राजनीति

प्रधानन्यायाधीशविरुद्धको रिट सर्वोच्चले दर्ता गर्न मानेन

प्रधानन्यायाधीशविरुद्धको रिट सर्वोच्चले दर्ता गर्न मानेन

राजनीति
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग सम्बन्धित रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ। अधिवक्ता माधवकुमार बस्नेतले प्रधानन्यायाधीशमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नू भनी सभामुख, प्रतिनिधिसभाका नाममा परमादेशको आदेश माग रिट निवेदनमा गरिएको थियो। सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले रिट निवेदनमा माग गरिएको विषय अदालतको क्षेत्राधिकारभित्र नपर्ने उल्लेख गर्दै दरपीठ गरेका हुन्। रिट निवेदनमा प्रधानन्यायाधीशले विगत लामो समयदेखि अदालतमा उपस्थित भएर पदीय कर्तव्य पनि पूरा नगर्नुका साथै संविधानको वैकल्पिक संवैधानिक उपाय अवलम्बन गर्न अवरुद्ध गरिरहेको रिट निवेदनमा उल्लेख थियो। त्यस्तै नेशनल इन्डिपेन्डन्ट लयर्स एशोसिएशनले सर्वोच्च अदालतमा आन्दोलन गरिरहेका कानुन व्यवसायीमाथि कारबा...
उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुँदैन : उपेन्द्र यादव

उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुँदैन : उपेन्द्र यादव

राजनीति
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक सम्मृद्ध हुन नसक्ने बताएका छन् । जनता समाजवादी पार्टी धनुषाले मुखियापट्टीस्थित बैरिया बजारमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकलाई सुन्दर र सम्मृद्ध बनाउन सबै वर्ग र समुदायको राज्यमा अपनत्वको भावना जागृत हुनुपर्ने बताए । मुलुकमा शोषित, उपेक्षित मधेशी, जनजाति, मुस्लिम महिलालाई हकअधिकार दिलाउन अझै सङ्घर्ष जारी राखेको उल्लेख गर्दै अध्यक्ष यादवले ती समुदायलाई अधिकार दिलाई छाड्ने प्रतिबद्धता व्यक्त गरे। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले वषौँदेखि विभेदमा रहेको मधेसीहरू मधेश आन्दोलनकै कारण सम्मान पूर्वक जीवनयापन गर्न थालेको बताइन् । मधेश आन्दोलनकै कारण शोषित वर्ग राज्यका हरेक अङ्गमा आरक्षण पाएको उल्लेख गर्दै जसपाका नेतृसमेत रहे...
कांग्रेस नेतृ डिला संग्रौलालाई कोरोना पुष्टि

कांग्रेस नेतृ डिला संग्रौलालाई कोरोना पुष्टि

राजनीति
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलालाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्। ‘पीसीआर परीक्षणमा कोभिड–१९ पोजिटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु’ संग्रौलाले लेखेकी छन्। कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पनि संक्रमित छन्। उनले हिजो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्, ‘फेरि कोरोनाको संक्रमणमा।’ डिनालाई यस अघि पनि कोरोना संक्रमण भएको थियो। यस्तै, कांग्रेसका अर्का सहमहामन्त्री किशोरसिंह राठोरलाई पनि कोरोना पोजेटिभ भएको छ। उनलाई हिजो संक्रमण पुष्टि भएको हो।...
मन्त्री आले नारायणहिटीको बंकरभित्र छिरेर निस्किए

मन्त्री आले नारायणहिटीको बंकरभित्र छिरेर निस्किए

राजनीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आइतबार नारायणहिटी दरबारभित्र रहेको बंकरको अवलोकन गरेका छन् । नारायणहिटीभित्र सरकारी पक्षले अनधिकृतरुपमा बतास अर्गनाइजेशनलाई निर्माण गर्न दिएको संरचना भत्काएर चर्चामा आएका मन्त्री आले गौशालास्थित पशुपति धर्मशालाको अवकलोन गरेपछि बंकर हेर्न नारायणहिटी पुगेका हुन् । बंकरभित्र बतास समूहले मदिरा राख्ने स्थल बनाउन लागेको भन्दै आलेले त्यसलाई दुष्प्रयासको संज्ञा दिए । आक्रोशित मुद्रामा उनले पुरातात्विक महत्वको सुन्दर क्षेत्रमाथिको दोहन सैह्य नहुने बताए । आलेले जतिसक्दो छिटो संरचना भत्काउन पनि निर्देशन दिए ।...
पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले

पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले

राजनीति
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् । छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताएका हुन् । छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए । आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।...
प्रधानन्यायाधीश राणासँग जोडिएका २ रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार

प्रधानन्यायाधीश राणासँग जोडिएका २ रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार

राजनीति
काठमाडौं– सर्वोच्च अदालत प्रशासनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग जोडिएका २ थान रिट निवेदनलाई लामो समयपछि दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको छ। सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले अधिवक्ताहरु माधव कुमार बस्नेत र आकृति रायमाझीले दायर गरेका छुट्टा–छुट्टै रिट निवेदन दरपिठ गर्ने निर्णय गरेका हुन्। अधिवक्ता बस्नेतले प्रधान न्यायाधीश राणाले मुद्दाको सुनुवाइ नर्गनु अदालतको अपमान र संविधान विपरीतको कार्य भएको जिकीर गर्दै रिट पेस गरेका थिए। रजिष्ट्रार पन्थीले बस्नेतको रिट दर्ता हुन नसक्ने भन्दै दरपिठ गरेका हुन्। दर्ता हुन नसकेको बस्नेतको रिटमा प्रधानन्यायाधीशमाथि छानबिन गरी आवश्यक कारबाही गर्नको लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नू भनी सभामुख, प्रतिनिधिसभाका नाममा परमादेशको आदेश माग गरिएको थियो। प्रधानन्यायाधीशले बिगत लामो समयदेखि अदालतमा उपस्थित...
प्रदेश २ को स्थायी राजधानी र नाम : जुटेन सहमति, के होला परिणाम?

प्रदेश २ को स्थायी राजधानी र नाम : जुटेन सहमति, के होला परिणाम?

राजनीति
काठमाडौँ : प्रदेश २ को नाम र स्थायी राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समिति सहमतीय प्रयासमा असफल भएको छ। नाम र राजधानी सम्बन्धी केही प्रस्तावहरू परिमार्जन गरेर घटाउन सके तापनि कुनै एउटा नाम र राजधानीको प्रस्तावमा सहमति जुटाउन नसकेको हो। आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समितिले प्रतिवेदन सार्वजनिक गर्दै अब गोप्य मतदानमा जानुपर्ने सहितका ६ वटा निष्कर्ष निकालेको छ। बैठकमा विशेष समितिको लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका प्रमेश्वर साहले प्रतिवेदन पढेर सुनाएका हुन्। प्रतिवेदनमा पुस १५ देखि २७ गतेसम्म चलेको समितिको ८ वटा बैठकमा छलफलको माध्यमबाट ६ वटा नामको प्रस्तावलाई चारवटा र ६ वटा राजधानीको प्रस्तावलाई तीन वटामा सिमित गर्न सकेको उल्लेख छ। अब नाम र राजधानी यसै साता गोप्य मतदान प्रक्रियामा जानुपर्ने, मतदानको लागि आवश्यक निर्वाचन...
धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाही गर्ने मन्त्री आलेकाे घाेषणा

धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाही गर्ने मन्त्री आलेकाे घाेषणा

राजनीति
काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । आज उक्त धर्मशाला निरीक्षण गर्दै उनले नियम विपरीत धर्मशाला निर्माणलगयत अन्य काम गर्नेलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाए । मन्त्री आलेले भने,“धर्मशालाको निरीक्षण गरेको छु, भोलि समितिको प्रतिबेदन पनि पेस हुँदैछ, गलत देखिएका विषयमा कानुन बमोजिम कारबाही गरिन्छ ।” उनकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गत पुस २३ गते एक छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले भोलि (सोमबार) आफ्नो प्रतिवेदन पेस गर्ने तयारी गरिरहेको छ । निरीक्षणकै क्रममा मन्त्री आलेले धर्मशाला सेभेन स्टार होटलजस्तो भएको देखेर आफू स्तब्ध भएको सञ्चारकर्म...
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

राजनीति
काठमाडाैँ – सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ। सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकका निर्णय सार्वजनिक गर्दै उनले सरकारले तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय भएको बताए। सरकारले नेपाली जनताका तर्फबाट अफगान नागरिकलाई मानवीय सहायता उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए । बैठकले मेवा–चाँगे र केराबारी–न्यू मस्र्याङ्दी १३२ केभी प्रसारण आयोजनाको क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने तथा बुढीगङ्गा जलविद्युत् आयोजना, खोर्लेबेँसी (गोरखा) ३३ केभी प्रसारण लाइन तथा सबस्टेशन र ...
एनआरएनएको निर्वाचन गराउने जिम्मा शेष घलेलाई, २८ फेब्रुअरीसम्म चुनाव गर्ने सहमति

एनआरएनएको निर्वाचन गराउने जिम्मा शेष घलेलाई, २८ फेब्रुअरीसम्म चुनाव गर्ने सहमति

राजनीति
महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा संघका प्रमुख संरक्षक शेष घले समेतको समितिलाई दिइएको छ । दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि संघले घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । शनिबार बसेको संघको ८१औं आइसीसी पूर्ण बैठकले एनआरएनएको विवाद समाधान र अधिवेशन सम्पन्न गर्न प्रमुख संरक्षक घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । बैठकले संघको वर्तमान परिस्थितिमा संस्थालाई निकास दिनुका साथै संघमा आपसी एकता तथा भाइचारा कायम राख्दै सम्पूर्ण गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्न भन्दै प्रमुख संरक्षक घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा संस्थापक अध्यक्ष...