राजनीति

भीआईपीमा कोरोना आतंक : मन्त्रिपरिषद् बैठक प्रभावित

भीआईपीमा कोरोना आतंक : मन्त्रिपरिषद् बैठक प्रभावित

राजनीति
भीआइपी तहमा कोरोना संक्रमण भएसँगै मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उनको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबार देखिनै क्वारेन्टिनमा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि क्वारेन्टिनमा छन् । सञ्चारमन्त्री कार्कीले कोरोनाका कारण प्रधानमन्त्री तथा कतिपय मन्त्रीहरु क्वारेन्टिनमा रहेकाले बैठक प्रभावित बनेको बताए । प्रधानमन्त्रीलगायतको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार नियमितरुपमा बस्ने प्रचलन छ । कोरोनाको महामारीका सन्दर्भमा क्याबिनेटबाटै पनि कतिपय निर्णयहरु गर्नुपर्ने भएपनि भीआईपीहरु नै प्रभावित बनेका हुन् । आइतबार बसेको...
एमाले धनकुटा जिल्ला सदस्यमा पत्रकारदेखि शिक्षक, कर्मचारीसम्म

एमाले धनकुटा जिल्ला सदस्यमा पत्रकारदेखि शिक्षक, कर्मचारीसम्म

राजनीति
धनकुटा - एमाले धनकुटाको नवनिर्वाचित जिल्ला सदस्यमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईदेखि धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतसम्म रहेका छन् । यस्तै धनकुटा बहुमुखी क्याम्पसका पूर्व उपप्रमुख तथा उपप्राध्यापक किरण घिमिरे शिक्षकहरु नगेन्द्र भट्टराई, टेकबहादुर सुन्दास, केदारप्रसाद अधिकारी, यज्ञप्रकाश चापागाँई र कर्मचारी गोविन्द खत्री जिल्ला सदस्य चयन भएका छन् । राई राससको महाप्रबन्धकमा बहाल रहेकै बेला एमाले जिल्ला कमिटी सदस्य बनेका हुन् । यता सरकारले शिक्षकलाई राजनीतिक दलमा नबस्न अनुरोध गरिरहेका बेला धनकुटामा एमालेले शिक्षक र कर्मचारीलाई जिल्ला सदस्य बनाएको हो । पत्रकार महासंघका पदाधिकारी तथा राजनितिक दलमा आवद्ध भएको विषयमा आलोचना भइरहेको छ । यस्तै पत्रकार मानवी मोक्तान पनि एमालेको जिल्ला सदस्य बनेकी छन् । मोक्तान रेडियो नेपालमा कार्यरत छिन् । राई र मोक...
कैलालीमा ओली समूहमै फुट, चुनावी मैदानमा लेखराज भट्ट र भीम रावलका गुट

कैलालीमा ओली समूहमै फुट, चुनावी मैदानमा लेखराज भट्ट र भीम रावलका गुट

राजनीति
नेकपा एमाले कैलालीको अधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्न नसक्दा नेतृत्व चयनका लागि सोमबार धनगढीमा मतदान भइरहेको छ। निर्वाचनमा जाँदा नेकपा एमाले कैलाली दुई धारमा विभाजित भएको छ। सुदूरपश्चिमको प्रदेश राजधानीसमेत रहेको कैलालीमा एमालेको संस्थापन (ओली) समूहमा नै विभाजन देखा परेको छ। एमाले कैलालीका वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द नेतृत्वको लागि प्यानलसहित चुनावी मैदानमा छन्। थापा र चन्द दुवै ओली समूहकै हुन्। तर, अधिवेशनको रापले अहिले थापा र चन्द दुवै एकअर्काका प्रतिस्पर्धी बनेका छन्। ओली निकट चन्द अहिले नेता भीम रावल पक्षमा लागेको नेताहरु बताउँछन्। अध्यक्षमा चन्दलाई रावलको समर्थन छ। ‘चुनावले गर्दा अहिले पार्टीमा ध्रुवीकरण देखा परेको छ। अध्यक्ष ओली कमरेड निकट नेताहरु रावलसँग मिलेर चुनावमा गएका छन्’ एमाले कैलालीका एक नेताले भने, ‘हामीले चुनावमा गए पनि प्यानल नब...
कोरोना बढ्दै गएपछि माधव नेपालको ४ बुँदे अपील

कोरोना बढ्दै गएपछि माधव नेपालको ४ बुँदे अपील

राजनीति
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभर बढिरहेको कोरोना भाइरस संक्रमण बढेकाले पार्टीका बैठक तथा भेलाहरु गर्दा स्वास्थ्य मापदण्ड पुरा गरेर मात्रै गर्न निर्देशन दिएका छन् । सोमबार एक अपिल जारी गर्दै अध्यक्ष नेपालले पछिल्ला केही दिनयता कोरोनाको नयाँ भेरिएन्टका कारण संक्रमणदर उच्च गतिमा बढिरहेकाले सवै नेपालीलाई सचेत हुन अनुरोध पनि गरेका छन् । अध्यक्ष नेपालले पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरु योजना गर्दा एवं सहभागी हुँदा न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्न चार बुँदे निर्देशन जारी गरेका छन् । ‘थर्मल गनको प्रयोग गरी तापक्रम मापन गर्न, नाक, मुख र चिउँडो छोपिने गरी मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन गरिन्छ’, अध्यक्ष नेपालले जारी गरेको निर्देशनमा भनिएको छ, ‘सार्वजनीक स्थानम...
नारायणहिटीमा कफीसप सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक

नारायणहिटीमा कफीसप सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक

राजनीति
काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्न साेमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले ६.३४ आना जग्गा ठेक्का सम्झौता भए पनि १४ रोपनीमा संरचना निर्माण भएको प्रारम्भिक सूचना पाएको बताए । उनले कार्यक्रममा देशका अन्य भागमा पनि यस्ता सम्पदा, धार्मिक स्थल, पुरातात्विक महत्वमा स्थानमा अतिक्रमण र अनियमितता भइरहेको बताए । यस्ता अतिक्रमण हटाउन आफू आएको उनले दाबी पनि गरे । मन्त्री आलेले समितिले सार्वजनिक गरेको प्रतिवेदनमाथि छलफल हुने र यो विषयमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको पनि ध्यानाकर्षण हुनुपर्ने बताए । होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी कफीसप सञ्चानल सम्बन्धमा मन्त्रालयले छानबिन समित...
यस्ता छन् सीसीएमसीका १३ सिफारिस

यस्ता छन् सीसीएमसीका १३ सिफारिस

राजनीति
काठमाडौँ- अबदेखि सार्वजनिक स्थानमा प्रवेश गर्नेले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । पछिल्लो समय कोभिड संक्रमितको संख्या वृद्धि भएपछि सार्वजनिक स्थानमा भेला हुन प्रतिबन्ध लगाउने कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले निर्णय गरेको छ । होटल,पार्क र सिनेमा हलजस्ता सार्वजनिक स्थानमा जानेले अनिवार्य खोप कार्ड देखाउनुपर्ने सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले बताइन् । उनले भनिन्, '३ गतेबाट सार्वजनिक स्थानमा खाेप कार्ड नभएकाहरुले प्रवेश पाउने छैनन् ।' सार्वजनिक स्थानमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाइने उनले जानकारी दिइन् । सभा, सम्मेलनलाई प्रतिबन्ध लगाउने सीसीएमसीले निर्णय गरेकाे हाे । केन्द्रले विद्यालय बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यलय, स्थानीय तह र प्रदेश सरकारलाई परिपत्र गर्ने भएको छ । बढी संक्रमित भएको क्षेत्रमा कोभिड नियन्त्रण गर्न कडाइ ग...
निर्वाचनमा ढिलाइ भएपछि कैलालीमा एमालेका दुई पक्षबीच झडप

निर्वाचनमा ढिलाइ भएपछि कैलालीमा एमालेका दुई पक्षबीच झडप

राजनीति
धनगढी । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ढिलाइ भएपछि प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका दुई पक्षबीच झडप भएको छ। प्रतिनिधिले अधिवेशन स्थलमा नाराबाजी र तोडफोड गरेका छन्। निर्वाचनका लागि बनाइएका मतपेटिका फाल्नुका साथै मतपत्र छरिदिएका छन्। बुथहरू तितरबितर गरिएका छन् भने केही कुर्सी र टेबुल तोडफोड गरिएका छन्। अध्यक्षका उम्मेदवार रतन थापा र रणबहादुर चन्द पक्षबीच झडप भएको हो। दुई पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेपछि आइतबार बिहानबाट निर्वाचन गर्ने कार्यतालिका थियो। तर बेलुकीसम्म पनि निर्वाचन नभएपछि अध्यक्षका उम्मेदवार थापाले हलभित्र माइकबाटै निर्वाचन समिति असक्षम रहेको र चुनाव गर्न नचाहेको भन्दै आक्रोश पोखे। उनी पक्षधर प्रतिनिधिले निर्वाचन समितिविरुद्ध हलमा नाराबाजी लगाए। अर्को पक्षका प्रतिनिधिले निर्वाचन समितिविरुद्ध नाराबाजी गर्न नपाइने भन्दै विरोध गरेपछि झडप भएको...
मन्त्री झाँक्री मीत लगाउन राउटे बस्तीमा

मन्त्री झाँक्री मीत लगाउन राउटे बस्तीमा

राजनीति
सुर्खेत — सहरी विकासमन्त्री रामकुमारी झाँक्री राउटेलाई मनाउन राउटे बस्तीमै पुगेकी छिन् । शुक्रबार पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा पुगेकी मन्त्री झाँक्रीले गाजलु र सम्झनासँग मीत लगाएकी छन् । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलास्थित राउटे युवतीसँग मीत लगाउँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्री । तस्बिर : ज्योति/कान्तिपुर मन्त्री झाँक्रीले गाजलु र सम्झनासँगै मीत लगाउने भन्दै केही शृंगार र उनीहरूले लगाउने कपडा ल्याइदिएकी थिइन् । मन्त्रीसँग मीत लगाएपछि उनीहरू दंग छन् । ‘अब काठमाडौं जान पाइने भइयो,’ गाजलुले भनिन्, ‘हाम्रा त मन्त्री मितिनी भइन् जता घुमे पनि भयो ।’ उनीहरूले मीत लगाएपछि काठबाट बनेका भाडा दिएका थिए । राउटे समुदायमा मितेरी साइनो धेरै महत्त्व हुन्छ । मन्त्री झाँक्रीले साइनोअनुसारको भूमिका निभाउने बताइन् । त्यस्तै सहरी तथा भवन निर्माण विभागका महानिर्देश...
एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, यी हुन् अध्यक्ष

एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, यी हुन् अध्यक्ष

राजनीति
नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत अहिलेसम्म २० जिल्ला र दुई विशेष जिल्ला कमिटी चयन भएका छन्। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज (पुस २५) बिहान ७ बजेसम्मको रिपोर्टअनुसार जिल्ला अधिवेशनबाट नवनिर्वाचित कमिटीका यी हुन् अध्यक्ष : १. झापा - दीपक कार्की २. पाल्पा - धनेन्द्रराज घिमिरे ३. दाङ - हुकुमबहादुर बस्नेत ४. डोल्पा - शेरबहादुर बुढा ५. सल्यान - गोविन्द पुन ६. बर्दिया - लालबहादुर श्रेष्ठ ७. बाँके -किस्मतकुमार कक्षपति ८. धादिङ - भूमि त्रिपाठी ९. अर्घाखाची - पीताम्बर भुसाल १०. मोरङ - ऋषिकेश पोखरेल ११. काभ्रे - अशोक ब्याञ्जु ​१२. भक्तपुर - बचन देउजा १३. गुल्मी - बालसिंह काउछा ​१४. खोटाङ - रामप्रसाद दंगाल १५. सप्तरी - ताराकान्त चौधरी १६. तनहुँ - श्रीप्रसाद श्रेष्ठ १७. धनकुटा - इन्द्रमणि पराजुली ...
बारा काँग्रेस सभापतिमा बुढाथोकीद्वारा उम्मेदवारी घोषणा

बारा काँग्रेस सभापतिमा बुढाथोकीद्वारा उम्मेदवारी घोषणा

राजनीति
काठमाडौँ । नेपाली काँग्रेस​ जिल्ला अधिवेशनको रौनकले बारामा चुनावी सरगर्मी निकै बढेको छ । जिल्ला सभापतिको नेतृत्व लिन हाल सम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । शम्भु ​बहादुर, बुढाथोकी, रामानन्दयादव र राजेश राययादवले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । सभापतिमा दावेदार शम्भु बहादुर बुढाथोकीलाई पार्टी सभापति शेरबहादुर देउवा, सहमहामन्त्री फरमुल्लाहमन्सुर, प्रदेश २ का उप–सभापति चन्द्रशेखर यादव र जिल्ला सभापति जयचन्द्र चौरसियाको बलियो साथ छ । अर्का उम्मेदवार रामानन्द यादवलाई शेखर कोइराला र राजेश राय यादवलाई पूर्व केन्द्रिय सदस्य राधेचन्द्र यादवले साथ दिएका छन् । जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुको दौडधुप बढेको छ । उनीहरुले जित्ने आ-आफ्नै दावी पेस गरेका छन् । उम्मेदवार मध्येका एक शम्भु बहादुर बुढाथोकीले बारामा काँग्रेस​ ​बढाएको, स्थानीय एवं संघिय सांसदको निर्वाचन...