अपराधिक अभिव्यक्ति दिएको भन्दै जनमत पार्टीले माग्यो मन्त्री यादवको बर्खास्ती

काठमाडौं : जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । पार्टी अध्यक्ष सिके राउतलाई हत्या गर्ने धम्की दिएको भन्दै जनमत पार्टीले उक्त अभिव्यक्तिको विरोध गरेको हो ।

जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साहले विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले रौतहटको गौरमा दिएको अभिव्यक्ति ‘आपराधिक’ रहेको बताएका हुन् । उनले अर्को नरसंहारको षड्यन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् ।

उपाध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीहरुले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने नभई उनीहरुलाई तत्काल पक्राउ गरी नरसंहार पीडितहरुलाई न्याय दिँदै मधेसमा विद्यमान आपराधिक पार्टीको आपराधिक राजलाई समाप्त पार्नुपर्ने उल्लेख छ ।

मन्त्री यादवको अभिव्यक्ति किसान आन्दोलन तथा आम जनताको विरुद्धमा रहेको जनमत पार्टीले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘२०६३ साल चैत ७ गते भएको गौर नरसंहार, जसमा कम्तीमा २८ जनाको पाशविक तरिकाले हत्या भएको थियो, जनता समाजवादी पार्टी (तत्कालीन मधेसी जनअधिकार फोरम) ले नै घटना घटाएको मन्त्रीज्यूले सगर्व घोषणा गरिसकेपछि यो गौर–नरसंहारको स्वीकारोक्ति पनि हो ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.