राजनीति

विधानसम्मत निर्वाचित भएको हुँ, रोइलो गर्नुको अर्थ छैन : विनोद चौधरी

विधानसम्मत निर्वाचित भएको हुँ, रोइलो गर्नुको अर्थ छैन : विनोद चौधरी

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधिवत रूपमा १४ औं महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्दै रोइलो गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी परेपछि उनले सो प्रतिक्रिया सार्वजनिक गरेका हुन् । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका छन् । त्यसबारे प्रेस नोट जारी गर्दै चौधरीले भनेका छन्, ‘विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’ महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको भन्दै उनले भनेका छन्, ‘यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ?’ नेपाली कांग्रेस...
आरजु राणाले भनिन् : बतास समूहमा मेराे संलग्नता छैन

आरजु राणाले भनिन् : बतास समूहमा मेराे संलग्नता छैन

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको बताएकी छिन् । बिहीबार प्रेस नोट सार्वजनिक गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले विभिन्न संघसंस्थामा आफ्नो नाम जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् । ‘सञ्चारमाध्यमहरूमा विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्ष भएको छ,’ आरजुले भनेकी छन् । उनले ग्रामीण महिला विकास तथा एकेता केन्द्र (रुडुक) नेपालमा संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष, नामीको अध्यक्ष, युलियन्स स्कुलको अध्यक्ष तथा ब्लड डोनर्स एसोसिएसन अफ नेपाल (ब्लोदान)को संरक्षक रहेको र यी संस्थाबाहेक अरु कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नत...
इच्छाराज तामाङको सिटीसी मल लिलामी हुने, मूल्याङ्कन प्रक्रिया शुरु गर्दै सञ्चय कोष

इच्छाराज तामाङको सिटीसी मल लिलामी हुने, मूल्याङ्कन प्रक्रिया शुरु गर्दै सञ्चय कोष

राजनीति
बैंकिङ खबर। सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिटीसी मल लिलामीका लागि सञ्चय कोषले मूल्याङ्कन प्रक्रिया अघि बढाउने भएको छ। कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिँदा पनि ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरु कोही पनि ऋणचुक्ता गर्न नआएकाले लिलामीका लागि सम्पतीको मूल्याङ्कन प्रक्रिया अघि बढेको सञ्चय कोषका प्रवक्ता दामोदर सुवेदीले बताए। धितोमा रहेको सम्पतीको मूल्याङ्कन गर्ने विषयमा कोषमा छलफल भइसकेको छ। केही दिनमै मूल्याङ्कनका लागि कोषले टोली खटाउने पनि उनले बताए। कोषले गत मंसिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण नतिरे धितोमा रहेको सुन्धारास्थित सिटीसी मल लिलामी गर्ने चेतावनी दिएको थियो। कोषबाट ऋण लिन सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा, त्यसमा बनेको ८२ हजार ९५ वर्गफिट क्षेत्रफलको भवन र भवनभित्र सञ्चालनमा रहेका १३२ वटा पसलहरु ...
देउवामाथि किन दबाब बढाउँदैछ इतर पक्ष ?

देउवामाथि किन दबाब बढाउँदैछ इतर पक्ष ?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ । इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो । सो समूहबाट १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित गगन थापाले सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको बताए । ‘सभापति आउने चुनावमा एक्लै बहुमत ल्याउनुपर्छ भन्नुहुन्छ तर पार्टीभित्रकै ४० प्रतिशत मत ल्याएको शक्तिलाई उपेक्षा गरेर अघि बढ्दा उहाँको इच्छा कसरी पूरा हुन्छ ?,’ महामन्त्री थापाले बैठकमा भने । बैठकमा धारणा राख्दै थापाले केन्द्रीय सदस्य मनोनीत गर्दादेखि बाग्मती प्रदेशमा सरकार विस्त...
गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त

गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त

राजनीति
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई मुलुकको आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा गरेको हो । खरेलसँगै राअविका अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी पनि गुप्तचर प्रमुख बन्ने दौडमा थिए । तर सरकारले हाल गुप्तचरको प्रशासन विभाग प्रमुख रहेका खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले बताए । हालका गुप्चतर प्रमुख गणेश अधिकारीको कार्यकाल दुई दिनपछि सकिँदैछ । त्यसपछि रेग्मीले गुप्तचरको प्रमुखका रुपमा कार्यभार सम्हाल्नेछन् । खरेल पनि हालका गुप्चतर प्रमुख अधिकारीकै ब्याचमेट हुन् । उनले ५८ वर्षे उमेर हदका कारण ७ महिनापछि अवकाश पाउनेछन् ।...
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदनदेखि गुप्तचर प्रमुख बनाउनेसम्मको निर्णय

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदनदेखि गुप्तचर प्रमुख बनाउनेसम्मको निर्णय

राजनीति
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई अनुमोदन गरेको हो । गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । त्यसक्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुने जनाइएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ । पुस २३ गते सेवा अवधिका कारण गणेश अधिकारी अनिवार्य अवकाशमा जाने भएपछि सरकारले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हो । बैठकले भारतसँग मल खरिद सम्झौता गर्ने निर्णय गरेको जनाइएको छ ।...
राष्ट्रियसभाको यो चुनावपछि कांग्रेसले चुनावी गठबन्धन गर्दैन : गगन थापा

राष्ट्रियसभाको यो चुनावपछि कांग्रेसले चुनावी गठबन्धन गर्दैन : गगन थापा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् । बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने दावी गरेका हुन् । ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुदैन’ उनले भने । महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो नदेखिएको बताए । ‘सभापतिज्यूले सबैलाई समेटेर लैजाने र विधिको पालना गर्ने कुरो बोल्नुभएको थियो, त्यो पालना भएन’ उनले भने । पार्टीको संसदीय बोर्ड गठन गरेर बोर्डमार्फत नै राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्नुपर्नेमा केन्द्रीय समितिबाट नाम चयन गर्नु विधान विपरीत हुने पनि थापाले बताए । आफूले सभापति शेरबहादुर देउवालाई...
‘लाइक र डिस्लाइकबाट सभापतिले व्यक्ति छाने पार्टी दुर्घटना हुन सक्छ’

‘लाइक र डिस्लाइकबाट सभापतिले व्यक्ति छाने पार्टी दुर्घटना हुन सक्छ’

राजनीति
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले सो घोषणा गरेका हुन् । अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा उनले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एक ढिक्का बनाउनुपर्ने रहेको पनि बताए । कोइरालाले महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले मनोनयन गरेका १३ जना केन्द्रीय सदस्यहरू कुन मापदण्डअनुसार मनोनयन भएका हुन् त्यो जान्न चाहेको उल्लेख गरे । ‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो । यो भने हामी जान्न चाहन्छौं,’ उनले भने । डा.कोइरालाले...
देउवाकै कारण प्रदेश २ मा कांग्रेसले एक सिट जित्दैन : तेजुलाल चौधरी

देउवाकै कारण प्रदेश २ मा कांग्रेसले एक सिट जित्दैन : तेजुलाल चौधरी

राजनीति
काठमाडौँ – नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले सभापति शेरबहादुर देउवाको कार्यशैलीले प्रदेश २ मा कांग्रेसका उपस्थिति खुम्चिँदै गएको बताएका छन् । काठमाडौँको अनामनगरस्थित बसेरा होटलमा डा.शेखर कोइराला समूहको समिक्षात्मक भेलामा बोल्दै चौधरीले यस्तो बताएका हुन् । ‘अब २ नम्बर प्रदेशमा काँग्रेसले एउटा निर्वाचन चुनाव जित्दैन,’ चौधरीले भने, ‘त्यहाँ अन्य पार्टीलाई भाग दिएपछि काँग्रेस सधैँ कमजोर हुन्छ भइरहेको छ ।’ चौधरीले राष्ट्रिय सभाको टिकट वितरण गर्दा सभापति देउवाले प्रदेश २बाट कसैलाई पनि टिकट नदिएको भन्दै आपत्ति जनाए । ‘राष्ट्रिय सभामा काँग्रेस लाई टिकट दिइएन,’ उनले थपे, ‘२ नम्बरको जिम्मा निधि र चित्रलेखालाई दिएर देउवाले २ कार्यकाल खाए । यसरी नै पार्टीको संगठन पनि सक्ने भए ।’ चौधरीले सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले ल्याएको करिब १९ सय मतको संरक्षण गरेर यो समूह अघि बढ्नुपर्ने बताएका...
साइबर अपराध रोक्न गृह मन्त्रालयले बनायो कमिटी

साइबर अपराध रोक्न गृह मन्त्रालयले बनायो कमिटी

राजनीति
काठमाडौँ: गृह मन्त्रालयमाले साइबर सुरक्षाबारे सरोकारवाला निकायबीच छलफल गरेको छ। डिजिटल प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौति तथा जोखिम न्युनीकरणको वर्तमान व्यवस्था, नेपालमा हुने साइबर आक्रमण प्रवृत्ति, साइबर सुरक्षाका विद्यमान समस्या, समस्याको विश्लेषण र समाधानका उपायबारे छलफल भएको हो। छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले साइवर सुरक्षा क्षेत्रमा भए गरेका कार्यहरूको वर्तमान अवस्था सम्बन्धमा प्रस्तुति दिएका थिए र सोही क्रममा सम्बन्धित विद्यमान कानुनी व्यवस्था, मन्त्रालयबाट भएका साइवर सुरक्षासँग सम्बन्धित मुख्य मुख्य कार्यहरु, चालू आर्थिक वर्षमा सञ्चालन हुने साइवर सुरक्षासँग सम्बन्धित प्रमुख कार्यक्रम, भावी कार्यक्रमहरु तथा समस्या/चुनौतीहरू सम्बन्धमा प्रकाश पारेका थिए। साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्याल, त्यस्तै...