राजनीति

युवा संघ नेपालद्धारा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन

युवा संघ नेपालद्धारा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन

राजनीति
जनकपुर । स्थानीय निर्वाचन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरिएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले मन्त्रीले मर्यादा विपरित हिंसात्मक अभिव्यक्ति दिए पनि सरकारले बर्खास्ती नगरेको भन्दै प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतना दहन गरेको हो । संघका नेताहरुले स्थानीय रेल्वे स्टेशनबाट र्‍याली निकाल्दै भानु चोक, शिव चोक हुँदै जनक चोक पुगेर कोण सभामा गरेका थिए । जहाँ उनीहरुले दुवै नेताको पुलता दहन गरेका थिए । र्‍यालीमा सहभागी युवाहरूले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न र मन्त्री यादवमाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।...
संविधानको स्पिरिट र भावना अनुसार सरकार अगाडि बढ्छ : सरकारका प्रवक्ता

संविधानको स्पिरिट र भावना अनुसार सरकार अगाडि बढ्छ : सरकारका प्रवक्ता

राजनीति
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार संविधानको भावना अनुसार अगाडि बढेको स्पष्ट पारेका छन् । उनले संविधानलाई तहसनहस गरेर मुलुकलाई एकदलीय अधिनायकवादतर्फ उन्मुख गराउने अघिल्लो सरकारलाई विस्थापित गरेर बर्तमान सरकार गठन भएको भन्दै संविधान कार्यान्वयनमा आशंका नगर्न आग्रह गरे । उनले संविधानको भावना अनुसार सरकारले मुलुकलाई निर्देशित गर्ने समेत बताए । ‘संविधानको मूल स्पिरिट अनुसार सरकार चलेको छ । विगतको सरकारले संविधानलाई तहसनहस गरेको थियो । अधिनायकवादी व्यवस्थातर्फ मुलुकलाई अगाडि बढाउने प्रयास अघिल्लो सरकारले गरेको थियो,’ बालुवाटारमा कानुन व्यवसायीसँगको छलफलपछि सञ्चारकर्मीसँग मन्त्री कार्कीले भने, ‘यो सरकारले मुलुकलाई संविधानको व्यवस्था अनुसार अगाडि बढाउँछ । हामी संविधानको भावना र स्पिरिट अनुसार चल्छौं । संविधानको भावना अनुसार म...
निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न सरकारलाई विज्ञको सुझाव

निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न सरकारलाई विज्ञको सुझाव

राजनीति
काठमाडौं । कानुनविद्हरुले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकारलाई सुझाव दिएका छन् । निर्वाचनसम्बन्धी संविधानको व्यवस्था र निर्वाचन ऐन एकअर्कासँग बाझिएपछि कानुनविद्हरुले कानुन संशोधन गर्न सुझाव दिएका हुन् । सत्तारुढ गठबन्धनमा आवद्ध पाँचदलका शीर्ष नेताहरुले आइतबार कानुनविद्हरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए । बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुनहरु बाझिएकाहरुसम्म अमान्य हुने भएकाले कानुन संशोधन गर्ने सुझाव आएको बताए । ‘स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ बाझिएको देखिएकाले संविधानको धारा १ अनुसार यस संविधानसँग बाझिएका कानुनहरु बाझिएकाहरुसम्म अमान्य हुनेछ भन्ने व्यवस्था भएकाले सो अनुसार कानुन संशोधन गर्ने सुझाव आएको छ,’ मन्त्री कार्कीले भने । सरकारले तीन ...

निर्वाचन सार्ने कुरा गरेका छैनौ : सरकारका प्रवक्ता

राजनीति
काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार मन्त्री तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले निर्वाचन सार्ने कुरा नगरेको बताएका छन् । आइतबार बालुवाटारमा कानुन व्यवसायीसँगको छलफलपछि मन्त्री कार्कीले सो कुरा बताएका हुन् । ‘संविधानको भावना र स्प्रिट अनुसार हामी चल्छौ । निर्वाचन सार्ने कुरा गरेका छैनौं । संविधान अनुसार तीनै तहको निर्वाचन हुन्छ, चाहे त्यो संघ, प्रदेश वा स्थानीय तहको निर्वाचन नै किन नहोस ?’ मन्त्री कार्कीको भनाइ छ ।...
निर्वाचन आयोगले खारेज गर्‍यो तीन दल

निर्वाचन आयोगले खारेज गर्‍यो तीन दल

राजनीति
काठमाडौं : निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ। नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ। यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन्। लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ। गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो। लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ। २०७३/०७४ मा यी दल आयोगमा दर्ता भएका थिए। यस्तो छ दल खारेजको सूचना:...
गठबन्धनको बैठक बालुवाटारमा बस्दै, चुनावबारे निर्णय हुन सक्ने !

गठबन्धनको बैठक बालुवाटारमा बस्दै, चुनावबारे निर्णय हुन सक्ने !

Featured, राजनीति
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो। यसअघि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए। सो बैठकबाट शुक्रबार बालुवाटारमा गठबन्धनको बैठक बस्ने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । भेटमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने विषयमा पनि छलफल भएको थियो । स्थानीय तहको चुनाव पर सारेर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न प्रचण्डले राखेको प्रस्तावबारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो । स्थानीय तहको चुनावभन्दा पहिले प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्तावलाई लिएर कांग्रेसभित्र...
अपराधिक अभिव्यक्ति दिएको भन्दै जनमत पार्टीले माग्यो मन्त्री यादवको बर्खास्ती

अपराधिक अभिव्यक्ति दिएको भन्दै जनमत पार्टीले माग्यो मन्त्री यादवको बर्खास्ती

Featured, राजनीति
काठमाडौं : जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । पार्टी अध्यक्ष सिके राउतलाई हत्या गर्ने धम्की दिएको भन्दै जनमत पार्टीले उक्त अभिव्यक्तिको विरोध गरेको हो । जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साहले विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले रौतहटको गौरमा दिएको अभिव्यक्ति ‘आपराधिक’ रहेको बताएका हुन् । उनले अर्को नरसंहारको षड्यन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् । उपाध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीहरुले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने नभई उनीहरुलाई तत्काल पक्राउ गरी नरसंहार पीडितहरुलाई न्याय दिँदै मधेसमा विद्यमान आपराधिक पार्टीको आपराधिक राजलाई समाप्त पार्नुपर्ने उल्लेख छ । मन्त्री यादवको अभिव्यक्ति किसान आन्दोलन तथा आम जनताको वि...
कांग्रेस प्रवक्तामा यी पाँच नेताको चर्चा, को होलान् देउवाको रोजाई ?

कांग्रेस प्रवक्तामा यी पाँच नेताको चर्चा, को होलान् देउवाको रोजाई ?

Featured, राजनीति
काठमाडौँ – नेपाली कांग्रेसको प्रवक्तामा पाँच जनाको केन्द्रीय सदस्यको नाम चर्चामा छ । १४ औं महाधिवेशन सम्पन्न भएसँगै रिक्त रहेको प्रवक्ताका लागि सभापति शेरबहादुर देउवानिकट पाँच नेताको नाम चर्चामा छ । कांग्रेस विधानमा पार्टी प्रवक्ता पदमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यबाट एक जनालाई मनोनित गर्ने प्रावधान छ । कांग्रेसको मंसिर २४–२७ सम्म भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भइसकेको छ । १६८ सदस्यीय कार्यसमितिमा १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने सभापतिमा दोस्रो बढि मत पाएका उम्मेदवार स्वतह केन्द्रीय सदस्य हुने व्यवस्था छ । जसले गर्दा सभापतिमा उम्मेदवार डा. शेखर कोइराला केन्द्रीय सदस्य भइसकेका छन् । बाँकी ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । देउवाले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन् भने बाँकी २० जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । त्यस...
स्थानीय चुनावबारे गठबन्धनमा गडबड : देउवाको प्रस्तावमा काँग्रेसकै नेताहरुको विमति

स्थानीय चुनावबारे गठबन्धनमा गडबड : देउवाको प्रस्तावमा काँग्रेसकै नेताहरुको विमति

राजनीति
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताबीच वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा मत विभाजित भएको छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव वैशाखमै गर्ने प्रस्ताव अगाडि सारेका छन् । देउवाको प्रस्तावमाथि विमति राख्दै गठबन्धनको उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा संघीय निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावमा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएका छन् तर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने विषयमा दह्रो अडान लिएको अवस्था छ । स्थानीय निर्वाचनबारे प्रधानमन्त्री र शीर्ष नेताबीच एक मत नहुँदा गठबन्धनमै गडबड पैदा गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी ...
बुटवलमा कांग्रेसको प्रदेश कार्यालय स्थापना

बुटवलमा कांग्रेसको प्रदेश कार्यालय स्थापना

राजनीति
बुटवल– नेपाली कांग्रेसले प्रादेशिक संरचना बनेसँगै लुम्बिनी प्रदेशको पार्टी कार्यालय स्थापना गरेको छ । बुटवलको नयाँ गाउँमा कांग्रेसको प्रदेश पार्टी कार्यालय स्थापना गरिएको हो । पार्टीका प्रदेश सभापति अमरसिंह पुनले वैधिक विधिपूर्वक पूजा अर्चना गरेर कार्यालयको शुरुवात गरे। तर कार्यालयको औपचारिक शुभारम्भ भने केन्द्रीय नेताहरुको उपस्थितिमा गरिने प्रदेश सभापति पुनले बताए । २१ वटा कोठा र मिटिङ हलसहितको घरबाट अब पार्टीको प्रदेश गतिविधि अघि बढ्ने प्रदेश कार्यसमितिका सदस्य प्रकाश रानाले बताए । अब दैनिक रुपमा प्रदेश कार्यालय खुला रहने र प्रदेश पदाधिकारीहरु सकेसम्म कार्यालयमा दिनको एकपटक पुग्ने गरी समय व्यवस्थापन गर्ने बताईएको छ । जिल्ला जिल्लावाट आउने कार्यकर्ताहरुका समस्या र गुनासाहरु सुन्नका लागि पनि कार्यालयमा पुग्ने सभापति पुनको दावी छ । उनले कार्यालयमा आफ्ना प्रतिष्पर्धी भरक कुमार शाहको प...