राजनीति

महेश बस्नेतले एकलौटी गरेपछि युवा संघ फुटको संघारमा!

महेश बस्नेतले एकलौटी गरेपछि युवा संघ फुटको संघारमा!

राजनीति
काठमाडौँ । नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्ष लगायतका पदाधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन् । युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय गठनलगायतका विषयमा असन्तुष्ट रहेका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निर्णय नसच्याए बस्नेतविरुद्ध समानान्तर कमिटी बनाउने जानकारी गराइसकेका छन् । उपाध्यक्षहरू अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे, तिरण गौतमलगायत तीन दर्जन नेताहरुले पोखरामा भएको बैठक बहिस्कार गरेर उनीहरूले पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा जनसंगठन प्रमुख भानुभक्त ढकाललाई...
बैशाखमा स्थानीय तहको निर्वाचन गर्न देउवा–प्रचण्ड सहमत

बैशाखमा स्थानीय तहको निर्वाचन गर्न देउवा–प्रचण्ड सहमत

राजनीति
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्तामा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको थियो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न दुवै नेता सहमत भएका छन् । त्यसका लागि उनीहरुले मंगलबार बिहान नौ बजे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझाव अनुसार चुनावको मिति तोक्ने बारेमा समेत उनीहरुबीच छलफल भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘दुई नेताबीच संवैधानिक व्यवस्था अनुसार नै चुनाव गर्ने र त्यसका लागि समन्वय समितिसँग समेत छलफल गरेर सरकारले मिति तोक्नेबारे छलफल भएको छ’, म...
सत्तारूढ गठबन्धनको बैठक बस्दै

सत्तारूढ गठबन्धनको बैठक बस्दै

राजनीति
काठमाडौँ । सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । अध्यक्ष प्रचण्डसहित नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्न सकेको थिएन । आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, संसद्को गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सोमबार दुई नेताबीचको भेटवार्तामा पनि स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको थियो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्...
सभापति देउवाविरुद्ध संघर्ष गर्ने नेता कोइरालाको चेतावनी

सभापति देउवाविरुद्ध संघर्ष गर्ने नेता कोइरालाको चेतावनी

राजनीति
इटहरी: नेपाली काँग्रेसका नेता शेखर कोइरालाले विधि र विधान विपरित हिँडेमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्। उनले सभापति देउवा विधि र विधान विपरित अघि बढेमा संघर्ष गर्नका लागि कार्यकर्तालाई तयारी रहन निर्देशन समेत दिए। ‘पार्टी सभापति शेरबहादुर देउवा विधि र विधान अनुसार अघि बढेमा सहकार्य हुनेछ, त्यसो नभएको खण्डमा संघर्ष हुनेछ,’ सोमबार मोरङ सुन्दरहरैँचाको दुलारीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने। उनले १३ औं महाधिवेशनमा नेता देउवाले सभापति जितेर पार्टी चलाए जस्तो अब कुनै पनि हालतमा नहुने जिकिर गरे। ‘१४ औं महाधिवेशनले सबैको स्थान देखाएको छ। हामीले रुपान्तरणसहितको पुस्तान्तरण खोजेका थियौं,’ उनले भने, ‘अब पुरानो पाराले पार्टी चल्दैन, रुपान्तरण हुनैपर्छ।’ नेता कोइरालाले सभापति देउवाले विधि र विधान नमाने महाधिवेशन प्रतिनिधिसमक्ष पुगेर संघर्ष चर्काउन दबा...
लुम्बिनी विकास कोषको प्रष्टीकरण– लोकप्रिय मन्त्री आलेलाई बदनाम गर्न खोजियो

लुम्बिनी विकास कोषको प्रष्टीकरण– लोकप्रिय मन्त्री आलेलाई बदनाम गर्न खोजियो

राजनीति
काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले गुरुयोजना विपरित लुम्बिनीमा रिसोर्ट खोल्न अनुमति दिने निर्णय गरेको भन्दै आएका समाचारप्रति लुम्बिनी विकास कोषले असहमति जनाएको छ । कोषका सदस्यसचिव सानुराजा शाक्यले एक विज्ञप्ती जारी गर्दै गुरुयोजनाविपरित कुनै पनि निर्णय नभएको बताए । गुरुयोजनाभित्र पर्यटकको सुविधाका लागि क्याम्पेन ग्राउण्ड निर्माण र सञ्चालनका लागि सम्सरा वेलनेस रिसोर्टको तर्फबाट आएको प्रस्तावलाई स्वीकृतिका लागि पेश गर्न दिने सैद्धान्तिक निर्णय मात्रै भएको कोषले जनाएको छ । सञ्चारमाध्यममा आएजस्तो गुरुयोजनाविपरित कुनै रिसोर्टको संरचना बनाउन दिने निर्णय नभएको सदस्य सचिव शाक्यले बताए । पछिल्लो समय जनप्रिय कदमका कारण लोकप्रिय भएका मन्त्री आलेलाई बदनाम गर्ने उद्देश्यले लुम्बिनीसँग जोडेर समाचार प्रकाशन गरेको भन्दै कोषले दुःख व्यक्त गरेको छ । कोषका कोषका अध्यक्ष समेत रहेका मन्त्री आल...
प्रदेश २ को नाम ‘मधेश प्रदेश’, स्थायी राजधानी जनकपुरधाम

प्रदेश २ को नाम ‘मधेश प्रदेश’, स्थायी राजधानी जनकपुरधाम

राजनीति
काठमाडौं– प्रदेश २ ले नयाँ नाम र स्थायी राजधानी पाएको छ। प्रदेश सभामा सोमबार भएको मतदानबाट प्रदेशको नाम ‘मधेश प्रदेश’ र स्थायी राजधानी जनकपुरधाम कायम गर्ने प्रस्ताव पारित भएको हो। सोमबारको पहिलो बैठकमा स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्तावमाथि मतदान भएको थियो। दलहरुबीचको साझा प्रस्तावका रुपमा जनकपुरधाम (धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भूभाग) प्रस्तावित गरिएको थियो। यसको प्रस्तावकहरु परमेश्वर साह, रवीन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरतप्रसाद साह हुन्। प्रदेश सभामा भने परमेश्वर साहले प्रस्ताव पेस गरेका थिए। समर्थकहरुमा चमेलीदेवी दास, सन्चमया मोक्तान, निराकुमारी साह, सावित्री देवी साह, जगतप्रसाद यादव, दिलिपकुमार साह, डिल्ली प्रसाद उप्रेती लगाय...
मुख्य मन्त्री शाहीले भने : बरु पद छाडिदिन्छु, भागबण्डाका नाममा मन्त्रालय फुटाउँदिन

मुख्य मन्त्री शाहीले भने : बरु पद छाडिदिन्छु, भागबण्डाका नाममा मन्त्रालय फुटाउँदिन

राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रालय फुटाएर भागबन्डा मिलाउने पक्षमा आफू नभएको स्पष्ट पारेका छन्। केही नेताहरूबाट भागबण्डा मिलाउने कुरा भइरहेकाले आफू त्यसको पक्षमा नभएको उनले स्पष्ट पारेका हुन् । सरकारका कार्यसम्पादनबारे जानकारी दिए गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘बरु पद छाडिदिन्छु, भागबण्डाका नाममा मन्त्रालय फुटाउँदिन ।’ उनले प्रदेशको खर्च बढ्ने भएकाले आफू त्यसको पक्षमा नभएको बताएका हुन् । ‘मन्त्रालय फुटाएर खर्च बढाउनुभन्दा त्यो बढ्ने खर्चले विकास गर्ने पक्षमा म उभिनेछु ।’ उनले भने । कार्यप्रगतिबारे मुख्यमन्त्रीले विभिन्न अस्पताललाई कोरोना न्यूनीकरण गर्न ८० लाख, प्रदेश अस्पतालको यूपीएस सिस्टम खरिदका लागि ३८ लाख, जनस्वास्थ्य प्रयोगशालाका लागि दुई करोड विनियोजन गरेको बताए। कर्णालीमा ८ वटा अक्सिजन प्लान्ट स्थापना गरिएको बताउँदै जिल्लाहरूमा एम्बुलेन्...
६ महिनापछि सचिवालयलाई पूर्णता दिँदै देउवा, मन्त्रिपरिषद् पनि विस्तारको तयारी

६ महिनापछि सचिवालयलाई पूर्णता दिँदै देउवा, मन्त्रिपरिषद् पनि विस्तारको तयारी

राजनीति
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालयलाई पूर्णता दिने तयारी गरेका छन् । सरकारको नेतृत्व गरेको ६ महिनापछि प्रधानमन्त्री देउवाले सचिवालयलाई पूर्णता दिने तयारी गरेका हुन् । देउवा सर्वाेच्च अदालतको आदेशअनुसार गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन् । यसबीचमा देउवाले प्रमुख स्वकीय सचिव भानु देउवा, प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा प्राध्यापक डाक्टर आरपी विच्छालाई मात्रै नियुक्ति दिएका छन् । बालुवाटार स्रोतका अनुसार देउवाले केही दिनभित्रै प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रमुख प्रेस सल्लाहकारलगायतमा नियुक्ति गरेर सचिवालयलाई पूर्ण बनाउने तयारी गरेका छन् । राजनीतिक संयन्त्रको बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतलाई कोभिड संक्रमण देखिएपछि देउवा होम क्वारेन्टिन बसे । यही अवधिमा देउवाले सचिवालयलाई पूर्णत...
प्रधानमन्त्री कार्यालयका तीन जना सचिवसहित ४० जनामा कोरोना संक्रमण

प्रधानमन्त्री कार्यालयका तीन जना सचिवसहित ४० जनामा कोरोना संक्रमण

राजनीति
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुइ दिन लगाएर कार्यालयका कार्यरत २ सय जना कर्मचारीको पीसीआर परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीका प्रमुखसमेत रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिव रामप्रसाद थपलिया र भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएर पदस्थापन हुन नसकेका सचिव कृष्णबहादुर रावतसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हाे ।...
मन्त्री आलेको यस्तो गैरकानुनी निर्णयको खुलासा

मन्त्री आलेको यस्तो गैरकानुनी निर्णयको खुलासा

राजनीति
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको दबाब र अग्रसरतामा लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने निर्णय भएको छ। काठमाडौंमा पशुपति धर्मशालादेखि नारायणहिटी संग्रहालयसम्मका प्रकरणलाई जोडेर संस्कृतिक धरोहर बचाउने भन्दै हिँडेका मन्त्री आले आफैले अपारदर्शी रुपले लुम्बिनीमा एउटा कम्पनीलाई छिराउन खोजेका छन्। लुम्बिनी क्षेत्र विकास कोषले संसारा वेलनेस नामक कम्पनीलाई ‘ग्राउन्ड क्याम्पियनिङ’ को नाममा रिसोर्ट चलाउन दिने निर्णय गरेको हो। कोषमा अध्यक्ष पर्यटनमन्त्री हुन्छन्। कोषका अध्यक्षसमेत रहेका आलेको प्रस्तावमा उक्त कम्पनीलाई रिसोर्ट सञ्चालनको अनुमति दिने निर्णय भइसकेको छ। मंसिर ११ गते बसेको कोषको बैठकले संसारा वेलनेसलाई रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो। संसारा वेलनेस नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो। वैद्य यसअघि भिजिट नेपा...