राजनीति

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने

राजनीति
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ । माघ १२ मा हुने निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन्। मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगको भनाइ छ। सवारी साधन/घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ। कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगको भनाइ छ। रिक्त १९ पदका लागि विभिन्न दलबाट ४४ जनाले उम्मदेवारी दिएका छन्। मुख्य प्रतिस्पर्धा सत्तारूढ पाँच दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारबीच हुनेछ।...
देउवाले ६ महिनासम्म पनि सार्वजनिक गरेनन् सम्पत्ति विवरण

देउवाले ६ महिनासम्म पनि सार्वजनिक गरेनन् सम्पत्ति विवरण

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन) भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ । देउवा सरकार भने नैतिक आचरण र पारदर्शितालाई उच्च राख्न सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गर्दै आएको छ । यसअघिका अधिकांश प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयलाई पेस गर्नुपर्ने हुन्छ । कार्यालयले प्रधानमन्त्रीको निर्देशनअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेवसाइटमा नै प्रधानमन्त्री तथा मन्त्रीहर...
गृह मन्त्रालयद्धारा सुरक्षाकर्मीको पेन्सन अवधि समान बनाउने तयारी

गृह मन्त्रालयद्धारा सुरक्षाकर्मीको पेन्सन अवधि समान बनाउने तयारी

राजनीति
काठमाडौं । गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायको न्यूनतम पेन्सन अवधि समान बनाउने तयारी अघि बढाएको छ । नेपाली सेनामा रहेको प्रावधानअनुसार नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीको पनि न्यूनतम पेन्सन अवधि समान किसिमको बनाउने तयारी भइरहेको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार पेन्सन अवधिबारे मन्त्रिपरिषद्को विधेयक समितिमा समेत छलफल भएको छ । समितिले निर्णय गर्नुपूर्व लोकसेवा आयोगको सहमति लिने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री संयोजक रहेको मन्त्रिपरिषद् विधेयक समितिमा गृहमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, अर्थमन्त्री, खानेपानीमन्त्री, परराष्ट्रमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री युवा तथा खेलकुदमन्त्री सदस्य छन् । समितिका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन...
धरानमा दुई मिनेट बोलेका प्रधानमन्त्री देउवाले के भने ?

धरानमा दुई मिनेट बोलेका प्रधानमन्त्री देउवाले के भने ?

राजनीति
सुनसरी - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न लागि परिरहेको बताएका छन् । धरान दिवस २०७८ मा सहभागी हुन मंगलबार धरान आएका उनले प्रतिष्ठान सुधारमा आफू गम्भीर रहेको बताए । करिब २ मिनेट सम्बोधन गरेका उनले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागि पर्ने बचनसमेत दिए । उनले धरानमा रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पीठको उल्लेख्य सुधारको पक्षमा सरकार रहेको बताए । त्यस्तै उनले पार्टीलाई एक ढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताए । उनले देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुने बताए । साथै उनले पार्टीमा एकता भए मात्र सरकार पनि बलियो हुने बताए । धरानका मेयरले राम्रो काम गरेको बताउ...
राष्ट्रियसभा सदस्य निर्वाचनमा ४३ जनाको उम्मेदवारी (सूचीसहित)

राष्ट्रियसभा सदस्य निर्वाचनमा ४३ जनाको उम्मेदवारी (सूचीसहित)

राजनीति
काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन गराउँदैछ । सो निर्वाचनका लागि मंगलबार सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा पुगी ४३ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको जानकारी दिए । जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जना उममेदवार रहेका छन् । उम्मेदवारको नाममा दावी विरोधका...
राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज हुँदै

राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज हुँदै

राजनीति
काठमाडौं । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता हुँदै छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जानकारी दिए । आयोगको निर्वाचन कार्यक्रमबमोजिम राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि माघ १२ गते मतदान हुनेछ । प्रदेश १ मा विराटनगर, प्रदेश २ मा जनकपुरधाम, बागमतीमा हेटौँडा, गण्डकीमा पोखरा, लुम्बिनीमा घोराही, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ । निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन् । राष्ट्रिय सभामा रिक्त १९ सदस्यमध्ये सात महिला, तीन दलित, दुई अपाङ्गता भ...
पार्टीभित्रको गुट र भागबन्डा अन्त्य हुन्छ : महामन्त्री थापा

पार्टीभित्रको गुट र भागबन्डा अन्त्य हुन्छ : महामन्त्री थापा

राजनीति
अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताएका छन् । उनले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उल्लेख गरेका हुन् । नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले आज दुर्गाफाँटमा आयोजना गरेकोे बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने र कसरी रोजगारी सृजना गर्ने भन्ने कुरामा जोड दिने बताए । विदेश गएका युवाका लागि रोजगारी सृजना गर्नका लागि पार्टीले रणनीति बनाउने उनले उल्लेख गरे । महामन्त्रीमा निवार्चित भएपछि काठमाडौँ उपत्यकाबाहिर पहिलो आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाखमा हुने तथा प्रदेश र सङ्घको निर्वाचन मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे । कांग्रेस केन्द्रीय सदस्य एवम संसदीय दलकी सचेतक पुष्पा भु...
नेकपा एमालेले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार, को को परे ?

नेकपा एमालेले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार, को को परे ?

राजनीति
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । नेकपा एमालेले सबै प्रदेशबाट उम्मेदवारको छनोट गरिएको जनाएको हो । माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । यी हुन् एमालेले तय गरेका उम्मेदवारहरू प्रदेश–१ खुलाः देवराज घिमिरे (झापा) महिलाः सुमित्रा भण्डारी (झापा) अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) प्रदेश–२ खुलाः असर्फी भिनवार यादव (धनुषा) महिलाः बिना साह (रौतहट) बागमती खुलाः गोपाल शाक्य (ललितपुर) महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली) गण्डकी खुलाः पुण्यप्रसाद पौडेल (कास्की) महिलाः लीला पोखरेल थनेत (नवलपुर) दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ) लुम्बिनी खुलाः रामदयाल गुप्ता (दाङ) महिलाः भारती खनाल (बाँके) दलितः कृष्णबहादुर सुनार (गुल्मी) कर्णाली खुलाः चूडामणि शर्मा (सुर्खेत) महिल...
चुनौती र अवसरको दोसाँधमा अध्यक्ष दाहालको आगामी यात्रा

चुनौती र अवसरको दोसाँधमा अध्यक्ष दाहालको आगामी यात्रा

राजनीति
काठमाडौँ - नेकपा(माओवादी केन्द्र)को आठौँ महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाललाई सर्वसम्मत निर्वाचित गरेको छ । आइतबार निर्वाचित भएका २३६ केन्द्रीय सदस्यहरू मध्येबाट नेता नारायणकाजी श्रेष्ठले उनलाई अध्यक्षमा प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराले समर्थन गरेका थिए। केन्द्रीय समितिको बैठक जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा बसेको थियो । जेष्ठ सदस्य शर्माले अध्यक्षमा दाहाल निर्वाचित भएकाे घोषणा गरे । माओवादीले आफ्नो संरचनामा पहिले सम्बन्धित समिति छनोट गर्ने र सोही समितिमा निर्वाचन वा सहमतिका माध्यमबाट पदाधिकारी चयन गर्ने नयाँ प्रणालीको विकास गरेको छ । सोही आधारमा आजको बैठकले अध्यक्षमा दाहाललाई प्रस्ताव गरेको हो । समाजवादी क्रान्तिलाई अगाडि बढाउने तथा मुलुकको समग्र हितका लागि अध्यक्षमा दाहाल नै उपयुक्त रहेको निष्कर्षसहित नेता शर्माले केन्द्रीय समितिमा उनको नाम प्रस्ताव गरेका थिए । ...
पिर्के सलामी’ ले मन्त्री झाँक्री सामाजिक सञ्जालमा भाइरल

पिर्के सलामी’ ले मन्त्री झाँक्री सामाजिक सञ्जालमा भाइरल

राजनीति
काठमाडाैँ : नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्री ‘पिर्के सलामी’का कारण सामाजिक सञ्जालमा भाइरल भएकी छन् । मन्त्री झाँक्रीकै पहलमा आफ्नै गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित पुर्कोट दहमा इलाका प्रहरी कार्यालय स्थापना भएपछि ‘पिर्के सलामी’ लिएकी हुन् । झाँक्रीले पिर्के सलामी लिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मन्त्री झाँक्रीलाई सलामीको तस्विर राखेर व्यङ्ग्यात्मक बधाई दिएका छन् । विगतमा अरुले त्यस्तो सलामी लिएकोमा बिरोध गर्ने झाँक्रीले आफैं लिनु पर्दा यसो भनिन्– ‘सामाजिक सञ्जालमा आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको हुँ । कि मैले त्यो कार्यक्रम रद्द गर्नुपर्ने कि, लिनुपर्ने अवस्था थियो । भावनात्मक हिसाबले मैले मेरै गाउँको कार्यक्रम भएकाले र मेरै...