राजनीति

लुम्बिनीका सात जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व

लुम्बिनीका सात जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व

राजनीति
बुटवल । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो । दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ भने प्यूठानमा आइतबार नेतृत्व चयन हुने छ । एमाले रुपन्देहीको नवौं जिल्ला अधिबेशनबाट तेजेन्द्र केसी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यसअघि क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक रहेका केसी नेकपा हुँदा जिल्ला सहसंयोजक थिए । अध्यक्षमा दावी गरेका पुरुषोत्तम घिमिरेले शनिबार राति अवेर केसीकै नाममा सहमति जनाएपछि नेतृत्व सर्वसम्मत टुंगिएको हो । त्यस्तै उपाध्यक्षमा जगेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैह्रे र उपसचिवद्वयमा चित्र बहादुर कार्की र हितराज पन्थी पनि सर्वसम्मत चुनिएका छन् । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत न...
प्रधानमन्त्री देउवा आइसोलेशनमा, भेटघाट बन्द

प्रधानमन्त्री देउवा आइसोलेशनमा, भेटघाट बन्द

राजनीति
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेशनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए।...
राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई धक्का लाग्ने गरी गठबन्धनले दियो यी नेताहरुलाई नयाँ जिम्मेवारी

राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई धक्का लाग्ने गरी गठबन्धनले दियो यी नेताहरुलाई नयाँ जिम्मेवारी

राजनीति
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा आफ्‍ना उम्‍मेद्‍वार जिताउन सत्तारुढ गठबन्‍धनले विभिन्‍न नेताहरूलाई जिम्‍मेवारी दिएको छ । विभिन्‍न प्रदेशहरुमा पार्टी-पार्टीबीच समन्वय गर्नका लागि गठबन्धनमा रहेका विभिन्‍न दलहरूको तर्फबाट पार्टी नेतृत्वहरूलाई जिम्मेवारी तोकिएको हो । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्‍ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्‍ट पार्टी (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राजमो, नेपाल, सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचनमा विजय गराउन र प्रदेश जिल्ला लगायत स्तरमा समन्वय गरी चुनावी अभियान सञ्चालन गर्न नेताहरू लाई जिम्‍मेवारी दिइएको हो । गठबन्धनको यस्तो तयारी प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेलाई धक्का लाग्ने आकलन गर्न थालिएको छ । चुनावी अभियान सञ्चालन गर्न गठबन्धनका यी नेताहरूल...
नारायणहिटीपछि मन्त्री आलेको नजर हायात होटलतिर

नारायणहिटीपछि मन्त्री आलेको नजर हायात होटलतिर

राजनीति
नारायणहिटी सङ्ग्रहालयमा रेष्टुरेन्ट बनाउन नदिने निर्णय गरेका पर्यटन मन्त्री प्रेम आले अन्य ठाउँमा पनि यस्तै अभियानमा चलाउन उत्साहित बनेका छन् । मन्त्री आलेले नारायणहिटीपछि हायात होटलको विवादबारे चासो राखेका छन् । हायातमा भएको भ्रष्टाचार प्रकरणबारे ०६९ सालतिर तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले चासो दिएका थिए । कानुनका जानकार ६/७ जनासँग कार्कीले त्यसबेला छलफल गरेका थिए । तर, यसमा मुद्दा चलाउने ग्राउण्ड छैन भन्दै अख्तियार पछि हटेको थियो । हायातको गडबडीबारे अख्तियार पछाडि हटे पनि पर्यटन मन्त्रालयले भने आफैँ अध्ययन अगाडि बढायो । मन्त्रालयबाट धेरैवटा कार्यदल पनि बने । तर, अहिलेसम्म हायातको विवाद समाधान हुन सकेको छैन । हरेक पर्यटन मन्त्रीले जिम्मेवारी सम्हाल्नासाथ हायात होटेलले उपभोग गरेको सरकारी जग्गा फिर्ता लिइन्छ भन्ने गरेका छन् । केपी ओली प्रधानमन्त्री भएका बेलामा पनि त्यहाँको सर...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

राजनीति
काठमाडौँ । सरकारले गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका सीडीओलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो (बुधबार)बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सीडीओलाई थप जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएका हुन् । जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने, प्रहरी नियमावली संशोधन गर्ने, राजपत्र हरेक हप्ताको सोमबार र बिहीबार दुई दिन प्रकाशन गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।...
ओमिक्रोन संक्रमण रोक्न उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

ओमिक्रोन संक्रमण रोक्न उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

राजनीति
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आफू संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । त्यस अवसरमा उनले यसको संक्रमण दर बढन नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन र संक्रमितहरुको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराए । संक्रमितहरुको परीक्षण, उनीहरुको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ...
‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको तयारी

‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको तयारी

Featured, राजनीति
काठमाडाैँ : सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए 'स्मार्ट लकडाउन' गर्ने तयारी गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने बिषयमा छलफल भएको हो । बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार केहि क्षेत्र मात्र बन्द गर्ने गरि स्मार्ट लकडाउनमा जाने बिषयमा छलफल भएको बताए । उनले पहिलेजस्तो सबै क्षेत्र बन्द गर्ने सोचमा सरकार नरहेको र अव केहि स्थान वा केहि क्षेत्रमात्र बन्द गर्नेगरि स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने बताए । भारतबाट प्रवेश गर्ने नाकामा कोरोना परिक्षणलाई प्रभावकारी बनाउने, संक्रमितलाई राख्न आइशोलेशन वार्ड निर्माण गर्ने र त्यसको समन्वयनको कार्य प्र...
राजनीतिक इगोमा संसदलाई बन्धक बनाउन पाइँदैन : विश्वप्रकाश शर्मा

राजनीतिक इगोमा संसदलाई बन्धक बनाउन पाइँदैन : विश्वप्रकाश शर्मा

राजनीति
इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन् । इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ । यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिँदैन ।’ एमालेले आफ्नो पार्टीले निष्कासन गरेको सांसदलाई संसदको बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदनमा अवरोध गरिरहेको छ । शर्माले कुनै अथोरेटीले (सभामुखले) गरेको निर्णयमा असहमति राख्न पाइने भए पनि त्यसलाई मान्नुपर्ने बताए । एमाले अध्यक्ष ओली अनुभवी राजनीतिज्ञ भएकाले उनले आत्मसमीक्षा गरेर संसद चल्न दिने महामन्त्री शर्माको विश्वास छ । ‘यो हामी सबैले स्थापित गरेको प्रणालीको कुरा हो’, उनले भने, ‘उहाँ (ओली) ले दृढताको साथ आत्मासाथ गर्नुहुनेछ र...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपतिसँगको भेटवार्ताका लागि प्रधानमन्त्री अपराह्न साढे ४ बजे शितलनिवास पुगेका थिए । उनी करिब १ घण्टा कुराकानी भएको थियो । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको बताए । पछिल्लो समय कोरोना संक्रमण बढेको विषयमा पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको उनको भनाइ छ । यसअघि आजै विहान प्रधानमन्त्रीसहित सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक समितिको बैठक बसेको थियो ।...
भ्रष्टाचार गर्ने मनसाय भएकाहरू राप्रपाबाट अलग भए हुन्छ : लिङ्देन

भ्रष्टाचार गर्ने मनसाय भएकाहरू राप्रपाबाट अलग भए हुन्छ : लिङ्देन

राजनीति
धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् । देश बनाउने र देशलाई बरबाद पार्ने शक्तिबीच नेपालमा ध्रुवीकरण भइरहेको भन्दै र अध्यक्ष लिङ्देनले देशका लागि निस्स्वार्थ काम गर्ने इच्छा भएका व्यक्तिलाई राप्रपामा आउन र गलत स्वार्थ भएका व्यक्तिलाई अन्य पार्टीमा लाग्न आग्रह गरे । राप्रपा नेपालले बिहीबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय भेलामा बोल्दै उनले गलत सोच भएका व्यक्ति पार्टीमा बस्न नसक्ने बताए । ‘ठुला दलहरू मिलेर देशको सम्पत्ति स्वाहा पार्दै छन्,’ अध्यक्ष लिङ्देनले भने, ‘राप्रपा देश बनाउने अभियानका साथ हिँडेको छ, कसैलाई भ्रष्टाचार गर्ने मन भए कांग्रेस, एमाले, माओवादीमा लागे हुन्छ ।’ देश निर्माण गर्नका लागि आफूहरू आमाको कसम खाएर राजनीतिमा लागेको उनको ...