राजनीति

एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो

एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो

राजनीति
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो। यसअघि प्रहरी प्रधान कार्यालयले एआइजी तहमा पाँच दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। तर अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि तीनवटा मात्रै थप गर्ने गरी प्रस्ताव अघि बढाइएको हो। सरकारले पनि एआइजी तहमा तीनवटा दरबन्दी थप गर्न सकिने संकेत दिएपछि सोहीअनुसार प्रस्ताव गरिएको प्रहरी प्रधान कार्यालयसम्बद्ध स्रोतको भनाइ छ। ‘प्रहरी प्रधान कार्यालयले एआइजी तहमा दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरीवेक्षण तथा व्यवस्थापन ९ओएन्डएम० प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो। सो प्रस्ताव मन्त्रिप...
उपेन्द्र र बाबुरामबीच खटपट

उपेन्द्र र बाबुरामबीच खटपट

राजनीति
काठमाडौं: विभाजन भएको ६ महिनामै जनता समाजवादी पार्टी (जसपा) मा गम्भीर विवाद देखिएको छ। जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदले पार्टीमा स्पष्ट रूपमा दुई गुट देखिएको छ। भट्टराई पक्षधर नेताले उनलाई कार्यकारी अधिकार सहित कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। जसपाबाट अलग भई महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि जसपामा कार्यकारिणी अध्यक्षको एक पद खाली छ। ठाकुरले पार्टी छाडेपछि रिक्त सो पदमा भट्टराईलाई ल्याउनुपर्ने उनी पक्षधर नेताहरूको माग छ। जसपा विधानमा दुईजना कार्यकारिणी अध्यक्ष हुने व्यवस्था छ। यादव पक्षधर नेताले भने जसपालाई एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन्। सबै कार्यकारी अधिकार यादवसँग रहेकाले भट्टराई पक्षधर नेताहरू असन्तुष्ट भएका ह...
आलोचनापछि योगेशले भने, ‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’

आलोचनापछि योगेशले भने, ‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’

राजनीति
काठमाडौं : नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईको यति बेला बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढेपछि भट्टराईले सो घटनाबारे स्पष्टीकरण दिएका छन् । सरकारलाई कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाउन एमालेको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो । सो कार्यक्रमको सार्वजनिक भएको तस्बिरमा भट्टराईले मास्क लगाएको देखिँदैन । ‘नाक÷मुखमा लगाउनुपर्ने मास्क खुट्टामा लगाएको’ भन्दै सामाजिक सञ्जालमा भट्टराईमाथि व्यङ्ग्यसमेत गरिएको छ ।...
सीमा विवादबारे भारतको प्रष्टीकरण : सीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं

सीमा विवादबारे भारतको प्रष्टीकरण : सीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं

राजनीति
काठमाडौं । भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । साथै संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उसले बताएको छ । काठमाडौंस्थित दूतावासले शनिबार प्रेसनोट जारी गर्दै सीमा विवादबारेका पछिल्लो विवादबारे भारत सरकारको धारणा सार्वजनिक गरेको छ । नेपाल–भारत सीमा विवादमा नेपालमा हालैका प्रतिवेदन र वक्तव्यका सम्बन्धमा सञ्चारमाध्यममा सोधिएका प्रश्नको जवाफ विज्ञप्तिमार्फत दुतावासले दिएको छ । दूतावासले नेपाल भारत सीमाबारे भारत सरकारको धारणा सर्वविदित, स्थिर र प्रष्ट भएको बताएको छ । त्यो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको भन्दै भारतीय दूतावासको प्रवक्ताको वक्तव्यमा भनिएको छ, ‘हाम्रो विचारमा स्थापित अन्तर सरकारी संयन्त्र र च्यानलहरु नै संवादका लागि उपयुक्त माध्यम हुन् ।’ साथै घनिष्ठ र मैत्रिपूर्ण द्वीपक्षीय सम्बन्धको भावनाका आधारमा...
अवकाश लिनु चार दिनअघि सहसचिव खरेलको सचिवमा बढुवा

अवकाश लिनु चार दिनअघि सहसचिव खरेलको सचिवमा बढुवा

राजनीति
काठमाडाैँ । सरकारले सहसचिव शंकर प्रसाद खरेललाई सचिव पदमा बढुवा गरेको छ। बढुवा समितिको सिफारिसमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई सचिवमा बढुवा गरेको हो। समितिले यही साता पहिलो नम्बरमा रामेश्वर दंगाल, दोस्रोमा मुकुन्द निरौला र तेस्रोमा खरेललाई सिफारिस गरेको थियो। सिफारिस भएकामध्ये वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने प्रचलन भएपनि मन्त्रिपरिषद्ले कनिष्ठ सहसचिवलाई बढुवा गरेको हो। अवकाश पाउनु चार दिनअघि मात्रै खरेलको सचिवमा बढुवा भएको हो। खरेल ५८ वर्षे उमेरहदका कारण सहसचिवबाट माघ ४ गते अवकाश पाउने क्रममा थिए। सचिवमा बढुवा हुन उनले राजनीतिक शक्तिकेन्द्रका ढोका चाहर्दै आएका थिए। उनी हाल लोकसेवा आयोगमा कार्यरत छन्। ‘राजनीतिक पहुँच र प्रभावमा अवकाश पाउनै लागेका सहसचिवलाई सचिव बनाउनु प्रशासनतन्त्रको विकृति हो। यसमा कर्मचारी र नेताको स्वार्थ मिलेको देखिन्छ’ सामान्य प्रशा...
मन्त्रिपरिषद्को निर्णय : निषेधसम्बन्धी सबै अधिकार सीडीओलाई, जुलुस, धर्ना र विरोध प्रदर्शनमा रोक

मन्त्रिपरिषद्को निर्णय : निषेधसम्बन्धी सबै अधिकार सीडीओलाई, जुलुस, धर्ना र विरोध प्रदर्शनमा रोक

राजनीति
काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक पर्ने निषेधसम्बन्धी निर्णय गर्ने सबै अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई दिने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार यस्तो निर्णय गरिएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताइन्। सरकारले अब सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा पनि रोक लगाउने निर्णय गरेको छ। त्यस्तै, विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय सरकारले गरेको छ। पार्टी प्यालेस र ठूला होटलमा यीलगायतका गतिविधि गर्दा कूल क्षमताको एकतिहाईभन्दा बढी संख्या उपस्थित गराउन नपाइने, रंगशालामा खेलकुद प्रतियोगिता हुँदा दर्शक संख्या कूल क्षमताको एकतिहाई मात्र हुनुपर्ने निर्णय पनि सरकारले गरेको छ। सिनेमा हल र डान्सबारलगायतका रात्रिकालीन व्यवसाय पहिलो चरणमा आउँदो माघ १५ सम्म...
समयमै स्थानीय तह निर्वाचन नभए के हुन्छ? यी हुन् आयोगले औंल्याएका ९ प्रभाव

समयमै स्थानीय तह निर्वाचन नभए के हुन्छ? यी हुन् आयोगले औंल्याएका ९ प्रभाव

राजनीति
काठमाडौं- निर्वाचन आयोगले शुक्रबार मुख्य तीन विषयमा केन्द्रित भएर दलहरुसँग छलफल गरेको छ। आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा संघीय संसद्‌देखि स्थानीय तहसम्म प्रतिनिधित्व गर्ने दलहरु उपस्थित थिए। छलफलमा आयोगले मुख्य तीन विषय प्रस्ततु गरेको थियो। पहिलो, राष्ट्रिय सभाको निर्वाचन। दोस्रो, मतदाता नामावली संकलन। र तेस्रो, स्थानीय तह निर्वाचन। छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा भइसक्नुपर्ने बताएका थिए। ‘स्थानीय तह निर्वाचनको विकल्प छैन। समयमै निर्वाचन गर्नुपर्छ। कानुन बमोजिम आयोगलाई प्राप्त १२० दिनको समय घर्किरहेको छ। त्यसो भएको हुनाले छिट्टै निर्वाचनमा जानुपर्छ। माघको पहिलो हप्तासम्म निर्वाचनको मिति घोषणा हुनुपर्छ भन्ने उहाँको ठम्याइ थियो’, आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले थपलियाले राखेको धारणा उद्धृत गर्दै भने। ...
खानेपानी योजनाका प्रमुखहरू गैरजिम्मेवार हुँदा सभापतिले बैठकमै हप्काइन्

खानेपानी योजनाका प्रमुखहरू गैरजिम्मेवार हुँदा सभापतिले बैठकमै हप्काइन्

राजनीति
काठमाडाैँ – खानेपानी व्यवस्थापन र वितरणको जिम्मेवारी पाएका खानेपानी योजनाका प्रमुखहरू गैरजिम्मेवार भएर संसद्को विकास तथा प्रविधि समितिमा प्रस्तुत हुँदा सभापतिको खप्की खानु परेको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्री, सचिव र मन्त्रालय अन्र्तगतका आयोजना प्रमुखहरूलाई बोलाएको थियो। छलफलमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश खत्री, मेलम्ची खानेपानी आयोजना विकास समिति कार्यकारी निर्देशक बासुदेव पौडेल, खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय निर्देशक कमलराज श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड प्रमुख संजिव विक्रम राणा र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले समिति बैठकमा खानेपानीमा भएका समस्या, चुनौती वा कुनै आगामी योजनाका विषयमा कुरा नराखेपछि समिति सभापतिले हप्काएकी छन् । उनीहरूसँग समितिले अ...
माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छ : निर्वाचन आयोग

माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छ : निर्वाचन आयोग

राजनीति
काठमाडौँ । निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली सङ्कलन र स्थानीय तह निर्वाचनका विषयमा परामर्श गरेको छ । राजनीतिक दलहरुका निर्वाचन हेर्ने प्रतिनिधिलाई बोलाएर आयोगले राष्ट्रियसभा निर्वाचनका लागि भइरहेको तयारी, मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम र स्थानीय निर्वाचनका विषयमा दलगत धारणा मागेको हो । राजनीतिक दलका प्रतिनिधिलाई आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्था, पदाधिकारीको कार्यकाल गणना, निर्वाचनको मिति तोक्ने सम्बन्धी व्यवस्था, निर्वाचनका लागि आयोगको तयारी र निर्वाचन नभएमा पर्ने प्रभावका बारेमा जानकारी गराएको छ । स्थानीय तहका पदाधिकारीकोे पाँच वर्षे पदावधि आगामी २०७९ साल जेठ ५ गते समाप्त हुने र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ वटा काम गर्नुपर्ने भएकाले कानूनतः १२० दि...
एमालेले यी ६२ जिल्ला पायो नयाँ नेतृत्व, कुन जिल्लाको अध्यक्ष को ? (सूचीसहित)

एमालेले यी ६२ जिल्ला पायो नयाँ नेतृत्व, कुन जिल्लाको अध्यक्ष को ? (सूचीसहित)

राजनीति
काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको सातौं दिन बिहीबार साझसम्म २ गैर भौगोलिकसहित ६२ जिल्लाको परिणाम आएको छ । सिन्धुपाल्चोकमा विहीवारबाट चुनाव प्रक्रिया शुरु गरिएको छ। दैलेख र पर्सा र चितवनमा नेतृत्व चयन प्रक्रिया अनिश्चितकाल सम्मका लागि अवरुद्ध भएको छ। महासचिव शंकर पोखरेलले उद्घाटन गरेको बारा जिल्लाको अधिवेशनको बन्दसत्र विहिवार जारी रहेको छ । केही जिल्लामा अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् । यी हुन् हालसम्म निर्वाचित ६२ जिल्लाका अध्यक्ष– प्रदेश १ १. झापा – दीपक कार्की २. मोरङ – ऋषिकेश पोखरेल ३. खोटाङ – रामप्रसाद दंगाल ४. धनकुटा – इन्द्रमणि पराजुली ५. तेह्रथुम – तेजमान कन्दङवा ६ः पाँचथर – राजकुमार भण्डारी ७ः भोजपुर – शरणकुमार राई ८. इलाम– महेश बस्नेत ९. सोलुखुम्बु– डुफकुमार बास्तोला १०. ...