवाले एकलौटी रूपमा निर्णय...