राजनीति

स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार

स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार

राजनीति
काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचनको निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका लागि एकैपटकमा सम्पन्न गर्न सम्भव भए १४ वैशाख नभए १४ र २२ वैशाखको मिति प्रस्ताव गरेको थियो । तर, सरकारले भने आयोगले मिति प्रस्ताव गरेको दुई साता बित्दासमेत स्थानीय तहको निर्वाचनका लागि आयोगलाई कुनै राय दिएको छैन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि ५ जेठमा समाप्त हुँदै छ । संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्न‘पर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । साथै...
प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम स्थगित

प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम स्थगित

राजनीति
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा औपचारिक कार्यक्रममा सहभागिता नजनाउने भएका छन् । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराउँदा भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजेटिभ देखिएको थियो। पीसीआर परीक्षण गराउँदा प्रधानमन्त्री देउवाको भने नेगेटिभ रिपोर्ट आएको थियो । दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि सोमबारदेखि नै प्रधानमन्त्री देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा सरकारी औपचारिक सबै कार्यक्रम रद्द गरेको खबर गोरखापत्रमा छापिएको छ।...
राष्ट्रियसभा निर्वाचनमा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा

राष्ट्रियसभा निर्वाचनमा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा

राजनीति
काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। माघ १२ गते हुने निर्वाचनमा सत्ता साझेदार पाँच दलले एमालेविरुद्ध गठबन्धन गरेकाले कडा प्रतिस्पर्धा हुने भएको हो । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनमा एमाले एक्लै मैदानमा छ। गठबन्धनका तर्फबाट भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धन दलका कारण एमालेलाई आफ्नो पुरानो सिट सुरक्षित राख्न सकस हुने देखिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धन अहिले सत्तामा छ। सत्तासीन दलका नेताले राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहने ...
यी ५६ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन (सूचीसहित)

यी ५६ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन (सूचीसहित)

राजनीति
काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको पाँचौ दिन मंगलबार साँझा साढे सात बजेसम्म ५६ जिल्लाको परिणाम आएको छ । पछिल्लो पटक जाजरकोट, बाजुरा, दार्चुला र प्युठानले अध्यक्ष पाएको छ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन । केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् । जिल्ला अधिवेशनबाट प्रायः नयाँ अनुहार अध्यक्षमा आएका छन् । यी हुन् हालसम्म निर्वाचित ५६ जिल्लाका अध्यक्ष : प्रदेश १ १. झापा – दीपक कार्की २. मोरङ – ऋषिकेश पोखरेल ३. खोटाङ – रामप्रसाद दंगाल ४. धनकुटा – इन्द्रमणि पराजुली ५. तेह्रथुम – तेजमान कन्दङवा ६ः पाँचथर – राजकुमार भण्डारी ७ः भोजपुर – शरणकुमार राई ८. इलाम- महेश बस्नेत ९. साेलुखुम्बु- डुफकुमा...
राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन

राजनीति
काठमाडौं। राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध प्रदर्शन गरेको छ। जनकपुरको जनकचौकमा भएको प्रदर्शनको क्रममा नेपालका लागि चिनियाँ राजदूतविरूद्ध चर्को नाराबाजी लगाइएको छ। अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाएका थिए। सोही क्रममा उनीहरूले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पुतला दहनसमेत गरेका छन्। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका हुन्। राष्ट्रिय एकता अभियान धनुषाका जिल्ला संयोजक मनीष पुरबेको नेतृत्वमा प्रदर्शनसहित राजदूत यान्छीको पुतला दहन गरिएको हो । पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको महशुस हुन थालेको छ। चिनिया राजदूत होउ यान्छीको सक्रिय राज...
राष्ट्रपतिदेखि पूर्वराजासम्मले टेरेनन् गृहकाे निर्देशन

राष्ट्रपतिदेखि पूर्वराजासम्मले टेरेनन् गृहकाे निर्देशन

राजनीति
काठमाडौँ - कोभिड संक्रमण बढेपछि सोमबार गृहमन्त्रालयले २५ जनाभन्दा धेरै भेला हुन नपाइने भनेर सर्कुलर जारी गर्‍यो । गृहको सर्कुलरको अर्थ थियो भीडभाड नहोस्, कोभिड संक्रमणको वृद्धि दरमा कमी आओस् । तर, गृहको सर्कुलर जारी भएको २४ घन्टा नबित्दै राष्ट्रपतिदेखि पूर्वराजा हुँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसम्मले सयौँ मानिस भेला भएको कार्यक्रममा सहभागी भएर त्यसको धज्जी उडाए । आज तीन सयौँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार मूलगेट अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने क्रममा कोभिडको महामारी न्यूनीकरण गर्न जारी गरिएको प्रोटोकल उल्लघंन गरिन् । नेपाली सेनाको विशेष टुकुडीसहित उनले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् । जहाँ सयौँ संख्यामा मानिसहरू भेला भएका थिए । सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा नदिए प...
प्रदेश २ राजधानी र नामका लागि पुनः मतदान हुने

प्रदेश २ राजधानी र नामका लागि पुनः मतदान हुने

राजनीति
जनकपुर–प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ । बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ ३ गते मतदान गर्ने दलहरुबीच सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए । प्रदेशको नाम र राजधानीसम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउनका लागि प्रदेशसभाले सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय प्रदेशको नामकरण र राजधानीसम्बन्धी विशेष अध्ययन समिति गठन गरेको थियो । सो समितिले विभिन्न चरणमा गरेको छलफल तथा राजनीतिक नेतासँग गरेको बैठकमा सहमति जुटाउन नसकेपछि पुनः मतदानद्वारा नै ती प्रस्ताव टुङ्गो लगाउने दलहरुबीच सहमति भएको छ । सो समितिको पहलमा बसेको ...
नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

राजनीति
काठमाडौँ - नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा ‍नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् । मन्त्री आलेकै निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास ग्रुपले क्फ्टेरिया निर्माणका लागि कसरी टेन्डर पार्यो भन्ने विषयमा छानबिन समिति बनेको थियो ।...
दुई गैरभौगोलिकसहित ५० जिल्लामा एमालेको नेतृत्व चयन

दुई गैरभौगोलिकसहित ५० जिल्लामा एमालेको नेतृत्व चयन

राजनीति
काठमाडौं– एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ। अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ। सोमबार पनि कतिपय जिल्लाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा भइरहेको छ। देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म परिणाम आएका अधिकांश जिल्लामा सहमतिमा नै नेतृत्व चयन भएको छ। मंगलबार बिहानसम्म ४८ जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको हो। नेकपा एमालेका अनुसार अध्यक्ष चयनका भएका कतिपय जिल्लामा अन्य पदमा चुनावी प्रतिस्पर्धासमेत भइरहेको छ। स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन गर्न भनेपनि कतिपय ठाउँमा प्यानल नै बनाएर निर्वाचन भइरहेको छ। यी हुन अहिलेसम्म निर्वाचित अध...
एमाले कैलाली अध्यक्षमा थापा विजयी, चन्द ४ मतले हारे

एमाले कैलाली अध्यक्षमा थापा विजयी, चन्द ४ मतले हारे

राजनीति
धनगढी । नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन् । आठौं अधिवेशनमा भएकाे चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले चन्दले २ सय ८३ मतमा चित्त बुझाए । एमाले कैलालीको उपाध्यक्षमा दुर्गा जोशी विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सीताराम बुढाथोकीलाई पराजित गर्दै जोशी विजयी भएका हुन् । जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाएका हुन् । सचिवमा डेजी पाण्डे २ सय ९४ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी दानबहादुर विक २ सय ६० मत ल्याएर पराजित भएका छन् । उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् । उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुबै चन्द प्यानलका उममेदवार हुन् ।...