राजनीति

प्रधानमन्त्री कार्यालयले राख्यो ७ निर्माण कम्पनीलाई कालोसूचीमा

प्रधानमन्त्री कार्यालयले राख्यो ७ निर्माण कम्पनीलाई कालोसूचीमा

राजनीति
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आजदेखि लागू हुने गरी निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने निर्णय बुधबार गरेको थियो। कालो सूचीमा राखेको अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले जनाएको छ। सबैभन्दा धेरै तीन वर्षका लागि आरोग्य कन्स्ट्रक्सन प्रालि काठमाडौं र मुख्य व्यक्ति रन्जन रायमाझी कालोसूचीमा परेका छन्। त्यसपछि २ वर्षका लागि डाईग्नोकेम-जय शम्भु जेभी हाँडीगाउँ काठमाडौं र मुख्य व्यक्ति विज्ञानकुमार अर्याल कालोसूचीमा परेका छन्। हेर्नुस् कुन-कुन कम्पनी परे कालोसूचीमा:...
गठबन्धनमा नयाँ प्रस्ताव : वैशाखमा संसदीय र कात्तिकमा स्थानीय निर्वाचन

गठबन्धनमा नयाँ प्रस्ताव : वैशाखमा संसदीय र कात्तिकमा स्थानीय निर्वाचन

राजनीति
काठमाडौँ — निर्वाचन आयोगको ताकेतापछि पनि स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अलमल गरिरहेको सत्ता गठबन्धनमा संघीय संसद्को निर्वाचनको विषयले प्रवेश पाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाख/जेठमा संसदीय र कात्तिक/मंसिरमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव राखेका छन् । उच्चस्तरीय राजनीतिक समन्वय समितिको मंगलबार बसेको बैठक । तस्बिर : रासस गठबन्धनले यो विषयमा एक/दुई दिन छलफल गरेर निष्कर्षमा पुग्ने बताएको छ भने प्रमुख प्रतिपक्षीले भने स्थानीय निर्वाचन टार्ने जालझेल भनेको छ । माघ पहिलो साताभित्रै मिति नतोकिए स्थानीय तहको निर्वाचन वैशाखमा गर्न कठिन हुने भन्दै निर्वाचन आयोगले सरकार र दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ । यो विषयमा छलफल गर्न मंगलबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा दाहालले पहिले संसदीय र पछि स्थानीय निर्वाचन गर्ने प्रस्ताव राखेका हुन् । समितिको ब...
प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिका संशोधन: दैनिक ६० रूपैयाँले बढ्यो श्रमिकको पारिश्रमिक

प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिका संशोधन: दैनिक ६० रूपैयाँले बढ्यो श्रमिकको पारिश्रमिक

राजनीति
काठमाडौं । मजदुरी गर्ने श्रमिकको दैनिक ज्याला ६० रूपैयाँले वृद्धि भएपछि सोही अनुसार नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसका आधारमा हालै बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका संशोधन गरेसँगै अब सबै श्रमिकले दैनिक कम्तीमा ५ सय ७७ रूपैयाँ ज्याला पाउनेछन्। यसअघि दैनिक ज्याला ५ सय १७ रूपैयाँ तोकिएको थियो। श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएसँगै सरकारले बेरोजगारलाई दिँदै आएको पारिश्रमिक पनि वृद्धि हुने श्रम मन्त्रालयले जनाएको छ। श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अबदेखि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नै सबैले पारिश्रमिक पाउने बताए। सरकारले गत साउनदेखि लागू हुने गरी महँगी भत्तासहित गरेर न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको थियो। अघिल्लो वर्षसम्म न्यूनतम पारिश्रमिक १३ हजार ४ स...
संवैधानिक नियुक्ति समावेशी बनाउन प्रधानमन्त्रीलाई छलफलमा बोलाउने संसदीय समितिको निर्णय

संवैधानिक नियुक्ति समावेशी बनाउन प्रधानमन्त्रीलाई छलफलमा बोलाउने संसदीय समितिको निर्णय

राजनीति
काठमाडौं- संसदीय सुनुवाइ समितिले सुनुवाइमार्फत् हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदुत नियुक्तिलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो। त्यसका लागि समितिका सभापति लक्ष्मणलाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्को बैठक बोलाउन जिम्मेवारी दिइएको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। समितिले यसअघि पनि संवैधानिक निकायमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउन सरकारलाई निर्देशन दिएको थियो। तर त्यसको कार्यान्वयन नभएपछि सो विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने निष्कर्षमा समितिमा पुगेको उनले बताए। ‘आज बसेको बैठक विशेषगरी सरकारको तर्फबाट प्रस्ताव गरिने...
अर्थमन्त्री शर्माले एक भाग पाउने भएपछि बन्यो तीन एआईजी थप्ने सहमति

अर्थमन्त्री शर्माले एक भाग पाउने भएपछि बन्यो तीन एआईजी थप्ने सहमति

राजनीति
नेपाल प्रहरीमा तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेलगत्तै सुरु भएको दरबन्दी थपको अभ्यास अर्थमन्त्री जनार्दन शर्माका कारण रोकिँदै आएको थियो। शर्माले सुरुमा बजेटको समस्या हुने बताउँदै स्वीकृति दिन नसकिने अडान लिएका थिए। पछि आफ्नो तर्फबाट एक जनालाई एआईजीमा बढुवा गर्नु पर्ने सर्त राखे। गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री देउवा उनले भनेका डीआईजीलाई एआईजीमा बढुवा गर्न तयार नहुँदा अर्थमन्त्री शर्माले स्वीकृति नदिने अडान लिए। जसकारण एआईजीको दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढ्न सकेको थिएन। तर, प्रधानमन्त्री र गृहमन्त्रीले अर्थमन्त्री शर्मालाई एक जना एआईजी दिने बचन दिएसँगै दरबन्दी थप्ने सहमति भएको हो। गृह र अर्थबीच सहमति भएसँगै एआईजी थप गर्न संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) तयार भइसकेको छ। थपिए...
एक साताभित्रै सरकारलाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

एक साताभित्रै सरकारलाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

राजनीति
सुर्खेत : नेकपा माओवादी केन्द्रले एक साताभित्रै कर्णाली प्रदेश सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउने बताएको छ। मंगलबार बसेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीसँग छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको हो। मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय रहेको कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रले चार वटा मन्त्रालय दावी गर्दै आएको छ। माओवादी केन्द्रले अब मन्त्रालयको संख्यामा विवाद नगर्ने भएको छ। सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्यामा विवाद हुँदा जीवनबहादुर शाही नेतृत्वको सरकारमा माओवादी केन्द्र र समाजवादीबाट एक–एक जना मन्त्री छन्। ‘दलीय गठबन्धनको सरकार भएकाले मन्त्रालयको विवाद छलफलबाटै टुंगो लगाउने निर्णय भएको छ,’ माओवादी संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले भने, ‘अब मन्त्रालय संख्याको विवाद रहेन।’...
गृहले भन्यो : सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य

गृहले भन्यो : सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य

राजनीति
काठमाडौँ – सरकारले सार्वजनिक स्थलमा हिँडडुल गर्दा अनिर्वाय रुपमा खोप कार्ड बोक्नुपर्ने निर्णय गरेको छ । आज मंगलबार गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा बसेको बैठकले सार्वजनिक स्थलमा हिँडडुल गर्दा अनिवार्य रुपमा खोप कार्ड बोक्नुपर्ने निर्णय गरेको हो । बैठकमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने सहमति बनेको छ । सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । लक्षित बर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पुर्‍याउने विषयमा पनि छलफल भएको छ । गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलक...
जनकपुरमा राजधानी राखेपछि वीरगञ्जमाा प्रदर्शन, मुख्यमन्त्रीको घरमा ढुंगामुढा

जनकपुरमा राजधानी राखेपछि वीरगञ्जमाा प्रदर्शन, मुख्यमन्त्रीको घरमा ढुंगामुढा

राजनीति
जनकपुर : मधेस प्रदेशको राजधानी धनुषाको जनकपुरधाम कायम गरेको विरोधमा पर्साको वीरगञ्जमा सोमबारदेखि प्रदर्शन भइरहेको छ। मंगलबार पनि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वीरगञ्ज घर भएका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको घरमा ढुङ्गामुढा गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घरमा ढुङ्गामुढा गरिएको हो। नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटीले निकालेको र्‍यालीबाट निस्किएका एक युवकले ढुङ्गा हान्दा राउतको घरको सिसा फुटेको प्रहरीले जनाएको छ। प्रदेशको स्थायी राजधानी जनकपुर तोकिएपछि आन्दोलन सुरु भएको हो। पर्साबासीले वीरगन्जलाई राजधानी बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। पर्सा प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले कांग्रेसको र्‍यालीबाट मोटरसाइकलमा सवार एक युवकले मुख्यमन्त्रीको घरमा दुईवटा ढुङ्गा हानेको बताए। ढ...
चीनसँग सीमा विवाद छ, यसलाई कूटनीतिक रुपमा हल गर्नुपर्छ : मुख्यमन्त्री शाही

चीनसँग सीमा विवाद छ, यसलाई कूटनीतिक रुपमा हल गर्नुपर्छ : मुख्यमन्त्री शाही

Featured, राजनीति
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल चीन विवादसम्बन्धी आफूहरुले तयार पारेको प्रतिवेदन रद्दीको टोकरीमा नफालिएको स्पष्ट पारेका छन् । सोमबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, “कर्णाली प्रदेश चीनसँग जोडिएको छ, त्यसमा हुम्ला, मुगु, डोल्पा तीन जिल्लाहरु चीनसँग सीमा जोडिएको छ, विशेषगरेर चीनको स्वशाषित क्षेत्र तिब्बतसँग जोडिएको छ । यसमा पनि गएका रिपोर्टहरु पनि, त्यतिखेर गएका टोलीले दुई देशको बीचमा अरुपनि जस्तै दोलखा भयो, संखुवासभा भयो, ताप्लेजुङ भयो, त्यहाँका पनि समस्याहरु समाधान गर्नुपर्छ भनेर सरकारले कुटनीतिक रुपमा वार्ता गरिनै रहेको छ । उत्तरतिरको सिमानामा अहिले न म जान सक्छु, न तपाईँ जान सक्नुहुन्छ, बैशाख र जेठसम्म हिउँ पर्ने सिजन हो, अहिले बोर्डरमा जान सकिँदैन् । त्यसैले यसमा अलिकति ढिलाई भएको होला ।” ...
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै, के होला निर्णय ?

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै, के होला निर्णय ?

राजनीति
काठमाडौँ – सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ। समितिका संयोजक रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार बैठक बिहान ९ बजे बस्नेछ। बैठकमा स्थानीय तहको निर्वाचन र कोरोना नियन्त्रणलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ। सत्तारूढ कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेटवार्तापछि आजका लागि राजनीतिक समन्वय समितिको बैठक तय भएको हो। सरकार सञ्चालनमा सहयोगका लागि कांग्रेसका वरिष्ठ नेता पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसबाटै कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन्। साथै...