राजनीति

अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले खाेले मुख

अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले खाेले मुख

राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिए। उनले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चागरे । उनले भने, ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ ।’तर देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता...
चुनावसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउछौँ : महामन्त्री थापा

चुनावसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउछौँ : महामन्त्री थापा

राजनीति
अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधि सधाको निर्वाचनसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउने घोषणा गरेका छन् । कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै सुरु भएको समेत बताए । ‘आज मात्र पाँच सयजना कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ,’ नेता थापाले भने, ‘अब १४ लाख ९९ हजार पाँच सय जनालाई पार्टी प्रवेश गराउँनुछ । त्यो पनि ७–८ महिनामा ।’ नेता थापाले प्रत्येक क्रियाशील सदस्यले कम्तीमा एक जना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके यो लक्ष्य सजिलै पूरा हुने बताए । कार्यक्रममा फर्कनासाथ यो अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन् ।...
प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीब्र

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीब्र

राजनीति
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तीब्र तयारी भएको छ। देउवाको भ्रमणका लागि परराष्ट्र मन्त्रालय र दुवै देशका दूतावास आन्तरिक गृहकार्यमा जुटेका छन्। भारत भ्रमणमा रहेकी कांग्रेस केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणाले समेत राजनीतिक भेटघाट गरेकी छन्। १० औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन देउवा भारत भ्रमणमा जान लागेका हुन्। उक्त सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८)सम्म हुँदै छ। त्यसका लागि प्रधानमन्त्री देउवाको भ्रमणतालिका र व्यवस्थापनको काम भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्रका एक अधिकारीले प्रधानमन्त्रीको भ्रमणबारे भने, ‘भ्रमण करिब तय भइसकेको छ। मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी छ।’ प्रधानमन्त्रीनिकट स्रोतका अनुसार उक्त सम्मेलनलाई लक्ष्य गरी भ्रमणमा जान लागे पनि उता पुगेर को–कोसँग ...
सांसदको लेबी मासिक १४ हजारसम्म

सांसदको लेबी मासिक १४ हजारसम्म

राजनीति
काठमाडौँ : सांसदको लेबी मासिक १४ हजारसम्म संसद्मा सबैभन्दा ठूलो दल नेकपा एमालेले एकजना सांसदबाट १३ हजार रूपैयाँको दरले लेबी लिने गरेको छ। प्रतिनिधिसभामा ९८ र राष्ट्रियसभामा २६ गरी १२४ सांसद भएको एमालेले सांसदको लेबीवापत महिनामा १४ लाख ८८ हजार रूपैयाँ जम्मा गर्ने गर्छ। नेपाली कांग्रेसले पनि २०७० सालदेखि सांसदसँग लेबी लिन थालेको छ। प्रतिसांसद १० हजार रूपैयाँ लेबी लिँदै आएको कांग्रेसले प्रतिधिधिसभामा ६१ सांसद र राष्ट्रियसभाका ७ गरी ६८ सांसदबाट प्रतिमहिना ६ लाख ८० हजार रूपैयाँ लिने गर्छ। कांग्रेसका प्रतिनिधिसभाका २ सांसद निलम्बनमा रहेकाले ६१ सांसदबाट मात्रै लेबी लिने गरेको हो। नेकपा माओवादी केन्द्रले १२ हजार रूपैयाँका दरले लेबी लिने गर्छ। प्रतिनिधिसभाका ४९ र राष्ट्रियसभाका १३ गरी ६२ सांसदको प्रतिमहिना ७ लाख ४४ हजार रूपैयाँ लेबी काटिने गर्दछ। नेकपा एकीकृत समाजवादीले पनि १२ हजार रू...
एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश

एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश

Featured, राजनीति
काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए । झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए । उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए ।...
माओवादीकाे नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज

माओवादीकाे नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज

राजनीति
काठमाडौं – नेकपा (माओवादी केन्द्र) नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज साेमबार बस्ने भएको छ । बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ । माओवादीकाे आठाैँ महाधिवेशनले केन्द्रीय कमिटी घाेषणा गरिसकेकाे छ । अब बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ । आठौंँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।...
सत्ता गठबन्धनकाे बैठक बस्दै

सत्ता गठबन्धनकाे बैठक बस्दै

राजनीति
काठमाडौं : सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक सोमबार बिहान बस्ने भएको हो । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ । केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।...
प्रदेशसभा उपसभामुखहरू माओवादी केन्द्रीय सदस्य !

प्रदेशसभा उपसभामुखहरू माओवादी केन्द्रीय सदस्य !

राजनीति
काठमाडौँ — कर्णाली र वाग्मती प्रदेशका उपसभामुखहरू नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यको सूचीमा परेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुवैको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन् । संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा गर्ने गरेका छन् । त्यो अभ्यासविपरीत कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती र वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ माओवादी केन्द्रीय सदस्य बनेका हुन् । घर्ती र तामाङ जनजाती महिला र जनजाती युवा कोटाबाट केन्द्रीय सदस्य बनेका हुन् । महाधिवेशनको बन्दसत्रमा दुवैको नामा छोटकरीमा वाचन गरिएको थियो । पी. घर्ती र आर. तामाङको नाम वाचन गरिएको थियो । दाहालले ‘किन यस्तो गरिएको हो ?’ भनेर हलमा प्रश्न गरेका थिए । उनैले फेरि ‘टेक्निकल परेको होला’समेत भनेका थिए । कान्तिपुर दैनिकबाट...
म फेरि एकपटक परिवर्तनका लागि बौलाएको छु : डा. भट्टराई

म फेरि एकपटक परिवर्तनका लागि बौलाएको छु : डा. भट्टराई

राजनीति
फिदिम : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राष्ट्रपतीय प्रणाली आवश्यक भएको बताएका छन् । पाँचथरको यासोकमा जसपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै भट्टराईले स्थायीत्वका लागि राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताएका हुन् । ‘स्थायीत्वको नारा दिएर तत्कालिन नेकपाले दुई तिहाइको सरकार चलायो,’ भट्टराईले भने, ‘पूरा कार्याकाल सरकार नचलाउँदै सरकार मात्र ढलेन, नेकपा नै टुक्रियो । अस्थितरताको अत्यका लागि पूर्ण समानुपातिक संसदीय व्यवस्था र राष्ट्रपतीय प्रणालीमा जान आवश्यक छ ।’ आफूले अवसर पाए संविधान संशोधन गरेर उक्त काम गर्ने भट्टराईको तर्क छ । सम्बोधनकै क्रममा भट्टराईले संघीयतालाई वैज्ञानिक ढंगले कार्यान्वयन गर्नुपर्ने बताए । नेपालमा गलत ढगले संघीयता कार्यान्वयन भएकाले देशमा संकट आएको भट्टरा...
लिङ्देनले ४ नेतालाई कारबाही गरेपछि कमल थापाले यसो भने

लिङ्देनले ४ नेतालाई कारबाही गरेपछि कमल थापाले यसो भने

राजनीति
काठमाडौँ। राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टीका ४ जिल्लास्तरीय नेतामाथि भएको कारबाहीको विरोध गरेका छन् । उनले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरिएको भन्दै विरोध गरेका हुन् । ‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ। सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’, उनले ट्वीटरमा लेखेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लामा लगायतलाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।...